© २०२३
सल्यान, २९ चैत ।
गाडी जाँचको क्रममा लागूऔषध फेला परेपछि सो कार्यमा संलग्न दुई जनालाई सल्यान प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ख ४००८ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा लागुऔषध सहित पश्चिम सल्यानको सल्लीबजारबाट दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय देव स्थलबाट खटिएको प्रहरी टोलीले सल्लिबजारमा गाडी रोकी जाँच गर्दा सल्यानको बनगाड कुपिण्डे नगरपालिका १ की ३८ वर्षीया भुमा बुढाथोकीको झोलामा लागुऔषध जस्तो देखिने कालो पदार्थ फेला पारेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उक्त पदार्थ डिब्बामा राखिएको अवस्थामा करिब ३ किलोग्राम रहेको अनुमान गरिएको छ ।
घटनासँग संलग्न भएको भन्दै सुर्खेत सिम्ता गाउँपालिका वडा नम्बर ४ का ६५ वर्षीय भद्रबहादुर सिंहलाई समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपि केशर कुमार न्यौपानेले जानकारी दिए । पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको छ ।