© २०२३
बुटवल, ६ पुस । रुपन्देहीमा सम्पन्न रुपन्देही डान्स स्टार सिजन– ४ को उपाधि साईसा क्षेत्रीले चुमेको छ । छमछमी कला केन्द्र, बुटवलको आयोजनामा शनिबार भएको रुपन्देही डान्स स्टार सिजन– ४ को फिनालेमा १९ प्रतियोगीहरुलाई पराजित गर्दै उनले उपाधि चुमेकी हुन । उपाधिसंगै उनले नगद ५० हजार रुपैया, ट्रफीबाट पुरस्कृत भईन । प्रतियोगितामा समृद्धि सेन ठकुरी दोस्रो हुदै नगद ३० हजार रुपैया सहित ट्रफिबाट पुरस्कृत भईन । प्रतियोगितामा साहिसा शाही ठकुरी तेस्रो हुदै नगद २० हजार रुपैया भईन ।
यसैगरि प्रतियोगितामा सान्त्वना हुदै प्रिन्सु सुनार नगद १० हजार सहित ट्रफिबाट पुरस्कृत भईन । भियोयर च्वाईस आईसा भुषाल घोषित भईन । प्रतियोगितामा तिनाउकी कृतना ज्ञवालीलाई उत्कृष्ट डान्सर घोषित भईन। यसैगरि उत्कृष्ट नृत्य प्रस्तुत गरेका गार्गी एकेडेमीका सुलभ मिजार समेत पुरस्कृत भए । प्रतियोगीहरुलाई ६० प्रतिशत निर्णायक र ४० जना भोटिङको आधारमा विजेता घोषणा गरिएको हो ।
एक समारोहका बिच लुम्बिनी प्रदेशका भौतिक तथा पुर्वाधारमन्त्री भुमिश्वर ढकाल, गार्गी एकेडेमीका प्राचार्य भुवन अधिकारी, गार्गी एकेडेमीका सल्लाहकार राजेन्द्र ढकाल, पश्चिम नेपाल बस ब्यवसायी संघका वरिष्ठ उपाध्यक्ष नारायण घिमिरे, निर्णायकहरु गिता थापा, नारायण थापा, अनु रजक, केन्द्रका अध्यक्ष किशोर थापाले विजेता, उपविजेता तथा उत्कृष्टलाई पुरस्कार वितरण गरे ।
कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक तथा पुर्वाधारमन्त्री भुमिश्वर ढकालले कला र संस्कृतिमा हामी धनि भएको बताउदै बालबालिकामा लुकेर रहेका प्रतिभा प्रस्फुटन गर्ने महत्वपुर्ण कार्यक्रम गरिएको बताए । नेपाललाई अन्तराष्ट्रिय रुपमा चिनाउने कलाकारहरुको सम्मान जरुरी रहेको उनले बताए । कला, संस्कृति जगेर्ना गर्ने गरि प्रतिष्ठान गठन गर्ने तयारीमा प्रदेश सरकार लागेको उनले बताए । बाल मस्तिष्कमा नृत्य प्रति आकर्षण जगाउने गरि कार्यक्रम भएको बताए ।
कार्यक्रममा गार्गी एकेडेमीका प्राचार्य भुवन अधिकारीले प्रतियोगितामा प्रथम, द्घितिय र तृतिय स्थान हासिल गर्ने विधार्थीलाई स्कुलमा २ वर्षको पुर्ण छात्रवृत्ति प्रदान गर्ने समेत घोषणा गरे । मंसिर १ गतेबाट शुरु भएको प्रतियोगिताको विभिन्न चरण पार गर्दै फिनालेमा २० जना प्रतियोगीहरु पुगेका थिए ।