© २०२३
सुर्खेत,६ पुस ।
कालीकोटको महावै गाउँपालिका–३ का वडाअध्यक्ष पदमबहादुर सिंहमाथि कुटपिट भएको छ । वडाअध्यक्ष सिंहलाइ शुक्रवार बेलुका स्थानीय युवाको समूहले कुटपिट गरेका छन् । आफ्नै घरमा बसिरहेको अवस्थामा उनीमाथि कुटपिट भएको महावै गाउँपालिकाले जनाएको छ । घरमै चार जनाको समुहमा आएका युवाले कुटपिट गरेको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले निकालेको विज्ञप्तीमा उल्लेख छ । गाउँपालिकाले घटनाको विरोध गर्दै अनुसन्धान गरी कारबाही गर्न माग गरेको छ । वडाअध्यक्ष सिंहको टाउकोमा सात वटा टाँका लगाइएको छ । घाइते सिंहको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल कालीकोट पठाइएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी