© २०२३
सौन्दर्य मानिसको पर्सनालिटीसंग जोडिन्छ । सुन्दर बन्न सबैलाई मन हुन्छ । सुन्दरताले छाला र कपालको सुरक्षा बुझाउछ । खासमा यही सुन्दरताको विषयमा जानकारी दिने र सुरक्षाबारे बुझाउने गरि बुटवलमा जारी मेलामा ब्युटि पेभेलियन नै राखेर विशेषज्ञबाट परामर्श र जाचको ब्यवस्था गरिएको छ । यसैबिषयमा ब्युटि पेभेलियन संयोजक रेनु श्रेष्ठसंग बुटवलटुडेका सहसम्पादक स्वस्तिक श्रेष्ठले गरेको कुराकानीको अंश ।
ब्युटि फेयर २०८१ के हो ?
मेलामा यो छुटै ब्यटि फेयर पेभेलियन राखिएको छ । काठमाण्डौबाहिर पहिलोपटक बुटवल उद्योग वाणिज्य संघको ईतिहासमा नै यो पेभेलियन पहिलोपटक राखेर सेवा दिएका छौ । ब्युटि फेयर के हो र यसमा के कस्ता सुविधाहरु पाईन्छ भन्ने पक्कै पनि कौतुहलता रहेको पाउछौ । यहा निशुल्क रुपमा छाला र कपालको परिक्षण र परामर्शको सेवा पाउन सकिन्छ । यहा हामीसंग रहेको विशेषज्ञ चिकित्सकहरुबाट छाला र कपालमा रहेको समस्यालाई निमूर्लिकरण गर्न पुरै समय सेवा दिने छन । यो पेभेलियनभित्र ब्यवस्थित रुपमा ब्युटि सैलुनहरुबाट सेवाको ब्यवस्था गरेका छौ । ब्राण्डेड कस्मेटिकहरु समेत उपलब्ध हुनेछन । यो पेभेलियनमा १६ वटा स्टलहरु छन । छाला र कपालबारेमा बिशेषज्ञबाट परामर्श दिईने र स्क्रिन एनलाईजरबाट परिक्षण गरिन्छ ।
स्किन केयर र कलर कस्मेटिकमा के फरक छ ?
अहिलेको एक्कासौ शताब्दीमा चाहे सानो बच्चा, महिला, पुरुष, वृद्धवृद्धा सबैलाई राम्रो हुन जरुरी छ । राम्रो हुनेलाई नक्कल भन्ने शब्द जोड्न नहुने उनको तर्क छ । राम्रोले एउटा ब्यक्तिको पर्सानलिटीलाई देखाउने, झल्काउने कुरा हो । पहिलो ईम्प्रेसन भनेको बाहिरी आउटलुक हुन्छ अनिमात्र भित्री सुन्दरता झल्किन्छ । राम्रो हुन पुरुषलाई पनि पर्छ । सफट स्क्रिन, हेल्थी हेयर जस्ता कुरा एउटा पस्नालिटीसंग जाडिएको कुरा हो । छालालाई चाहिने मोस्चराईजर, सनब्लक, कपालको लागि हेयर कलर एकदमै जरुरी छ । जतिमात्रामा महिलालाई सौन्दर्यताको आवश्यक छ पुरुषलाई पनि तेति नै आवश्यक छ । फरक भन्ने चाहि यो हुन्छ कि महिलाले कलर कस्मेटिक प्रयोग गर्नुपर्ने हुन्छ । स्क्रिन केयर चाहि मेकअप मानिदैन । हाम्रो दैनिक जिवनमा चाहिने कुरा हो । शरिरलाई खानपिनको जरुरी भएजस्तै मोस्चराईजर सनब्लक र राम्रो खालका सिरमहरुको आवश्यक पर्दछ । यो महिलालाई मात्र होईन यो पुरुषलाई पनि आवश्यक छ । लिपिष्टक, लालीपाउडर जस्ता कलर कस्मेटिक भने पुरुषलाई आवश्यक हुदैन । यो कुरा सबैले बुझन र बुझाउन जरुरी छ ।
महिला प्रवद्र्धनलाई यसमा कसरी जोड्नुभएको छ ?
ब्युटि फेयर नाम अनुसार नै विविधतालाई जोडेका छौ । महिलाहरुको आयआर्जनलाई समेत सम्बोधन हुने गरि महिलाहरुबाट उत्पादन भएका हस्तकलाका सामग्रीहरु जस्तो ढाका र पस्मिनाहरु जो प्रत्यक्ष उत्पादन गरेको देखाउछौ । तयारी सामग्रीहरु स्टलहरुमा राखिएका छन । जो बिक्रीको ब्यवस्था गरिएको छ । महिलाहरुलाई आवश्यक पर्ने विभिन्न ब्राण्डका सामग्रीहरुको बिक्रीको ब्यवस्था गरिएको छ ।
सौन्दर्यसंग जिवन विज्ञानको कस्तो सम्बन्ध हुन्छ ?
पक्कै पनि एउटा ब्यक्तिको खानपिन र जिवनशैलीले उसको सुन्दरतामा प्रभाव पार्दछ । बाहिरी सुन्दरतासंग जोडिएर धेरै कुराहरु हुन्छ । यस्तोमा हामीले यहाबाट निशुल्क रुपमा सौन्दर्य सम्बन्धि जानकारी दिनेमात्र नभई मानिसको दैनिकीमा हुने क्रियाकलापलाई समेत जोडेर स्टलमा उदाहरण दिने काम गर्छौ । खानपान, योगध्यानसंग सुन्दरता जोडिएको कुरा परापूर्वकालदेखी नै धेरै किवदन्ती र पुराणहरुमा पुष्टि भएको छ । जिवन विज्ञान योगलाई पनि यहा जोडेका छौ । अधिकाश युवाहरुमा एन्जाईटीको समस्या देखिने गरेको छ । त्यसको समाधानको लागि मेलास्थलमा नै योगध्यानको सेवासुविधा र परामर्श लिने ब्यवस्था छ । नया पार्लर खोल्ने नया उद्यमीहरुलाई ज्ञान, सीपसंगै आवश्यक पर्ने सबै प्रकारको सामग्रीहरु मेलास्थलबाट उपलब्ध गराउछौ ।