Butwal Today

असोजमा मकवानपुरमा ५२ सवारी दुर्घटना, ६ जनाको मृत्यु

७ कार्तिक २०८३, शनिबार
अ
अ+
अ-
बागमती ।
मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका छन् ।
यस अवधिमा दुर्घटनाबाट ६ जनाको मृत्यु हुनाका साथै ७८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
दुर्घटनामा प्रहरीद्वारा ५० जनाको उद्धार गरिएको छ । यस अवधिमा सवारी दुर्घटनातर्फ कूल ८५५ कारबाही भएकोमा रु आठ लाख ५५ हजार ५०० राजस्व दाखिला भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?