© २०२३
बुटवल,५ पुस ।
नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीको रकम अपचलन गरेर कुनै पनि व्याक्ति ले उन्मुक्ती नपाउने बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका लिमिटेडको ३३ औ केन्द्रीय बार्षिक साधारण सभाको बुटवलमा समुद्घाटन गर्दै मन्त्री अधिकारीले सहकारी प्रति गलत हल्ला फैलाएको भन्दै हल्ला जस्तो सहकारी अभियान अहिले त्यस्तो नभएको बताए ।
उनले भने –‘सहकारी प्रति हल्ला फैलिएका छ । जुन गलत हो, सहकारीका बिरुद्ध आान्दोलन गर्नेहरु नै पिडित छ, सहकारी का लाखौं लख सदस्यहरु प्रभावित भएको छ । ’
सहकारी अभियान गाउँ गाउँमा जरुरी रहेको भन्दै उनले सहकारी प्रति फैल्याएको भ्रम चिर्न आवश्यको बताए । सहकारी गाउँमा गाउँमा अभियान चलाउन जरुरी रहेको भन्दै उनले जनाताको जनजिविका , राष्ट्रिय को मेरुदण्ड भएको बताए । सरकारले एकै पटक अव सहकारी बलिया छन् भन्ने सन्देश दिनको लागि सहकारी अभियान’ ठिक भनेर अभियान चलाउने समेत योजना रहेको बताएका थिए । देशभर ३१ हजार ४०० भन्दा बढि सहकारी रहेको भन्दै उनले जिल्ला जिल्लाबाट कुन कुन सहकारी ठिक छन् कुन समस्या ग्रष्त छन् भन्ने बारेमा छानविन गरी प्रतिवेदन बनाउनुपर्ने बताए ।
अहिले ३ तहको दर्ता भएका सहकारीहरु रहेको भन्दै उनले समस्याग्रस्त सहकारीहरुको समस्या समाधानको लागि सरकारले लागिरहेको बताए । सहकारी मर्ज गर्ने पोलिसि पनि अगाडि सागरेको बताउँदै मन्त्री अधिकारीले केन्द्र र प्रदेशमा रहेका ५०÷६० सहकारीको रकम अपचलन गरेको कुरा आएको भन्दै २२ वटा समस्या ग्रस्त घोषाणाा गरिसकेको बताएका थिए । सबै प्रदेशमा सहकारी समस्याग्रष्त के कस्तो अवस्थामा छन् सबैको समस्या पहिचान गर्नको लागि आग्रह गर्दै मन्त्री अधिकारीले यो विषयमा निर्देशन समेत दिईसकीएको बताए ।
सदस्यहरुको रकम फिर्ता नगरेसम्म कसैले पनि सुख नपाउने भन्दै उनले अध्यक्ष, सञ्चालकहरुको, सहकारीको पुँजी विक्रि गरेर भएपनि सदस्यको रकम फिर्ता गरिने तर्फ ढुक्क हुनुपर्ने बताए । पछिल्लो समयमा ६ हजार ५०० जति सदस्यहरुको रकम फिर्ता गराउनको लागि सरकार सफल भएको भन्दै उनले समस्या मात्रै होईन समस्या समाधानको लागि पनि सरकराले काम गरिरहेको बताए ।
एउटै व्याक्तिको धितो २,३ ठाउँमा राखेको कारण बैंकले धितो लिलामी गर्दा सहकारीले धितो लिलामी गर्न नपाउँदा थप समस्या सृजना भएको भन्दै बैंक तथा वित्तीय संस्था र सहकारीको विचमा एक अर्कामा मिलेर मात्रै समस्या समाधान गर्नुपर्ने बताएका थिए ।
सरकार सहकारीको नियमन गर्ने गरी नियमयक निकाय तयार गर्ने अवस्थामा रहेको भन्दै उनले प्रदेश, केन्द्र र जिल्ला मा नियमक निकाय र न्याधिकरण पनि स्थापना गर्ने तयारी गरिएको बताए । कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल ले बोल्दै सहकारीको समस्या समाधानको लागि सबैले लाग्नुपर्ने बताएका थिए । दुई दिनसम्म चल्ने साधारण सभामा संघका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, महासचिव घनश्याम अधिकारी लगायतले आ आफ्नो भन ाई राखेका थिए । ्
सभामा लुम्बिीनी नेकपा एमाले सहकारी विभाग प्रमुख खगराज अधिकारी, राष्ट्रिय सहकारी महासंघ नेपालकी अध्यक्ष ओमदेवी मल्ल तथा अन्य विषयगत केन्द्रीय सहकारी संघका अध्यक्ष तथा प्रतिनिधिहरु, राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष मित्रराज दवाडी, यसैगरी, बुटवल उप–महानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले , सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरे, आ आफ्नो भनाई राखेका थिए ।
लुम्बिनी प्रोस्कूनका अध्यक्ष श्रीकृष्ण नेपाल, बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटा, सभामा संघकी उपाध्यक्ष शान्ती अधिकारी, कोषाध्यक्ष दिपक थापा, लेखा सुपरिवेक्षण समिति संयोजक इन्द्रराज ज्योति पौडेल लगायत संघको सिङ्गो सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिसँगै डा.शिवजी सापकोटा नेतृत्वको व्यवस्थापन समूह, देशभरबाट सहभागी सदस्य संघ÷संस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागीता रहेको थियो । नेफ्स्कूनले १६ वर्षपछि काठमाडौं उपत्यकाबाहिर वार्षिक साधारण सभा आयोजना गरेको हो ।