© २०२३
कहिलेकाहीँ मात्र चलचित्र हेर्ने बानी परेको मैले यसपटक एन्जिला चलचित्र हेर्ने संयोग जु¥यो । हुन त जतासुकै प्रकाश सपुतको चलचित्र बसन्तले चर्चा पाइरहेको बेला चलचित्र एन्जिलाको भने खासै हल्ला सुन्न पाइएको थिएन । प्रकाश सपुत जो मर्मस्पर्शी गीत सारंगी जस्ता चलचित्रबाट ख्याती कमाइसकेकोले होला धेरैको ध्यान बसन्त चलचित्र कहिले आउंँछ भन्नेमा थियो । एउटी खेलाडी केटीको यो चलचित्र पहिलो भएर पनि होला एन्जिलाले टिकटक लगायत धेरै ठाउँंमा खासै चर्चा बटुल्न सकैको थिएन । बास्तवमा भन्दा चलचित्र एन्जिलाको प्रचार त खासै भएकै थिएन भन्दा पनि हुन्छ । अचम्म त यो मानेमा लाग्यो कि चलचित्र निकै राम्रो भएर पनि यो चलचित्रले चर्चा पाउन किन सकेन ? भनिन्छ बोल्नेको पिठो बिक्छ तर नबोल्नेको चामल पनि बिक्दैन । अर्को बच्चा नरोइ आमाले दुध पनि खुवाउँंदिनन तर थाहै नपाई दर्शकहरू यो चलचित्र हेर्न हलमा कसरी पुग्छन । अहिलै दर्शकले थाहा पाउने सजिलो माध्यम बिशेगगरी टिकटक हो । कुनै बिषयको हल्ला गर्नु छ भने टिकटकमा राखिदिए पुग्छ । अहिले जति प्रचार टिकटकको माध्यमबाट हुन्छ अरू कुनैबाट हुन सक्दैन । जे होस (विदेश) ग्रीसमा खेल्न गएकी एन्जिला केही दिनका लागि नेपाल आएर काठमाण्डौ, धरान, बिराटनगर, पोखरा, नेपालगंजका जस्ता हलहरूमा पुगेर रोइरहेका दर्शकहरू भेटेपछि राम्रो प्रचार पनि भएको छ र हलहरूका सिट खचाखच भरिएका छन ।
एन्जिला चलचित्र हेरेपछि र एन्जिलाको यथार्थ जीवनी महसुस गर्दैगर्दा सांरगी लगायत चलचित्रमा नझरेको आँशु यो चलचित्रमा झरेको थुप्रै दर्शक बताउंँछन । पांँचथरमा जन्मेर सानै उमेरमा इलाम झरेकी एन्जिला आफ्नो जीवन भोगाईका कथामा अभिनय गरेकी छिन । बिगतलाई सम्झेर कथावस्तुमा रहेर झार्नुपर्ने आंँशु अरूलै ग्लिसीरिन लगाएर झार्दा आफ्नो भने स्वतः झर्ने गरेको र केही लगाउनु नपरेको उनको भनाई छ । बाल्यकाल सम्झेर भोगेका पिडा महसुस गर्दैजाँंदा भावनामा डुबुल्की मारिरहेँ । जसले कृतिम आँशुको आवश्यक परेन, उनले अन्तर्वार्तामा भनेकी छिन । हो सबैको आ–आफ्नो ठाउँंमा कुनै न कुनै खाले जीवन भोगाईका कथाहरू हुने गर्छन । मुख्यत कस्तो खाले भोगाइ रह्यो भन्ने कुराले महत्व राख्ने गर्दछ ।
हामी भएन भन्छौंँ, मेरो भाग्यमा यस्तै लेखेको रहेछ भनेर निराश बन्छौंँ तर भाग्यरेखा कोर्ने त आखिर हामी आफैले रहेछ भन्ने ज्ञान यो चलचित्रले देखाएको छ । कुनैपनि परिस्थितिमा आत्तिनु हुँदैन अथवा भनाइ छ नि भयो भनेर नमात्तिनु र भएन भनेर नआत्तिनु । हो हाम्रा हातका पांँच औंला पनि बराबर छैनन । हाम्रा बिचार पनि एउटै छैनन् । रंग पनि सबैलाई एउटै मन पर्छ भन्नै छैन र मन पर्ने भए धैरै खाले रंग किन बनाइथ्यो । खानाको टेष्ट पनि फरक फरक मन पर्छ । यसैले त भान्सामा धेरै खाले परिकार बन्ने गर्छ । घुम्न जान पनि कसैलाई कहाँं मन पर्छ भनै कसैलाई कहाँ, कसैलाई भिसा लगाउनु पर्ने टन्न खर्च गरेर जान सकिने देशहरू घुम्ने रहर होला तर भएर के गर्ने आफ्नो हैसियतले नभेटन सक्छ । त्यसैले इच्छा मारेर बस्नुपर्ने हुन्छ । इच्छा आकांक्षा तथा बिचार सबैका एउटै हुँदैनन् । एन्जिला चलचित्र फुटबल खेलाडी एन्जिलाको बाल्यकाल देखिको जीवन भोगाइमा रहेर निर्माण गरिएको छ । बास्तवमा भन्ने हो भने यो भोगाई एन्जिलाले मात्र होइन धेरै एन्जिलाले भोगेका छन् । संयोग भन्नुपर्छ भोगाइका संघर्षमा सपोर्ट दिने उनको गडफादर बन्न सफल पूर्व डिएसपी प्रेम श्रेष्ठको साथ पाएर उनी सफल खेलाडी र चलचित्रमा आफ्नो जीवन भोगाई थाहा दिन सक्ने बनेकी छन् । यस्तै गडफादरको खाँंचो धेरै एन्जिलाहरूलाई परेको हुन्छ । मानवताभित्र रहेर हरी भएको भनिन्छ नि निस्वार्थ सहयोग गर्ने कोही छ भने यस्तै गडफादर बन्ने अवसर पनि मिल्न सक्छ भन्ने उदाहरण प्रेम श्रेष्ठ बनेका छन ।
विकट गाउंँहरूका बासिन्दाहरूमा मदिरा सेवनलाई सामान्य मान्ने, महिलाहरूलाई मानव नै नसम्झने, मदिरा सेवन पुरुषको सान हो भन्ठान्ने, रोजी रोटीको खोजीमा नलागी नशाको तालमा परिवारमा कलह, झगडा गरिरहने आदीका कारण यसको असर साना बालबालिकालाई पर्छ भन्ने हेक्का नराख्ने यस्तै कारण एन्जिलाको आमा दुई बालबालिका बोकेर अर्कैसँंग जान बाध्य परेको बिषय चलचित्रमा देखाइएको छ । जहाँं गएपनि कर्म सँगै भने जस्तो अर्को ठाउँमा पनि उनका लागि सहज बनेन । एन्जिलाको फुटवल खेल्ने धोको यत्तिकै हुने ठानेर निकासका लागि आफन्तको सहारा खोज्दै राजधानी काठमाण्डौ आफन्त छेमा पर्ने कहाँं एन्जिलालाई उनकी आमाले पठाउंँछिन । त्यहाँं पनि एन्जिलालाई काम गर्ने सहयोगीका रूपमा हेरिन्छ । आफुलै सोचे जस्तो नभएपछि ठक्कर माथि ठक्कर खाएकी एन्जिला अन्ततः एपिएफको सहारा लिन पुग्छिन । त्यहांँ उनले प्रेम श्रेष्ठलाई पाउँछिन । उनैको सहाराले आज उनी हिम्मतिली र सफल एन्जिला भएर उभिन सकेकी छन् ।
घर परिवारमा हुने विकृति, विसंगती, श्रीमान श्रीमती बीचको बेमेल जसका कारण बालबालिकामा पर्ने मानसिक असर जस्ता कुरामा ध्यान नदिँंदा शान्त वातावरणको खोजीमा दशबाह्र बर्षकै उमेरमा बालबालिका कुलतमा फसेको हामीले पाउँंछौं । केही यस्ता नमुना बालबालिका छन कि त्यस्तो वातावरणलाई चिर्दै बैकल्पीक खोजीमा एन्जिला बन्न पुगेका छन् । एन्जिलाको भाषा सापटी लिंँदा उनले एउटा अन्तर्बार्तामा भनेकी छन कि दुःख पिडा संघर्षलै नै मलाई यहाँं पु¥यायो । यति दुःख नपाएको भए म सफल खेलाडी बन्न सक्थीन । जब खेल्ने वातावरण नपाएपछि मैले गाउँं छोडेँ । खेल्न पाउने ठाउंँको खोजीमा मलाई अहिलेको गडफादरसंँग भेट गरायो । यसैले त म सफल हुनसकेँ । सुखै सुखमा रहन पाएको भए के हुन्थ्यो हुन्थ्यो, उनले भनेकी छन् । मिलन चाम्स, दयाहाङ राई, गडफादर प्रेम श्रेष्ठ लगायतको सहयोगमा निर्मित एन्जिला चलचित्रमा नरुने दर्शक भेटिँंदैनन् ।
समग्रमा एन्जिला चलचित्र हेर्न आवश्यक छ । यसले हामी तथा हाम्रा बालबालिकालाई राम्रो परामर्श दिन सक्छ । जुन परामर्शले बालबालिकालाई कुलतमा पर्नबाट जोगाउने छ । जीवनमा सुखै सुख मिल्छ भन्ने छैन । सबै सम्पन्न परिवारमा जन्मन्छन भन्ने पनि छैन । सबै धनी पनि हुँदैनन सबै गरिब पनि हुँदैनन । जीवन भोगाइमा जे जस्तो परिस्थिति आएपनि आत्तिनु हुँदैन भन्ने ज्ञान यो चलचित्रले दिएको छ । परिकल्पना गरिएको कथामा आधारित नभएर एन्जिलाको वास्तविक जीवन भोगाइको कथामा बनेको चलचित्रले धेरै कुरा सिकाएको छ । भोगाइका सबै कुरा समेटन तीनवटा चलचित्र बन्नु पर्ने भएकाले सटकटमा संकेत दिने काम यसले गरेको छ । गाउँ शहर वा कहीँं पनि यस्ता भोगाइका एन्जिला धेरै छन तर संघर्ष गरेर कति सफल भए भन्ने कुरा मात्र हो । चलचित्र त बनिरहेका हुन्छन तर सवैले सवैको मन छुन सकेको हुँदैन । केही यस्ता चलचित्र बन्छन जसले लाखौंको मन छोएको हुन्छ । केही समय पहिले पूर्णवहादुरको सारङ्गी आयो । त्यसले पनि दर्शकलाई धरधरी रुवायो । यतिखेरको एन्जिलाले सारङ्गीमा नरोएका मानिस पनि रोइरहेका छन् । यतिखेर फाइनल जाँच दिएर बालबालिका घरमै छन, यो बखत उनीहरूलाई पनि यो चलचित्र देखाउँदा उपयुक्त हुन्छ, अभिभावकले यतातिर ध्यान दिँदा राम्रै होला ।