ट्रेंडिंग:

>> साईसालाई छमछमी सिजन–४ को उपाधि >> निर्माणकर्मीलाई अभिमुखिकरण >> कालीकोट महावै–३ का वडाअध्यक्षमाथि कुटपिट >> कालिका मानवज्ञान माविले बाढ्यो १ करोड ३० लाख को छात्रावृत्ती >> नेपाल प्रिमियर लिगको उपाधि जनकपुरलाई, फाइनलमा सुदूरपश्चिम ५ विकेटले पराजित >> एनपीएलको उपाधिका लागि जनकपुरले पायो १८५ रनको लक्ष्य >> पाँच हजार मिटर दौडको उपाधि पब्लिक माविका उमेशलाई >> चिसोमा विद्यार्थीलाई न्यानो स्वीटर >> चौथो युवा उद्यमी सम्मेलन रूपन्देहीमा >> पुस्तक पठन अनुभूतिः समयको स्पन्दनमा हराउँदा  >> पाँच महिनामा साढे एघार करोड राजस्व >> कफी एक्सप्रेसो पाँच वर्षदेखि अलपत्र >> पशु किसानसँग प्रदेश सरकारः ‘डोर टु डोर’ सेवाले पशुको बाँझोपन हट्दै >> चन्द्रौटामा ९औं महोत्सव हुने, स्थानीय उत्पादन तथा रोजगारीलाई प्राथमिकता >> नवलपरासीमा माइक्रो बस र ट्रक ठोक्किंदा २२ घाइते, ७ जनाको अवस्था गम्भीर >> एनपीएल उपाधिका लागि आज जनकपुर र सुदूरपश्चिम भिड्दै >> बाजुरामा बिहानै भूकम्पको धक्का >> शान्ति स्कुलको प्रयोगशालामा >> अन्तर माबि लोकदोहोरीमा ६ टिमको प्रस्तुति सम्पन्न >> समिक्षाको प्रस्तुतीमा तात्यो बुटवल >> जीबी राईसहित १९ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता >> पत्रकार महासंघको नवनिर्वाचित नेतृत्वलाई सम्मान >> तिनाउमा विस्फोट हुँदा एक युवकको मृत्यु >> घोराहीमा सातौँ संस्करणको मेयरकप फुटबल सुरु >> ल्होसार पर्व भव्यरुपमा मनाइँदै >> कालिका मानवज्ञानको ६४ औं वार्षिकोत्सव: कबड्डीतर्फ कालिका र भलिवलमा न्यू होराईजन च्याम्पियन >> दाङमा बस र मोटरसाइकल ठोक्किएर एकजनाको मृत्यु , ११ घाइते >> महिला यू–१९ एसिया कपः नेपाल बङ्गलादेशसंग पराजित, फाइनल यात्रामा विश्राम >> नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका ३३ औ केन्द्रीय वार्षिक साधारण सभा बुटवलमा >> अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्डबाट स्वदेश फर्किए >> भैरहवामा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाले निष्क्रिय गर्यो >> सूर्यदर्शन सहकारी ठगीमा जीवी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता >> नेपालले दियो बंगलादेशलाई ५५ रनको लक्ष्य >> आज सुनको मूल्य ५०० रुपैयाँले घट्यो >> बुलेट चढेर चोरी गर्ने हिमाल रसाइलीविरुद्ध १९ मुद्दा, कारागार चलान >> लायन्स सयपत्रीद्वारा अपाङ्ग आश्रमलाई सहयोग >> नेपालमा भारतीय लगानीको विस्तारको लागि परराष्ट्रमन्त्री आरजु राणाको अनुरोध >> सरकारले आधारभूत अस्पताल निर्माण योजना अघि बढायो >> एनआईसी एशियाद्वारा रोमी केसीको परिवारलाई दुर्घटना बिमा बापत १० लाख प्रदान >> मानवअधिकार संस्थाको ओलीलाई पत्र: न्याय आयोग नियुक्ति अघि बढाउन आग्रह >> बङ्गलादेशले वेस्ट इन्डिजसँगको टी-२० शृङ्खलामा ‘क्लिन स्वीप’ गर्यो >> बागमती खोलामा २४ वर्षीय पुरुषको शव भेटियो >> जग्गा कारोबारमा देखिएको शिथिलतालाई हटाउने : मन्त्री सिंह >> अस्ट्रेलिया र दुबई पठाइदिन्छु भन्दै रकम ठगी, दुई जनालाई पक्राउ >> चितवनमा पत्रकारमाथि आक्रमण, रास्वपाका दीपक सेडाईं पक्राउ >> नेपाल विद्युत प्राधिकरणमा १,०८३ पदको अवसर, दरखास्त २५ पुससम्म खुला >> आइतबार देखि पृथ्वी राजमार्गको मुग्लिङ–नागढुंगा सडकखण्ड दैनिक तीन घण्टा बन्द >> अनुचित लेनदेनको आरोपमा सरकारी कर्मचारी पक्राउ >> काठमाडौंका केही स्थानमा आज विद्युत कटौती हुने >> बिहीबार स्थगित मन्त्रिपरिषद् बैठक आज बस्दै

पाँच महिनामा साढे एघार करोड राजस्व

६ पुष २०८१, शनिबार
६ पुष २०८१, शनिबार

सल्यान, ६ पुस ।
करदाता सेवा कार्यालय सल्यानले पाँच महिनाको अवधिमा साढे ११ करोड बढी राजस्व संकलन गरेको छ । २१ करोड ९९ लाख ७२ हजार ५८० रूपैयाँ राजस्व उठाउने लक्ष्य भएता पनि चालु आर्थिक वर्ष २०८१/०८२ को श्रावणदेखि मंसिरसम्म ११ करोड ६५ लाख ६२ हजार ४७० रूपैयाँ मात्र संकलन भएको कार्यालयले जनाएको छ ।
राजस्व संकलनको लक्ष्य नै बढी हुने एवम् राजस्व संकलनको मुख्य लक्ष्य आयकर र मूल्य अभिबृद्धि कर भएकाले सरकारी रकम सरकारी निकायहरूमा आएर खर्च नहुँदा सम्म अपेक्षित रूपमा राजस्व संकलन हुन नसकेको करदाता सेवा कार्यालय सल्यानका सूचना अधिकारी खुमराज शर्माले जानकारी दिए । ‘उद्योग, कलकारखाना धेरै नभएका कारण र विभिन्न सरकारी योजना तथा कार्यक्रमहरू सम्पन्न भइनसकेको कारण लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेको हो,’ उनले भने ।
करदाता सेवा कार्यालय सल्यानले अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा ४७ करोड ६९ लाख ९९ हजार ९४० रूपैयाँ राजस्व संकलन गरेको थियो । ६२ करोड ७९ लाख १५ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा लक्ष्यभन्दा कम ७६ प्रतिशत मात्रै राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ । यस्तै आर्थिक वर्ष २०७९/०८० मा भने ४१ करोड ६१ लाख १६ हजार ३४० रूपैयाँ लक्ष्य रहेकोमा ५० करोड ९२ लाख ४८ हजार ९९० रूपैयाँ राजस्व संकलन भएको थियो ।
करदाता सेवा कार्यालयले कर शिक्षा, बजार अनुगमन जस्ता कार्यहरू गरिरहेको जनाएको छ । ऐनमा भएको करसम्बन्धीको व्यवस्था, करको दायरा, समयमै कर तिर्नुपर्ने, सबैले कर तिर्नुपर्ने, कर छलि गर्न नहुने लगायतका विषयमा कार्यालयले शिक्षा दिदै आएको छ । डिजिटल प्रणालीको विकासले कर बुझाउने प्रक्रियामा सुधार ल्याएको सूचना अधिकारी शर्माको भनाई छ ।
करदाताले अनलाइन प्रणाली मार्फत सजिलै कर बुझाउनसक्ने उनले जनाए । स्थानीय तहमा दर्ता भएका करदाताहरूलाई अनिवार्य स्थायी लेखा नम्बर लिनका लागि स्थानीय तहलाई आग्रह गर्ने गरिएको कार्यालयले जनाएको छ ।
आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङको मातहतमा रहनेगरी सल्यान, रुकुम पश्चिम र रुकुम पूर्वका करदाताहरूलाई सेवा प्रवाह गर्ने गरी २०७७ मा करदाता सेवा कार्यालयको स्थापना भएको थियो । कार्यालयले आफ्नो कार्यक्षेत्रभित्र आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कसम्बन्धी नीतिहरूको कार्यान्वयन र सेवा प्रवाह गर्दै आएको छ ।
व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर र भ्याट दर्ता तथा खारेज, करचुक्ता प्रमाणपत्र प्रदान, कर विवरण, आय विवरण, अन्तः शुल्क विवरण बुझाउने लगायतका सेवा लिन तीन जिल्लाका सेवाग्राहीलाई दाङ जानुपर्ने बाध्यताको अन्त्यका लागि सल्यान श्रीनगरमा करदाता सेवा कार्यालय स्थापना गरिएको हो । कर संकलनलाई थप प्रभावकारी बनाउन कार्यालयले बजार अनुगमन, बक्यौता रकम संकलन, र ऐन नीयम उल्लंघन गर्नेलाई जरिवाना तथा कानूनी कारबाहीका लागि सिफारिस जस्ता कार्यहरू गर्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?