ट्रेंडिंग:

>> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै
यु–१४ टि ट्वान्टी क्रिकेट प्रतियोगिता

रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी

२९ चैत्र २०८१, शुक्रबार
२९ चैत्र २०८१, शुक्रबार

बुटवल, २९ चैत । बुटवलमा जारी यू–१४ टि ट्वान्टी क्रिकेट प्रतियोगितामा रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती क्रिकेट एकेडेमी विजयी भएका छन । वेस्टर्न क्रिकेट क्लब बुटवलको आयोजना तथा बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा शुक्रबार भएको पहिलो खेलमा रुपन्देही क्रिकेट एकेडेमीले प्यारामाउण्ट क्रिकेट एकेडेमीलाई १०० रन तथा तथा दोस्रो खेलमा नवज्योती क्रिकेट एकेडेमीले लुम्बिनी वल्र्डलाई ९४ रनले पराजित गरेको हो ।

नरैनापुर क्रिकेट मैदानमा भएको पहिलो खेलमा रुपन्देहीले टस जितेर ब्याटिङ रोजेर निर्धारित २० ओभरमा ६ बिकेटको नोक्सानीमा १५९ रनको लक्ष्य खडा गरेको थियो । रुपन्देहीका सुगम पोखरेलले ३९ बलमा ३२ रन, सोयब हसन मुसलमानले १७ बलमा नटआउट २९ रनको योगदान दिए । प्यारामाउण्टका बिराट रोकाहाले २ बिकेट लिए । मध्यम लक्ष्य पछ्याएको प्यारामाउण्टका ब्याट्सम्यानहरु १७.५ ओभरमा केवल ५९ रनमा समेटियो । प्यारामाउण्टका अस्मित अर्यालले २९ बलमा १३ रनबाहेक अन्य ब्याट्सम्यानहरु दोहोरो रन जोड्न सकेनन । कम स्कोरमा रोक्न रुपन्देहीका सोयब हसन मुसलमानले ३ तथा सरिक अलि, सत्यम हरिजनले समान २–२ बिकेट लिए । खेलमा रुपन्देहीका सोयब हसन मुसलमान प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

यसैगरि दोस्रो खेलमा टस जितेर नवज्योतीले निर्धारित २० ओभरमा ३ बिकेटको नोक्सानीमा १६० रनको लक्ष्य खडा गरेको थियो । उसका लागि ओपनर फुलचन्द प्रजापतिले ४२ बलमा ४६ तथा ईमरान खानले नटआउट ३७ बलमा ३६ रनको योगदान दिए । लुम्बिनी वल्र्डका करन पोखरेलले २ तथा गोकर्ण भण्डारीले १ बिकेट लिए । मध्यम लक्ष्य पछ्याएको लुम्बिनी वल्र्डका ब्याटर १६.५ ओभरमा केवल ६६ रनमा समेटियो । लुम्बिनीका गोकर्णराज भण्डारीले २३ बलमा २५ तथा मिकाल ऐरीले ३६ बलमा १६ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन । कम स्कोरमा रोक्न नवज्योतीका कार्तिक शाहनीले ४ तथा ईमरान खान र कुनाल भार्गवल समान २–२ बिकेट लिए । खेलमा नवज्योतीका ईमरान खान प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

प्रतियोगितामा १२ वटा टिम दुई समुह विभाजन गरी राउण्ड रोविनका आधारमा खेलाएर समूहको शिर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष भुवन पाण्डेले बताए । प्रतियोगितामा विजेता टिमले नगद ४१ हजार ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले २१ हजार नगद राशी प्राप्त गर्ने उनले बताए । यसैगरी विधागत तर्फ उत्कृष्ट व्याट्सम्यानलाई २ हजार ५ सय, सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार नगद राशीले सम्मान गरिने उनले बताए ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission