© २०२३
बुटवल, ७ पुस।
बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवल मण्डपमा जारी औद्योगिक व्यापार मेलाको तेस्रो दिन शनिबार उल्लेख्य दर्शक तथा अवलोकनकर्ताको सहभागिता रहेको छ । मेलाको चौथोदिनसम्म आईपुग्दा दर्शक तथा अवलोकनकर्ताको संख्या उल्लेख्य बृद्धि भएको आयोजक बुटवल उद्योग बाणिज्य संघ रूपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले जानकारी दिए ।उनले अनुसार दर्शकको उत्साहजनक सहभागिताले मेलामा छुट्टै रौनक आएको छ ।
शनिबार मात्रै करिब ३५ हजार दर्शकले मेलाको अवलोकन गर्नुका साथै सांगितिक प्रस्तुतीमा रमाएको बुटवल उद्योग बाणिज्य संघ रूपन्देहीका महासचिब तथा मेलाका प्रवक्ता मुक्तिप्रसाद अधिकारीले जानकारी दिए । मेला सचिवालयका अनुसार हालसम्म १ लाख दर्शकले मेलाको अवलोकन गरिसकेका छन् । त्यस्तै मेलामा शनिबार मात्रै करिब डेढ करोड बराबरको कारोबार भएको अनुमान गरिएको संघका बाणिज्य उपाध्यक्ष बिमलराज भट्टराईले बताए । शनिबार लोक तथा दोहोरी गायक पशुपती शर्माले दर्शकलाई नचाए । गायक शर्माले ‘…काम पाईएन डिग्रिपास गरेर’, स्याङ्जा जाने बाटैमा तनहु, झमझम दर्कियो पानी, क्याम्पस पढ्न आउनी, लगायतका गित गाएका थिए । उनले गित गाईरहँदा दर्शक विर्घाबाट पाएको साथले उत्साहित भएका थिए । त्यस्तै आयोजकलाई पनि उत्साहित बनाएका थिए । शनिबार पशुपती शर्मा सहित दोहोरी गायक प्रचण्ड जिसी, चेतना थापा, रितु थापा, डान्सर परि क्षेत्री संगै स्थानीय अरोक्ष ब्राण्डको प्रस्तुती रहेको थियो ।
मेलामा आइतबार (भोली) पुस्कल शर्मा, प्रकाशराज दुधराज, रेनु राना, लक्ष्मी बस्नेत, उज्वल गिरी, मिसन मगर, डान्सर अश्मी सुनाम लगायतका कलाकारहरूको प्रस्तुती रहने सांस्कृतिक कार्यक्रम संयोजक निर्मित कसजुले जानकारी जानकारी दिए । मेलामा शनिबार भजन चट्का प्रतियोगिता सुरु भएको छ भने विद्यालय स्तरी लोक दोहोरी गित प्रतियोगिता पनि भएको छ । त्यस्तै आईतबार विद्यालय स्तरीय लोकदोहोरी गित प्रतियोगिता र खुल्ला लोक भजन प्रतियोगिता हुनेछ । बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा बुधबारदेखि सुरु भएको औद्योगिक व्यापार मेला यहि पुसको १८ गतेसम्म चल्नेछ ।