ट्रेंडिंग:

>> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारको भाउमा सुनचाँदीको मुल्य स्थिर >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने  >> आज अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको अवस्था कस्तो छ ? >> रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज, देखिन्छ नकारात्मक असर >> बुटवलको बुद्धनगरमा गोली चल्यो >> तातोमा ‘लोहार दाई’ >> सातवटै वडामा उज्यालो समाजका लागि सार्वजनिक प्रतिबद्धता >> पर्यावरण मैत्री लघुकथा वाचनको एक दिन…… >> श्रीनगर घुमघाम र बिचरणको रोमाञ्चकता >> अराजकता नरोकिए शिक्षा प्रणाली ध्वस्तः मन्त्री तिमल्सिना >> रातीमा मणिमुकुन्द भलिबल >> ‘पैसा चुहिने’ भन्सारमा संसदीय समितिको निरीक्षण >> मध्यरातिसम्म प्रधानमन्त्री र सभामुखसँग शिक्षक महासंघको छलफल >> पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै >> लुम्बिनी कप महिला फुटबलमा आर्मीको विजयी सुरुवात >> रुपन्देहीमा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप सुरु >> नगरभित्र ट्राफिक व्यवस्थापनमा लचकता अपनाउन ट्राफिक प्रहरीलाई आग्रह >> दाङमा बस दुर्घटना: दुईजनाको मृत्यु >> मणिमुकुन्द भलिवल कप इन्डो नेपाल प्रतियोगिताको तयारी पूरा, उदघाटन खेलमा आयोजक र भारतीय टिम भिड्दै >> देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री >> देवदह र आयोजक वेष्ट्रन विजयी >> गभर्नरमा गुणाकरलाई रोक्न सर्वोच्चमा रिट, आइतबार पेसी >> लुम्बिनीको मासिना बाबा नरेन्द्रपूरी माध्यमिक विद्यालयमा नक्कलको भिडियो लिक >> १०२ ग्राम ब्राउन सुगर सहित दुई युवा पक्राउ >> टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु >> अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनबाट आणविक शक्ति

गाउँमा ‘उखु क्रान्ति’

१ बैशाख २०८२, सोमबार
१ बैशाख २०८२, सोमबार

गुल्मी, ०१ वैशाख ।

गुल्मीका कृषकहरू यतिबेला उखुको रसलाई प्रशोधन गरी गुड र खुदो उत्पादन गर्न व्यस्त बनेका छन् । सुख्खा एवं पाखो बारीमा लगाएको उखुले राम्रो उत्पादन दिन थालेपछि यहाँका कृषकहरू यतिबेला उखु पेल्नमा व्यस्त छन् ।

उखुको रसबाट बनेको गुड र खुदो बिक्रीबाट राम्रो आम्दानी प्राप्त गर्न थालेपछि गुल्मीका कृषकहरूले उखुको रसको विविधिकरण गर्न थालेका छन । यहाँका कृषकहरूले आजभोली उँखुको रसबाट खुदो र गुड बनाउन बिहानदेखि राती अबेरसम्म पनि भ्याई नभ्याई छ ।

जिल्लामा उँखुको पकेट क्षेत्रको रूपमा रहेका बलेटक्सार, थानपति, थोर्गा, हर्दिनेटा, दिगाम र हु“गाका किसानले उँखुको व्यावसायिक खेती गर्दै आइरहेका छन । उखुको रसबाट बनेको खुदो र गुड बिक्री गरेर यहाँका किसानहरूले बार्षिक दश लाख रूपैंयासम्म आम्दानी गर्दै आएका छन् । गुल्मीमा उत्पादित खुदो र गुड उपहारका रूपमा स्थानीय बजारदेखि बुटवल, पोखरा, काठमाडौं लगायत कोशेलीको रूपमा नेपाल बाहिरसम्म पुग्ने गर्दछ ।

देशका विभिन्न ठाउँहरूमा आयोजना हुने विभिन्न कार्यक्रम र मेला महोत्सवमा थोर्गाको खुदो र गुड भनेपछि ब्राण्डनै बनिसकेको छ । उपभोक्ताहरूले खोजीखोजी लैजाने गर्दछन् । खुदो र गुड बनाउनका लागि किसानले उँखु काटेर सफा गर्ने र त्यसलाई फलामबाट बनेको मेसिनको माध्यमबाट पेलेर रस निकाल्ने गरिन्छ ।

उँखुबाट निस्केको रसलाई प्रशोधन गरेर आगोमा पकाएपछि खुदो तयार गरिन्छ । खुदो तयार गरेपछि तयार भएको खुदोलाई पुनः स–साना भा“डामा राखेर पुनः पकाई बाक्लो बनाईन्छ । बाक्लो रसमा मसला र विभिन्न स्वादजन्य सामग्रि तयार पारेपछि त्यसलाई ससाना कटौरामा खन्याएर गुड तयार गरिन्छ ।

थोर्गामा बर्षौदेखि खुदो तथा गुड उत्पादन गर्दै आउनु भएका चोलानाथ ज्ञवालीले यतिवेला उखुको खुदो र गुड बिक्री गरेर वार्षिक सात लाख भन्दा बढी आम्दानी गर्दै आएका छन । ‘खुदो र गुड उपहारको रूपमा छिमेकी जिल्लादेखि बिदेशसम्म पुग्ने गरेको छ’, गुल्मीको थोर्गेली खुदो र गुड भनेपछि नेपालका धेरै जिल्लामा ब्राण्ड नै बनिसकेको छ,’ ज्ञवालीले भने ।

गुड विभिन्न स्वादमा बनाईन्छ । जस अन्र्तगत सादा गुड, मसलेदार, फसफसे, चकलेटी र हाडे । गुड बनाउनका लागि खुदो पकाएर बाक्लो बनाई स–साना भा“डामा राखेर तयार गरिन्छ । बदाम, नरिवल, सोंफ लगायतका मसला राखेर तयार पारिएको गुडलाई मसलेदार गुड भनिन्छ । यसको अन्य गुडको तुलनामा बजारमा माग पनि बढी हुन्छ । बालबालिकादेखि किशोर किशोरीले मुखमा राखेर चपाईराख्नका लागि हाडे गुड राम्रो मानिन्छ ।

जिल्लामा सादा गुडको मूल्य प्रति किलो दुइ सय ८० रूपैंया छ भने मसलेदार गुडको मूल्य तीन सय रूपैंया रहेकोे थानपति स्थित थोर्गेली गु“ड उद्योगका सञ्चालक इन्दुबर ज्ञवालीले बताए । त्यस्तै खुदोको मूल्य प्रति लिटर २ सय २० रूपैंया रहेको छ । थानपतिका इन्दुबर ज्ञवालीले थोर्गेली अर्गानिक गुड उद्योग खोलेर खुदो र गुड मात्र उत्पादन गर्दै आउनु भएको छ ।

ज्ञवालीले खुदो र गुड बिक्रि गरेर बार्षिक दश लाख रूपैंयाँसम्म आम्दानी गर्ने गरेको बताए । ‘घरमै सामान्य भाडाको प्रयोगबाट गुड बनाउन सकिने भएकाले यसको स्वाद पनि मिठो हुन्छ, त्यसैले उपभोक्ताहरू घरमै आएर खोजीखोजी लैजाने गर्छन, आजकल मलाई गुड बनाउन भ्याईनभ्याई छ, ज्ञवालीले भने । ज्ञवालीले जग्गा भाडामा लिएर ३२ रोपनी जग्गामा व्यावसायीक उँखु खेती गर्दै आएका छन ।

रुरुक्षेत्र गाउँपालिकाले पनि उखु किसानहरूका लागि उखुको वीउमा अनुदान उपलब्ध गराउँदै आएको छ । किसानहरूलाई व्यावसायिक बनाउनका लागि पालिकाले आधुनिक मेशिन स्थापना गरि गुणस्तरी रूपमा खुदो र गुड उत्पादन गर्न शुरु गरेको रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताए । उनले कृषकहरूको बारीसम्म पुग्नका लागि पालिकाले कृषि सडक निर्माण गरिदिने प्रकृया समेत शुरु गरिसकेको जानकारी दिए । पालिकाले गुडलाई प्याकेजिङ् र ल्याबलिङ् गर्नका लागि आवश्यक तयारी गरेको पालिका अध्यक्ष ज्ञवालीले बताएका छन ।

पालिकाले सहकारी संस्था मार्फत करिब एक करोड लागानीमा थोर्गामा थोर्गेली गुड उद्योग सञ्चालनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए । पाण्डेका अनुसार थोर्गाको खुदो र गुडलाई पुर्ण रूपमा अर्गानिक बनाउनका लागि पालिकाले कृषकहरूलाई आवश्यक सहयोग गर्दै आएको छ ।

कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नरेश धितालका अनुसार जिल्लाको खेती योग्य जमिन मध्ये एक सय ७२ हेक्टर क्षेत्रफलमा व्यवसायिक रूपमा उँखु खेती गरिदै आएको छ । उक्त क्षेत्रफलमा वार्षिक पाँच करोड मूल्य बरावरको उखु उत्पादन हुने गर्दछ । जिल्लाको रुरुक्षेत्र र छत्रकोट गाउँपालिकामा यतिबेला चार सय ५० घरधुरीका किसानहरू व्यावसायिक रूपमा उखु खेतीमा लागेका छन । जिल्लामा खुदो र गुड बिक्रीबाट वार्षिक दुइ करोड रूपैंया भन्दा बढीको कारोवार हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?