© २०२३
बुटवल, २९ चैत ।
बुटवलमा जारी आठौ भुपु सैनिक कप नकआउट फुटबल प्रतियोगितामा सिम्रिक युथ क्लब फाईनलमा प्रवेश गरेको छ । भुपु सैनिक सालघारी समाजको संरक्षकत्व र भूपु सैनिक जबई स्पोर्टिङ्ग क्लबको आयोजनामा शुक्रबार भएको पहिलो सेमीफाईनलमा फर्साटिकर युथ क्लब फर्साटिकरलाई ४–० गोल अन्तरले पराजित गर्दै सिम्रिक युथ क्लबले उपाधि दाबेदारी पेश गरेको हो । शनिबार हुने आयोजक भुुपु सैनिक र सौभाग्य युवा क्लबको विजेतासंग सिम्रिकले उपाधिको लागि खेल्नेछ ।
भुपु सैनिक खेलमैदानमा भएको एकतर्फी खेलमा सिम्रिकका अरुण चौधरी नायक रहे । उनले खेलमा दुई गोल गरे । शुरुवातबाट नै दबाबपूर्ण खेल प्रस्तुत गरेको सिम्रिकका सुरज चौधरी १७ औ तथा अरुण चौधरीले ३५ औ मिनेटमा गोल गरे । पहिलो हाफमा २ गोलले पछि परेको फर्साटिकर दोस्रो हाफमा थप २ गोल खान पुग्यो । खेलको ३९ औ मिनेटमा आशिष पुन र ६९ औ मिनेटमा अरुण चौधरीले गोल गरे । खेलमा आशिष पुन प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरि विहिबार वर्षाका कारण स्थगित भएको अन्तिम क्वाटरफाईनल खेल शुक्रबार सम्पन्न भएको छ । सौभाग्य युवा क्लबले भैरव स्र्पोटस क्लबलाई २–१ गोलले पराजित गरेको हो । निक्कै प्रतिस्प्रर्धात्मक खेलको पहिलो हाफ गोल रहित बन्यो । खेलको ४७ औ मिनेटमा सौभाग्यका किसमस घर्तीले गोल गरे । यसैगरि सौभाग्यकै रन्जित थापाले खेलको ५५ औ मिनेटमा गोल थप्दै अन्तरलाई दोब्बर पारे । जित सुनिश्चित गरेको खेलमा भैरवका असिम गुरुङले ईन्जिरी समयमा सान्त्वना गोल गरे । खेलमा सौभाग्यका बिक्रम राना प्लेयर अफ दी म्याचबाट पुरस्कृत भएको संयोजक शिव कुमार थापाले बताए ।
प्रतियोगिताको विजेता टिमले नगद २ लाख २२ हजार २२२ रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद १ लाख ११ हजार १११ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने क्लबका अध्यक्ष गोपीराम पुनले बताए । यसैगरि विधागत उत्कृष्ट चारजना र एक जना सर्वोत्कृष्ट खेलाडीलाई नगदसहित कपबाट पुरस्कृत गरिने उनले बताए । नवलपरासीका दुई र रुपन्देही ६ टिमसहित आठ टिमले भाग लिने उनले बताए ।