ट्रेंडिंग:

>> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त

बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान

२९ चैत्र २०८१, शुक्रबार
२९ चैत्र २०८१, शुक्रबार

बाँके, २९ चैत ।

बाँकेमा हावाहुरी र बर्षाले गर्दा करिब साढे पाँच करोड बराबरको ईट्टा नेक्सानी भएको छ । नेपाल ईट्टा उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष देवबहादुर वलीले गत चैत २७ र २८ गते आएको हावाहुरी तथा पानीले बाँके जिल्लामा रहेका ६० बढी ईट्टा उद्योगहरु मध्ये आधा भन्दा धेरै ईट्टा उद्योगहरुमा नोक्सानी भएको बताए । अध्यक्ष वलीले विभिन्न ठाउँमा रहेका ईट्टा

उद्योगीहरुबाट संकलन गरिएको तथ्यांक अनुसार करीब–करीब १ करोड ५० लाख काँचो ईट्टा नोक्सानी भएको बताउँदै सोको अनुमानित मूल्य जोड्दा करीब ५ करोड ५० लाख बराबर नोक्सानी भएको बताए । अध्यक्ष वलीका अनुसार श्रद्धा ईट्टा उद्योग, चाचा ईट्टा उद्योग, चाँद ईट्टा उद्योग, देउती ईट्टा उद्योगलगायत ३० बढी ईट्टा उद्योगहरुद्वारा तयार गरिएको कच्चा पदार्थमा हावाहुरी तथा पानीले नोक्सानी भएको बताए ।

एउटा काँचो ईट्टा तयार गर्दा करीब–करीब ५ रुपैँयाभन्दा बढी खर्च लाग्ने गरेको बताईएको छ । सोमा प्रयोग हुने माटो, पानी, मजदुरीलगायत प्रयोग गरी तयार गरिन्छ भने सो तयार भईसकेपछि सुकाउनका लागि खुला ठाउँमा राखिने गरिएको हुन्छ । तर सोही बेला हावाहुरी तथा पानी परेको हुँदा सो भित्रीयाउन नपाउँदै नोक्सानी भएको नेपाल ईट्टा उद्योग व्यवसायी संघ बाँकेका कार्यालय सचिव सुर्यमणि पौडेलले बताए ।

श्रद्धा ईट्टा उद्योगका सञ्चालक सुधिरप्रताप सिंहले दिएको जानकारी अनुसार अस्ती आएको हावाहुरी तथा पानीले गर्दा मेरो उद्योगमा मात्रै करीब १० लाख बढी ईट्टाहरु नोक्सानी भएको छ । जसको अनुमानित मूल्य निकाल्दा ५५ लाख बराबर नोक्सानी भएको बताए ।आफ्नो पीडा पोख्दै सञ्चालक सिंहले ‘हाम्रो पीडा कसले बुझ्ने, हामी प्रति सहानुभूतिसम्म कसैले प्रकट गर्दैनन् । हाल सञ्चालनमा रहेको ईट्टा उद्योगहरु प्रायः बैंक ऋणबाट सञ्चालनमा रहेका छन् । तर बैंकले ब्याज समयमा नपुगे फोन गर्छन, नोक्सानी कति भयो, बुझ्न कहिल्यै फोन गर्दैनन्’ उनले भने ।

सम्बन्धित सरोकारवाला पक्षहरुको यसतर्फ ध्यान केन्द्रीत हुनुपर्ने बताउँदै ईट्टा उद्योगीहरुले काँचो ईट्टाको बीमा व्यवस्था भई दिएको भए हामी उद्योगीहरुलाई समेत केही राहत मिल्ने थियो । यसतर्फ सरोकारवाला निकायले पहलकदमी गर्न अनुरोध समेत गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?