ट्रेंडिंग:

>> सुरक्षित कारोबार विधेयक अर्थ समितिवाट पारित >> रवि लामिछानेको सांसद पद निलम्बनमा >> अबैध मदिरा नियन्त्रणका लागि सामुहिक प्रयास आवश्यक >> दोहोरो अंकको गिरावट, १३.५३ अंकले घट्यो नेप्से >> ब्राजिल दुर्घटनामा मृत्यु हुनेको संख्या ३८ पुग्यो >> हनि ट्रयाप मुद्धामा फसेकी भैसेपाटीकी इनिस्पेक्टर अदालतमा उपस्थित >> बीपी कोइराला क्यान्सर अस्पतालका कर्मचारीविरुद्ध नक्कली प्रमाणपत्रको मुद्दा दायर >> धनगढीमा भारतीय नागरिकलाई आधा किलो सुन र नगदसहित पक्राउ >> रवि लामिछाने र पत्नी निकिता पौडेलविरुद्ध २७ करोड ८९ लाख रकम गैरकानुनी आर्जनको आरोप >> हङकङबाट काठमाडौं आएका यात्रु जहाजमै अचेत, अस्पतालमा मृत घोषित >> आयसर रुट बसको ग्राहक भेला >> अमेरिकाले यमनमा हुथी विद्रोहीका लक्ष्यमा हवाई आक्रमण गर्यो, १६ जना घाइते >> पहिरो खस्दा महाकाली लोकमार्ग सडकखण्ड अवरुद्ध >> ११ सयले बढ्यो सुनको मूल्य >> शनिबारको भूकम्पबाट आठ घर पूर्ण रूपमा क्षति >> महिला उद्यमीका लागि श्रोतको खोजी >> रवि लामिछाने बिरुद्ध तीन वटा मुद्धा दर्ता >> रोल्पाको होलेरीमा एमबिबिएस चिकित्सकद्वारा स्वास्थ्य सेवा शुरु >> जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान >> अर्घाखाँचीको पाणिनी गाउँपालिकामा जेष्ठ नागरिकका लागि श्रवण शक्ति परीक्षण शिविर सञ्चालन >> निस्शुल्क आँखा जाँच शिविरको अनुगमन गर्दैे पालिका अध्यक्ष थापा र उपाध्यक्ष चौधरी >> कालिका विद्यालयका शैक्षिक उपलब्धिहरूले लुम्बिनी प्रदेशको गौरव बढायोः मुख्यमन्त्री आचार्य >> महिलालाई जति नै पुरुषलाई पनि सौन्दर्य आवश्यक हुन्छ । >> पुस १० गतेका लागि एमालेले बोलायो सचिवालय बैठक >> ब्राजिलमा ट्रक र बस ठोक्किदा २२ जनाको मृत्यु >> होटल पौवा र बुटवल कालिका क्याम्पसबीच सम्झौता >> शनिबार मेलामा भरिए दर्शक >> उखु किसानबाट प्रहरीले अबैध रकम असुलेकोमा विरोध >> पार्टीहरूको अधिवेशनमा देखिने नवौं आश्चर्य >> रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिने >> धान उत्पादन बृद्धि, छैन प्रोत्साहन नीति >> पाका उमेरका बरघर भन्छन् – ‘महिला र युवा आउनुस् हामी नेतृत्व हस्तान्तरण गर्न तयार छौं’ >> विद्यार्थी–शिक्षक प्रोत्साहनको कालिका शैली >> सुस्ताबासीको पीडाः नागरिकता नहुँदा विद्युत पनि पाएनन् >> सदन र सरकारमा समानताको संघर्ष >> देवदह प्रेस क्लवले दोस्रो मिडिया फेस्टिवल गर्दै >> सहज छैन अपाङ्गता भएका ब्यक्तिलाई सार्वजनिक सेवा लिन >> पश्चिम नेपालमा बदली, काठमाडौँसम्म असर, चिसो बढ्ने >> काठमाण्डौको हिमालयनलाई दोस्रो मण्डे फुटसलको उपाधि >> साईसालाई छमछमी सिजन–४ को उपाधि >> निर्माणकर्मीलाई अभिमुखिकरण >> कालीकोट महावै–३ का वडाअध्यक्षमाथि कुटपिट >> कालिका मानवज्ञान माविले बाढ्यो १ करोड ३० लाख को छात्रावृत्ती >> नेपाल प्रिमियर लिगको उपाधि जनकपुरलाई, फाइनलमा सुदूरपश्चिम ५ विकेटले पराजित >> एनपीएलको उपाधिका लागि जनकपुरले पायो १८५ रनको लक्ष्य >> पाँच हजार मिटर दौडको उपाधि पब्लिक माविका उमेशलाई >> चिसोमा विद्यार्थीलाई न्यानो स्वीटर >> चौथो युवा उद्यमी सम्मेलन रूपन्देहीमा >> पुस्तक पठन अनुभूतिः समयको स्पन्दनमा हराउँदा  >> पाँच महिनामा साढे एघार करोड राजस्व

ब्राजिलमा ट्रक र बस ठोक्किदा २२ जनाको मृत्यु

७ पुष २०८१, आईतवार
७ पुष २०८१, आईतवार

रियो दि जिनरियो।

ब्राजिलमा भएको एक भयानक दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ ।

नास गेराइस राज्यको राजमार्गमा सो दुर्घटना भएको हो । सो दुर्घटनामा धेरै मानिसहरु घाइते भएका छन् र उनीहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो । उद्धार टोली र दमकलको टोली घटनास्थलमा पुगेको छ ।

मिनास गेराइस राज्य ब्राजिलको दक्षिण पूर्वी भागमा अवस्थित छ। उद्धार  विभागका अनुसार जसमा १३ जना घाइते भएका छन् । जसलाई उपचारका लागि टियोफिलो ओटोनी सहर नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार यो बस साओ पाउलोबाट प्रस्थान गरेको थियो।  बसमा जम्मा ४५ जना सवार थिए । सुरुमा बस र ट्रक एक आपसमा ठोक्किएको थियो । त्यसपछि पछाडि दौडिरहेको कार पनि दुर्घटनाको शिकार बन्यो । उक्त कारमा तीन जना सवार रहेको बताइएको छ । जसलाई सामान्य चोट लागेको छ । प्रहरीका अनुसार बसको टायर फुटेका कारण दुर्घटना भएको हो । टायर फुटेपछि चालकले नियन्त्रण गुमाएका थिए ।

जसका कारण बस आइरहेको ट्रकसँग ठोक्किएको हो । २२ यात्रुको घटनास्थलमै मृत्यु भएको थियो । कारमा सवार तीनै जना भने सकुशल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?