ट्रेंडिंग:

>> काठमाण्डौको हिमालयनलाई दोस्रो मण्डे फुटसलको उपाधि >> साईसालाई छमछमी सिजन–४ को उपाधि >> निर्माणकर्मीलाई अभिमुखिकरण >> कालीकोट महावै–३ का वडाअध्यक्षमाथि कुटपिट >> कालिका मानवज्ञान माविले बाढ्यो १ करोड ३० लाख को छात्रावृत्ती >> नेपाल प्रिमियर लिगको उपाधि जनकपुरलाई, फाइनलमा सुदूरपश्चिम ५ विकेटले पराजित >> एनपीएलको उपाधिका लागि जनकपुरले पायो १८५ रनको लक्ष्य >> पाँच हजार मिटर दौडको उपाधि पब्लिक माविका उमेशलाई >> चिसोमा विद्यार्थीलाई न्यानो स्वीटर >> चौथो युवा उद्यमी सम्मेलन रूपन्देहीमा >> पुस्तक पठन अनुभूतिः समयको स्पन्दनमा हराउँदा  >> पाँच महिनामा साढे एघार करोड राजस्व >> कफी एक्सप्रेसो पाँच वर्षदेखि अलपत्र >> पशु किसानसँग प्रदेश सरकारः ‘डोर टु डोर’ सेवाले पशुको बाँझोपन हट्दै >> चन्द्रौटामा ९औं महोत्सव हुने, स्थानीय उत्पादन तथा रोजगारीलाई प्राथमिकता >> नवलपरासीमा माइक्रो बस र ट्रक ठोक्किंदा २२ घाइते, ७ जनाको अवस्था गम्भीर >> एनपीएल उपाधिका लागि आज जनकपुर र सुदूरपश्चिम भिड्दै >> बाजुरामा बिहानै भूकम्पको धक्का >> शान्ति स्कुलको प्रयोगशालामा >> अन्तर माबि लोकदोहोरीमा ६ टिमको प्रस्तुति सम्पन्न >> समिक्षाको प्रस्तुतीमा तात्यो बुटवल >> जीबी राईसहित १९ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता >> पत्रकार महासंघको नवनिर्वाचित नेतृत्वलाई सम्मान >> तिनाउमा विस्फोट हुँदा एक युवकको मृत्यु >> घोराहीमा सातौँ संस्करणको मेयरकप फुटबल सुरु >> ल्होसार पर्व भव्यरुपमा मनाइँदै >> कालिका मानवज्ञानको ६४ औं वार्षिकोत्सव: कबड्डीतर्फ कालिका र भलिवलमा न्यू होराईजन च्याम्पियन >> दाङमा बस र मोटरसाइकल ठोक्किएर एकजनाको मृत्यु , ११ घाइते >> महिला यू–१९ एसिया कपः नेपाल बङ्गलादेशसंग पराजित, फाइनल यात्रामा विश्राम >> नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका ३३ औ केन्द्रीय वार्षिक साधारण सभा बुटवलमा >> अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्डबाट स्वदेश फर्किए >> भैरहवामा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाले निष्क्रिय गर्यो >> सूर्यदर्शन सहकारी ठगीमा जीवी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता >> नेपालले दियो बंगलादेशलाई ५५ रनको लक्ष्य >> आज सुनको मूल्य ५०० रुपैयाँले घट्यो >> बुलेट चढेर चोरी गर्ने हिमाल रसाइलीविरुद्ध १९ मुद्दा, कारागार चलान >> लायन्स सयपत्रीद्वारा अपाङ्ग आश्रमलाई सहयोग >> नेपालमा भारतीय लगानीको विस्तारको लागि परराष्ट्रमन्त्री आरजु राणाको अनुरोध >> सरकारले आधारभूत अस्पताल निर्माण योजना अघि बढायो >> एनआईसी एशियाद्वारा रोमी केसीको परिवारलाई दुर्घटना बिमा बापत १० लाख प्रदान >> मानवअधिकार संस्थाको ओलीलाई पत्र: न्याय आयोग नियुक्ति अघि बढाउन आग्रह >> बङ्गलादेशले वेस्ट इन्डिजसँगको टी-२० शृङ्खलामा ‘क्लिन स्वीप’ गर्यो >> बागमती खोलामा २४ वर्षीय पुरुषको शव भेटियो >> जग्गा कारोबारमा देखिएको शिथिलतालाई हटाउने : मन्त्री सिंह >> अस्ट्रेलिया र दुबई पठाइदिन्छु भन्दै रकम ठगी, दुई जनालाई पक्राउ >> चितवनमा पत्रकारमाथि आक्रमण, रास्वपाका दीपक सेडाईं पक्राउ >> नेपाल विद्युत प्राधिकरणमा १,०८३ पदको अवसर, दरखास्त २५ पुससम्म खुला >> आइतबार देखि पृथ्वी राजमार्गको मुग्लिङ–नागढुंगा सडकखण्ड दैनिक तीन घण्टा बन्द >> अनुचित लेनदेनको आरोपमा सरकारी कर्मचारी पक्राउ >> काठमाडौंका केही स्थानमा आज विद्युत कटौती हुने

एनपीएल उपाधिका लागि आज जनकपुर र सुदूरपश्चिम भिड्दै

६ पुष २०८१, शनिबार
६ पुष २०८१, शनिबार

काठमाडौँ ।

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि आज (शनिबार) सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल मध्यान्ह १२ बजेपछि सुरु हुनेछ।

एनपीएलको सुरुवातमा दुवै टोलीले लगातार समान चार खेलमा विजयी भएपछि नै सुदूरपश्चिम र जनकपुरलाई उपाधि दाबेदारका रुपमा हेरिएको थियो। अन्ततः यी दुई टोली नै उपाधिका लागि भिड्ने भएका छन्।

एनपीएलको लिग चरणदेखि क्वालिफायरसम्म ३१ खेल सम्पन्न भइसकेका छन्। ३२ औँ खेलमा आएर एनपीएलको उपाधि छिनोफानो हुँदैछ।

सुदूरपश्चिमले लिगचरणमा एक मात्रै पराजय व्यहोरेको थियो भने जनकपुर दुई खेलमा पराजित भएको थियो। सुदूरपश्चिम अहिलेसम्म एक खेलमा मात्रै पराजित छ। तर जनकपुर लिगचरणमा दुई र क्वालिफायरमा एक गरी तीन खेलमा पराजित भएको छ।

दुवै टोली चितवनसँग पराजित भएका थिए। जनकपुरले बाँकी दुई खेल सुदूरपश्चिमसँगै हारेको छ।

पहिलो खेलमा विराटनगर किंग्सलाई ९० रनले पराजित गरेको सुदूरपश्चिमले दोस्रो खेलमा काठमान्डु गुर्खाजलाई ७३ रनले पराजित गर्यो। लुम्बिनीलाई ४५ रनले पराजित गरेपनि चितवनसँग भने भौथो खेलमा ३३ रनले पराजित भएको थियो।

सुदूरपश्चिमको अहिलेसम्मिको एकमात्रै हार यही हो। जनकपुरलाई ७२ रनले हराएपछि पोखरालाई ५ विकेटले पराजित गर्यो। अन्तिम खेलमा कर्णालीलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम शीर्षस्थानमा रहेर पहिलो क्वालिफायरमा पुगेको थियो। क्वालिफायरमा पनि जनकपुरमाथि समूह चरणकै नतिजा दोहो¥याउँदै फाइनलसम्मको सहज यात्रा तय गरेको छ।

जनकपुरले पनि उद्घाटन खेलमा विराटनगरलाई नै ८ विकेटले पराजित गरेको थियो। त्यसपछि लगातार तीन खेलमा विजयी भयो। कर्णालीलाई पनि ८ विकेटले नै पराजित गरेको जनकपुरले पोखरालाई ७ विकेटले पराजित गरेको थियो।

लुम्बिनीसँग १ रनको रोमाञ्चक जित हात पारे पनि पाँचौँ खेलमा सुदूरपश्चिमले जनकपुरको अपराजित यात्रा तोडेको थियो। सुदूरपश्चिमसँग ७२ रनले पराजित भएको थियो। त्यसपछि काठमान्डुलाई ५ विकेटले पराजित गर्दै जनकपुरले सबैभन्दा पहिले प्लेअफमा स्थान सुरक्षित गरेको थियो। तर अन्तिम खेलमा चितवन राइनोजसँग ३२ रनले पराजित भयो।

पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँगै ८ विकेटले पराजित भएको जनकपुर दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।

उपाधिका लागि भिड्नु अघिल्लो दिन दुबै टोलीका कप्तानले पहिलो संस्करणको उपाधि जितेर इतिहास रच्ने योजनामा रहेका बताए। सुदुरपश्चिम दिपेन्द्रसिंह ऐरिको कप्तानीमा मैदान उत्रदैछ। जनकपुरको कप्तानी आसिफ शेखले र सुदूरपश्चिमको कप्तानी दिपेन्द्रसिंह ऐरिले सम्हाल्नेछन्। तर जनकपुरका कप्तान आसिफका दाजु आरिफ सुदूरपश्चिमबाट खेल्नेछन्।

यसअघि जनकपुरलाई दुई पटक पराजित गरिसकेका सुदूरपश्चिमका कप्तान दिपेन्द्रले अगाडीको खेलमा हराएको भनेर सजिलो रुपमा नलिएको बताएका छन्।

जनकपुर पनि बलियो टोली भएकाले  लिग चरणकै जस्तो खेल्ने बताए।

‘फाइनल खेलमा पनि लिग चरणको जस्तै रणनीति अपनाएर खेल्नेछौँ। फाइनलका लागि राम्रो तयारी गरिरहेका छौँ, जित, हार आफ्नो ठाउँमा छ, आफ्नो शतप्रतिशत दिएर खेल्छौँ’, दिपेन्द्रले भने।

जनकपुरले कप्तानको जिम्मेवारी अनिल साहलाई दिएपनि फाइनलमा भने आसिफले नै सम्हाल्नेछन्। अनिल चोटका कारण आजको टोलीमा हुनेछैनन्।

हातमा चोट बोकेपछि मार्की खेलाडी आसिफले जिम्मेवारी सम्हालिरहेका छन्। आसिफले नतिजाबारे धेरै नसोचेको र मैदानमा राम्रो खेल्ने बताए। ‘शनिबार राम्रो क्रिकेट खेल्छौँ। नतिजाका बारेमा धेरै सोचेका छैनौँ। हामीसँग जे जति छ, त्यो मैदानमा दिन्छौँ’, आसिफले भने।

शनिबारका लागि सबै टिकट विक्री भईसकेको छ। त्यसैले टिकट नभएका दर्शकलाई घरमा नै बसेर क्रिकेट हेर्न दुवै टोलीका कप्तानले आग्रह गरेका छन्।

नेपाल क्रिकेट संघका सचिव पारस खड्काले पनि टिकट विक्रि भइसकेकाले टिकट नपाउनेलाई फाइनल खेल घरमै बसेर हेर्न आग्रह गरेका छन्। आगामी दिनमा स्टेडियमको क्षमता बढाउने पनि पारसले बताएका छन्।

एनपीएल विजेताले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

त्यसैगरी उपविजेताले ५१ लाख, तेस्रो स्थानमा रहने टिमले २५ लाख र चौथो स्थानमा रहने टिमले १५ लाख रुपैयाँ पुरस्कार पाउने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?