© २०२३
बुटवल, ५ पुस । गायिका समीक्षा अधिकारीले शुक्रबार बुटवलको मेलामा आफ्नो प्रस्तुति दिईन । बुटवल उपमहानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा पौष ३ देखि बुटवल मण्डप शुरु भएको औधोगिक व्यापार मेला बुटवल–२०८१ मा सास्कृतिक कार्यक्रम अन्तरगत शुक्रबार चर्चित कलाकार अधिकारीले करीब ४५ मिनेट दर्शकलाई नचाईन ।
गायन क्षेत्रमा प्रवेश गर्दाको पहिलो गित ‘फेरि कहाँ आउँछ र, घुमेर यो बालापनको उमेर..’ गाउदै मेलामा प्रस्तुति शुरु गरिन । दोस्रो गित ‘कुरा बुझ्नपर्छ…’ गाउदा दर्शक झुमे । माया पिरतिमा युगल जोडीले एकअर्काको कुरा बुझ्ने र अधिकारको सन्देश दिने गितमा युवाहरुसंगै झुम्दै नाचे । लगतै तेस्रो गित ‘सुर्ति माड्दा मार्दै गयो जोवन..’ गित गाईन । चौथो गित ‘हावा चिसो चिसो..’ गाईन । हजुरलाई जाडो भयो होला, मेरो पछ्यौरी लिस्यो भन्दै नृत्यसहितको गितमा नाचिन । बिचमा दर्शकको माग अनुसार ‘माया मारेर नजाउ न नि, माया एक्लै पारेर…’ एक टुक्का गाईन ।
ढल्कदै गरेको साझमा चिसिएको मौसममा पाचौ प्रस्तुति ‘चिना हेराउदा, मेरो राशी तुला पर्यो, उनको कन्या ..,कस्तो जोडी जुरयाईदिएउ, धन्य प्रभु धन्य ।’ गाईन । घाम डुब्दै जादा चिसिदै गरेको बेला बजारमा बद्री पंगेनीसंग गाएको अहिलेको चर्तित गितले स्टेज तात्यो । छैटौ गित उनले ‘बुझिन मैले बुझाईदेउ कसैले…’ गाउदा अझ हुटिङ बढ्यो । गितमा उनले जुन जस्ती रे, फुल जस्ती रे, कन्चन खोला झरनाको पानीजस्तो रे….जस्ता शब्द रहेको नेपाली चलचित्र बोक्सीको घरको गित गाउदा दर्शकसंगै गाए । फेरि सातौ गित ‘धनगढीको बसमा…’ गाईन । लगतै आठौ गित ‘पोखरा बगरमा घर, मन भए धनको पिर नगर….’ गित गाउदै गर्दा दर्शकबाट आएको आग्रहलाई स्वीकार गर्दै उनले ‘तिमिलाई धोका दिनु र म मर्नु उस्तै उस्तै हो…’ गितको एक टुक्का सुनाउदै स्टेजबाट बिदा भईन ।
सास्कृतिक उपसमितिका संयोजक निर्मित कसजुले मेलामा दैनिक रुपमा बजारमा नाम चलेका कलाकारहरुलाई भित्राउने बताए । शनिबार लोक तथा दोहोरी गायक पशुपती शर्मा, प्रचण्ड जिसी, चेतना थापा, रितु थापा, डान्सर परि क्षेत्री संगै स्थानीय अरोक्ष ब्राण्डको प्रस्तुती रहने उनले बताए ।