ट्रेंडिंग:

>> बीपी कोइराला क्यान्सर अस्पतालका कर्मचारीविरुद्ध नक्कली प्रमाणपत्रको मुद्दा दायर >> धनगढीमा भारतीय नागरिकलाई आधा किलो सुन र नगदसहित पक्राउ >> रवि लामिछाने र पत्नी निकिता पौडेलविरुद्ध २७ करोड ८९ लाख रकम गैरकानुनी आर्जनको आरोप >> हङकङबाट काठमाडौं आएका यात्रु जहाजमै अचेत, अस्पतालमा मृत घोषित >> आयसर रुट बसको ग्राहक भेला >> अमेरिकाले यमनमा हुथी विद्रोहीका लक्ष्यमा हवाई आक्रमण गर्यो, १६ जना घाइते >> पहिरो खस्दा महाकाली लोकमार्ग सडकखण्ड अवरुद्ध >> ११ सयले बढ्यो सुनको मूल्य >> शनिबारको भूकम्पबाट आठ घर पूर्ण रूपमा क्षति >> महिला उद्यमीका लागि श्रोतको खोजी >> रवि लामिछाने बिरुद्ध तीन वटा मुद्धा दर्ता >> रोल्पाको होलेरीमा एमबिबिएस चिकित्सकद्वारा स्वास्थ्य सेवा शुरु >> जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान >> अर्घाखाँचीको पाणिनी गाउँपालिकामा जेष्ठ नागरिकका लागि श्रवण शक्ति परीक्षण शिविर सञ्चालन >> निस्शुल्क आँखा जाँच शिविरको अनुगमन गर्दैे पालिका अध्यक्ष थापा र उपाध्यक्ष चौधरी >> कालिका विद्यालयका शैक्षिक उपलब्धिहरूले लुम्बिनी प्रदेशको गौरव बढायोः मुख्यमन्त्री आचार्य >> महिलालाई जति नै पुरुषलाई पनि सौन्दर्य आवश्यक हुन्छ । >> पुस १० गतेका लागि एमालेले बोलायो सचिवालय बैठक >> ब्राजिलमा ट्रक र बस ठोक्किदा २२ जनाको मृत्यु >> होटल पौवा र बुटवल कालिका क्याम्पसबीच सम्झौता >> शनिबार मेलामा भरिए दर्शक >> उखु किसानबाट प्रहरीले अबैध रकम असुलेकोमा विरोध >> पार्टीहरूको अधिवेशनमा देखिने नवौं आश्चर्य >> रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिने >> धान उत्पादन बृद्धि, छैन प्रोत्साहन नीति >> पाका उमेरका बरघर भन्छन् – ‘महिला र युवा आउनुस् हामी नेतृत्व हस्तान्तरण गर्न तयार छौं’ >> विद्यार्थी–शिक्षक प्रोत्साहनको कालिका शैली >> सुस्ताबासीको पीडाः नागरिकता नहुँदा विद्युत पनि पाएनन् >> सदन र सरकारमा समानताको संघर्ष >> देवदह प्रेस क्लवले दोस्रो मिडिया फेस्टिवल गर्दै >> सहज छैन अपाङ्गता भएका ब्यक्तिलाई सार्वजनिक सेवा लिन >> पश्चिम नेपालमा बदली, काठमाडौँसम्म असर, चिसो बढ्ने >> काठमाण्डौको हिमालयनलाई दोस्रो मण्डे फुटसलको उपाधि >> साईसालाई छमछमी सिजन–४ को उपाधि >> निर्माणकर्मीलाई अभिमुखिकरण >> कालीकोट महावै–३ का वडाअध्यक्षमाथि कुटपिट >> कालिका मानवज्ञान माविले बाढ्यो १ करोड ३० लाख को छात्रावृत्ती >> नेपाल प्रिमियर लिगको उपाधि जनकपुरलाई, फाइनलमा सुदूरपश्चिम ५ विकेटले पराजित >> एनपीएलको उपाधिका लागि जनकपुरले पायो १८५ रनको लक्ष्य >> पाँच हजार मिटर दौडको उपाधि पब्लिक माविका उमेशलाई >> चिसोमा विद्यार्थीलाई न्यानो स्वीटर >> चौथो युवा उद्यमी सम्मेलन रूपन्देहीमा >> पुस्तक पठन अनुभूतिः समयको स्पन्दनमा हराउँदा  >> पाँच महिनामा साढे एघार करोड राजस्व >> कफी एक्सप्रेसो पाँच वर्षदेखि अलपत्र >> पशु किसानसँग प्रदेश सरकारः ‘डोर टु डोर’ सेवाले पशुको बाँझोपन हट्दै >> चन्द्रौटामा ९औं महोत्सव हुने, स्थानीय उत्पादन तथा रोजगारीलाई प्राथमिकता >> नवलपरासीमा माइक्रो बस र ट्रक ठोक्किंदा २२ घाइते, ७ जनाको अवस्था गम्भीर >> एनपीएल उपाधिका लागि आज जनकपुर र सुदूरपश्चिम भिड्दै >> बाजुरामा बिहानै भूकम्पको धक्का

उखु किसानबाट प्रहरीले अबैध रकम असुलेकोमा विरोध

७ पुष २०८१, आईतवार
७ पुष २०८१, आईतवार

नवलपरासी, ७ पुस ।
टेक्टरमा उखु लोड गरि चिनी मिलमा लैजादै गर्ने किसानबाट प्रहरीले रकम असुल गरेको भन्दै जिल्ला सदरमुकाम परासीमा स्थानियले चक्काजाम गरेका छन् । टेक्टरमा उखु लोड गर्दा भभ्भड भएको भनेर रोक्ने र प्रति टेक्टरबाट सय देखी दुई सय रकम असुल गर्ने तर रसिद पनि नदिईने गरेको हुँदा प्रहरीको कार्यशैलीको विरोधमा बुद्धचोकमा एक घण्टा चक्काजाँम गरेका हुन् ।
किसान विरोधी गतिविधिमा प्रहरीहरू लागेको आरोप स्थानिय समाजसेवी रामभवन यादवले लगाउँदै चक्काजाँम गराएका थिए । तस्करसँग रकम खादै गाडी छाड्दै पल्केका नेपाल प्रहरीहरूले किसानलाई पनि त्यही नजरियाबाट हेर्ने गरेको उनको भनाई थियो । क्षमता भन्दा बढि लोड गरि सडकमा टिपर दुगुर्ने गरेका छन् । भारतिय ट्रक पनि जहाँ तही हिडेका छन्, त्यस तर्फ प्रहरीको ध्यान छैन्,भए पनि उनीहरूबाट रकम उठाउदै छाड्ने गरेका होलान,उनले भने, त्यही र्वाईया किसानसँग पनि प्रहरीले रकम असुल्ने कार्य गर्दै आएका छन् ।
दैनिक सय भन्दा बढि टेक्टर उखु लिएर लुम्बिनी चिनी उद्योग सुनवल जाने गर्छन् । यसै गरि प्रत्येक टेक्टरबाट रकम असुल्ने प्रहरीले दैनिक हजारौ रुपिया अवैध असुलीमा लागेका छन् । प्रहरीले रकम उठाउँदा प्रमुख जिल्ला अधिकारी, प्रहरी अधिकृतहरू किन चुप लाग्ने गरेका होलान ? उनले प्रश्न गर्दै भने, तस्करसँग मोटो रकम अधिकारीहरूले लाईन खाने गरेको हुँदा समान्य प्रहरीहरूले किसान तथा साना ब्यवसायिलाई लक्षित बनाई रकम असुल्ने गरेका उदाहरण उखु टेक्टरबाट उठाउने गरेको रकमले पुष्टि गर्छ । नेपाली किसानसँग मात्रै नभई केही भारतिय किसानले पनि उखु लिएर आउदा प्रति टेक्टर पाँच सय रुपियाका दरले सिमाक्षेत्रमा प्रहरीले अबैध असुली गर्दै आएको गुनासो पनि बढेको छ । चक्काजाँम भए पछि प्रहरी र स्थानियको समस्याबारेछलफल गर्न जिल्ला समन्वय समितिले बोलाएर चक्काजाँम खुलाएका थिए ।
विभिन्न क्षेत्रमा प्रहरीको ज्यादती बढदै गएको प्रति स्थानियबासीले समेत समर्थन गरेका थिए । प्रहरीले जुन सुकै सवारीसाधन जुनसुकै स्थानमा रोक्ने र कुनै न कुनै कमजोरी देखाउँदै रकम असुली तर्फ उन्मुख देखिने गरेका छन् । तह अनुसारका प्रहरीले रकम असुली गर्ने व्यक्तिलाई लक्षित बनाउने गरेका छन् । जिल्लामा बस्ने प्रहरी अधिकारीहरू तस्करलाई लक्षित गर्ने गर्छन् । विभिन्न क्षेत्रमा रहेका प्रहरी युनिटहरूले तस्करहरूलाई खोजतलास गरि महिनवारी लाईन बाध्ने गरेका छन् । समान्य हवल्दार र जवान सडक सडक गल्लिगल्लि घुम्ने र जो भेटिए त्यसैबाट असुली गर्ने प्रवृतिले प्रहरी प्रति नकारात्मकता बढ्दै गएको नागरिक समाजले जनाएको छ । चक्का जाँम प्रहरीको ब्यवहार प्रतिको एक आक्रोस हो,यादवले भने, यस्ता समस्या हरेका क्षेत्रमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?