© २०२३
काठमाडौँ ।
आज बिहान बाजुरामा भूकम्प गएको छ। बाजुराको पूर्वी उत्तरी क्षेत्रको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दू भएर शनिबार बिहान पाँच दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेट जाँदा बाजुरामा भूकम्प गएको हो।
भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय त्रसित हुँदै घरबाहिर निस्केका छन्। पुनः भूकम्प आउने डरले स्थानीय अहिले पनि त्रासमा छन्। भूकम्पले क्षति भयो भएन यकिन हुन बाँकी छ। भूकम्पविद् अधिकारीले पाँच रेक्टर भन्दा माथिका भूकम्पलाई मध्यम भूकम्प मान्न सकिने बताए। ‘यो स्तरको भूकम्पले कमजोर खाले संरचना भत्काउन सक्छ,’ उनले भने, ‘तर, आज बिहान बाजुरामा गएको भूकम्पले क्षति गरेको छ जस्तो मलाई लाग्दैन।’
यसअघि गएको बिहीबार मनाङको नेस्याङ केन्द्रबिन्दु भएर ४ दशमल ७ म्याग्निच्यूडको भूकम्प गएको थियो। त्यसैगरी गएको मंगलबार र बुधबार बझाङ केन्द्रबिन्दु भएर पनि लगातार दुईवटा भूकम्प गएका थिए। यी सबै भूकम्प ०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएका भूकम्पको परकम्प होइनन्। एक साताको बीचमा बाजुरा, बझाङ र मनाङमा गएको सबै भूकम्प नयाँ हुन्।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी