Butwal Today

पुस १० गतेका लागि एमालेले बोलायो सचिवालय बैठक

७ पुष २०८१, आइतबार
अ+
अ-

काठमाडौं ।

नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक पुस १० गते बस्ने भएको छ ।

च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, संगठन विस्तार योजना लगायत विषयमा छलफल हुनेछन् ।

पुुस तेस्रो साता एमालेले केन्द्रिय कमिटीको बैठक बोलाउने तयारी गरिरहेको छ ।