© २०२३
नेपालगञ्ज, ७ पुस ।
युवा अवस्थामै बरघर बनेका बाँके राप्ती सोनारी २ अगैयाका दिल बहादुर थारु अहिले ६४ बर्षका भए । करिब ३२ बर्ष अघि बरघर रहेका आफ्ना बुवाको निधन पश्चात नेतृत्व सम्हालेका दिलबहादुर काँध थाप्न कोही मन्जुर नहुँदा अहिले सम्म बरघरको जिम्मेवारी सम्हाल्न बाध्य छन् । उनी भन्छन्, ‘प्रत्येक बर्षको माघमा नेतृत्व हस्तान्तरणको प्रस्ताव गर्छु तर काँध थाप्न कोही पनि तयार हुँदैनन् ।’
अब युवा पुरुष तयार नभए आगामी माघमा महिलालाई नै नेतृत्व सुम्पिन तयार रहेको उनी बताउँछन् । सिक्टा सिँचाईको नहरले दुई चिरा पारिदिएको अगैया गाउँमा कुनै सामाजिक कामका लागि गाउँलेलाई खबर गर्न निकै मुस्किल भईरहेको दिल बहादुरको भनाई छ । ‘फोनमा खबर गरौं मोवाईलमा पैसो हुँदैन, घरघरमा खबर गर्न जाउँ नहर वारी र पारी गर्दा दिनै जान्छ ।’ एक सय बढी घरधुरी संख्या रहेको अगैया गाउँमा मर्दा पर्दा र गाउँको सामूहिक पूजापाठ बरघरकै नेतृत्व गरिन्छ, तर उनले सेवा गरेवापत बार्षिक २,९०० मात्र पाउने गर्छन् ।
पहिले बरघरलाई गाउँको नेतृत्व गरेवापत अन्न बाली (तिहाई) दिने चलन भएपनि पछिल्लो समय नगद दिने परम्परा चलेको तर त्यो एकदमै न्युन रहेकाले पनि युवा पुस्ताले नेतृत्वमा रुची नदेखाएको दिल बहादुरको बुझाई छ । दिल बहादुरभन्दा पाको उमेरका अर्का बरघर हुन् राप्ती सोनारी ८ पेह्रनीका ६७ बर्षिय रतीराम थारु । आफ्नो बुवा पश्चात २० बर्षकै उमेरमा बरघर बनेका उनी हाल सम्म बरघरनै छन् । ४७ बर्ष सम्म एकैजनाले बरघर नेतृत्व गरिरहँदा पनि नेतृत्व परिवर्तनको लागि कुनै बहस हुँदैन ।
आगामी माघमा बरघर नेतृत्व परिवर्तन बारे आफै कुरा उठाउने र कोही तयार नभए आफ्नै छोरा या बुहारीलाई भएपनि प्रस्ताव गर्ने रतिराम बताउँछन् । यस्तै राप्ती सोनारी ५ टडुवाका बरघर ईतवारी थारुलाई पनि पटक पटक बरघर नेतृत्व आफैले गरिरहँदा थकित महसुस भएको बताउँछन् । उमेरले ६० नाघीसक्दा पनि समाजले घुमाइृ फिराई आफैलाई नेतृत्व दिँदा अब नेतृत्व आफैले अरलाई हस्तान्तरण गर्ने पक्षमा रहेको उनको भनाई छ । उनी भन्छन,् ‘म बाहेक कसैले नेतृत्व लिन मान्दैन अबर म घरबाटै नेतृत्व हस्तान्तरणको तयारीमा छु ।’
बरघर नेतृत्व गर्न त्यति सहज नभएको बताउने ईतवारीले कोहीलाई नेतृत्व दिँदा समाज बिग्रिने डर हुने धारणा रााख्छन् । समाज बिग्रीन थाले पछि पटक पटक आफैले नेतृत्व सम्हालेको उनी स्मरण गर्छन् । आफूपछिको बरघर सम्हाल्नकालागि पछिल्लो समय बुहारीलाई सिकाउन थालेको उनी सुनाउँछन् । उनी भन्छन् अगाडी थप्छन् ‘बुहारीलाई सबै कुरा सिकाउँदैछु, ८० प्रतिशत कार्यक्रममा बुहारीलाई पठाउँछु २० प्रतिशत काम मात्र म आफै गर्छु, अब आफ्नो जिम्मेवारी बुहारीलाई नै हस्तान्तरण गर्छु ।’ राप्ती सोनारी ६ उच्चा छटकपुरका बरघर त झन् उमेर छिपिदै जाँदा हाल शारिरिक रुपमा अशक्त भैसकेका छन् । ७५ बर्षिय बरघर होले थारुलाई शारिरिक अस्वस्थताले हिँड डुल गर्न समस्या छ ।
उनको सबै भूमिका उनकी ४१ बर्षया बुहारी बबिता थारुले निर्वाह गर्दै आएकी छिन् । कुनै सामाजिक कामकालागि गाउँलेलाई खबर गर्ने, पूजापाठकालागि पैसा संकलन गर्नेदेखि सबै काम बुहारीले नै गर्छिन् । बबिताको कार्य सम्पादनले उनको ससुराको नेतृत्व करिब २० बर्षदेखि समाजले स्वकार गर्दै आएको थियो तर, बबितालाई नेतृत्व सुम्पिने बारे कसैले सोँचेकै थिएन । तर अहिले राप्ती सोनारीका थारु समुदायको बस्तीमा बरघर नेतृत्वकालागि महिला र युवालाई अगाडी सार्ने बारे एक खालको तरंग उत्पन्न भएको देखिन्छ ।
थारु समुदायमा माघी पर्वमा नै बरघर नेतृत्व परिवर्तन गर्ने र पुरानै बरघर कायम राख्ने बारे छलफल चलाईन्छ । आगामी माघमा राप्ती सोनारीका अधिकांस बरघरहरुले महिला र युवा ईच्छुक भए नेतृत्व हस्तान्तरण गर्न तयार रहेको धारणा ब्यक्त गरेकाछन् । युएसएडको आर्थिक सहयोग तथा द एसिया फाण्डेशन को सहकार्यमा दाङको लमही स्थित थारु साहित्य तथा संसकृति प्रतिष्ठानले सञ्चालन गरिरहेको ‘थारु समुदायको बरघर प्रणलीमा महिला र युवा सहभागिमा जोड’ भन्ने परियोजनाले यो तरंग उत्पन्न गराएको हो ।
उक्त परियोजना हाल दाङको लमही नगरपालिका, बाँकेको राप्ती सोनारी गाउँपालिका र बर्दियाको बरबर्दिया नगरपालिकामा सञ्चालन भईरहेको परियोजनाका निर्देशक तथा कार्यक्रम संयोजक डाक्टर कृष्णराज सर्वाहारीले जानकारी दिए । परियोजना मार्फत दाङको लमही र बाँकेको राप्ती सोनारीमा पालिका स्तरीय बरघर मापन भेला सम्पन्न भईसको र बर्दियामा तयारी अवस्थामा रहेको उनले बताए । बरघर मापन भेलामा स्थानीय जनप्रतिनीधि, बरघर तथा बरघर नेतृत्वमा चासो राख्ने महिलाहरुको पनि उत्साहजनक सहभागीता हुँदै आएको निर्देशक चौधरीले बताए ।
थारु समुदायको सदियौंं देखि चल्दै आएको प्रथाजनित बरघर प्रणाली हाल सम्म रहिरहेको र यसलाई संरक्षण गर्न युवा पुस्तामा हस्तानतरण अति आवश्यक रहेको उनको भनाई छ । प्रतिष्ठानको तथ्यांक अनुसार हाल दाङको लमही नगरपालिकामा ६० जना बरघर मध्ये ४० बर्ष भन्दा कम उमेरका युवा ५ जना र ३ जना टोल बरघर महिला रहेको उल्लेख छ । त्यसैगरी बाँकेको राप्ती सोनारी गाउँपालिकामा ७८ जना बरघर मध्ये ४ जना मात्र ४० बर्ष भन्दा कम उमेरका र ३ जना महिला बरघर रहेकाछन् । सबै भन्दा पहिले बरघर ऐन पास गरेको बर्दियाको बार बर्दिया नगरपालिकामा १०४ जना बरघर मध्य ६ जना महिला बरघर रहेको तथ्यांकले देखाएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी