Butwal Today

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु

१८ चैत्र २०८१, सोमबार
अ+
अ-

काठमाडौं ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अब नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ। हिमालय एयरलाइन्सको ल्हासाबाट आएको जहाजले पोखरा विमानस्थलमा अवतरण गरेको छ, जससँगै पोखरा पहिलो पटक नियमित अन्तर्राष्ट्रिय उडान सेवा प्रदान गर्ने गन्तव्यको रूपमा चिनिएको छ।

उडानमा १ सय ७ यात्रु रहेका थिए, जसमा ३२ चिनियाँ र ७५ नेपाली नागरिक थिए। यी यात्रुहरूको स्वागत गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र नेपालमा चिनियाँ राजदूत छेन सङले गरे।

यो विमान आज पोखरामै विश्राम गरी भोलि ल्हासा फर्कने छ। हिमालय एयरलाइन्सले पोखरा र ल्हासा बीच सातामा एक नियमित उडान सेवा संचालन गर्ने निर्णय गरेको छ, जसको उद्देश्य समयसँगै यात्री संख्या वृद्धि गरेर सेवा विस्तार गर्नु हो।

यो उडान सेवा नियमित चार्टर उडानको रुपले शुरु भएको हो, र अब पोखरामा अन्तर्राष्ट्रिय उडानको नयाँ युगको सुरुवात भएको छ।