© २०२३
पाल्पा , ३० चैत
बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरिएको छ ।
तिनाउ गाउपालिका ३ को बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा मन्दिर नजिक माथिबाट खसेको पहिरोले पुरेको हो ।
बुटबलबाट पाल्पाको भैरवस्थान तर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ज.०२७६ नम्बरको कार माथिबाट आएको पहिरोको कारण पुर्ण रुपले क्षती भएको छ । कारमा सवार यात्रु सकुसल रहेको दोभान प्रहरीले जनाएको छ । पहिरो बिहान ४ बजेको समयमा गएको थियो ।