© २०२३
पाल्पा, ५ पुस ।
जिल्लामा विस्फोटक पदार्थ विष्फोट हँुदा एक जनाको मृत्युु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका –२ बुढाचटकमा विस्फोटक पदार्थ विस्फोट हँुदा एक जनाको मृत्युु भएको हो ।
बुढाचटकका मदन सोमैको घर पछाडी आँगनमा सलाईको काँटीबाट माछा मार्नको लागि विस्फोटक पदार्थ बनाउने क्रममा अचानक विष्फोट हुन जाँदा सोही ठाउँका २८ वर्षीय सुरज सोमैको मृत्युु भएको हो । उनको बुटवल हस्पिटल प्रा.लि. रुपन्देहीमा उपचारका क्रममा मृत्युु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
विस्फोट हुँदा अन्य दुुई जना घाइते भएका छन् । घाइते हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ डिङ्गानगर घर भई विहीबार साँझ मदन बहादुर सोमैको घरमा आएका २१ वर्षीय कोशिस भुजेल र २८ वर्षीय कुशल भुजेल रहेका छन् ।