© २०२३
काठमाडौं ।
चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरी काठमाडौं ल्याएको छ। भारतको असाम राज्यमा फेला परेका प्रसाईंलाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिएर विमानमार्फत राजधानी ल्याइएको हो।
राजसंस्था पुनःस्थापनाको मागमा गरिएको उक्त प्रदर्शन हिंसात्मक बन्दै दुईजनाको मृत्यु, दर्जनौं घाइते र सरकारी तथा निजी संरचनामा आगजनी र तोडफोड भएपछि, सरकारको निर्देशनमा प्रसाईंको खोजी कार्य तीव्र बनाइएको थियो।
नेपाल प्रहरीका प्रवक्ता डिआईजी दिनेश आचार्यले जारी गरेको प्रेस विज्ञप्तिमा, दुर्गा प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई झापाको भद्रपुरबाट पक्राउ गरिएको उल्लेख छ। उनीहरूविरुद्ध राज्यविरुद्धको अपराध र संगठित अपराधसम्बन्धी कसूर अन्तर्गत अनुसन्धान सुरु गरिएको पनि विज्ञप्तिमा जनाइएको छ।