© २०२३
नेपाली सर्जकहरुले आज छन्द दिवस मनाउँदैछन् । कविता विधामा छन्दको प्रयोग र अनुसरणले नेपालको साहित्याकाश सम्पन्न भएको छ । तर पछिल्लोसमय छन्दको प्रयोग घटिरहेको छ । कविता विधामा छन्दको प्रयोग घट्दै गएको अवस्थामा कवि माधव वियोगीले वि.सं. २०५३ साल वैशाख ८ गते छन्द बचाउ अभियान सुरु गरेका थिए । छन्दको प्रयोगलाई पुनस्र्थापना गर्ने प्रयत्न स्वरूप कवि वियोगीले अभियान सुरु गरेको दिन वैशाख ८ गतेलाई स्मरण गर्दै हरेक वर्ष छन्द दिवसका मनाउन थालिएको हो । नेपाल सरकार पञ्चाङ्ग निर्णायक समितिले समेत वैशाख ८ लाई छन्द दिवसका रूपमा मनाउन सहमति दिएको थियो । पछिल्लोसमय नेपाली साहित्य ओराली लागेको महसुस भैरहेको अवस्थामा छन्दबद्ध कवितामा समेत ठूलो कमी आएको छ । निश्चितरुपमा नेपाली भाषा साहित्यको विकास साहित्यकर्मीहरुकै सिर्जना र प्रस्फुटनबाट मात्रै संभव छ । साहित्य सिर्जनाको फरक फरक विधा नेपाली साहित्याकासमा आईरहँदा साहित्य क्षेत्र माथि उठ्ने संभावना छ तर त्यसका लागि प्रयत्न भने गरिरहनुपर्दछ ।
साहित्यका क्षेत्रमा नयाँ नयाँ प्रयोग पनि भैरहेको छ । एक कालखण्डमा एउटा विधा र खोजले महत्व पाउने गरेको छ । भाषा साहित्य सिर्जनामा पुरानो पुस्ताले दिएको मार्गदर्शन नयाँ पुस्ताले विर्सिदै गएको अनुभूति हुन थालेको छ । नेपाल साहित्य क्षेत्रको श्रीबृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अग्रह साहित्यकारहरु अहिलेका पुस्ताका लागि प्रेरणाका स्रोत हुन । त्यसका साथै तिनले साहित्य क्षेत्रको विकासमा पु¥याएको योगदान र दिएका कृति त्यत्ति नै महत्वपूर्ण पनि छन । छन्द दिवस मनाईरहँदा छन्दको प्रयोग विस्तारै घट्दै गएको अनुभूति हुनु चिन्ताको कुरा हो । छन्दको आधारमा कविता लेख्नेक्रम अहिले हराउँदै गएको छ । छन्दमा सिर्जना गरिएका कविताले नेपाली साहित्यकासलाई माथि उठाउन धेरै योगदान र सहयोग पुगेको छ । तर, अहिले छन्द साहित्य र सिर्जना लोप हुने अवस्थामा पुगेको छ ।कवितामा छन्दलाई पद्य लेखन अथवा वृत्त भनिन्छ । छन्द भनेको लय हो । सामान्य भाषामा छन्द लय मिलाएर कृति लेख्ने वा वाचन गर्ने तरिका हो । छन्द वेदको अर्को नाम पनि हो । वर्ण र मात्राको गेय व्यवस्था छन्द हो । अर्को तरिकामा छन्द भन्नाले ध्वनिहरूको समष्टिलाई बुझिन्छ ।
ध्वनिलाई सानो अथवा ठूलो पारी लयहरूको व्यवस्थापन गर्नु नै छन्दात्मकताको प्रस्तुति हो । कवितामा छन्दलाई नौ रससँग मिसाएर प्रस्तुत गर्दा श्रवण गर्ने प्रचलन पहिले थियो । अहिले त्यो ह्रासकै अवस्थामा छ । लय मिलाएर वाचन गरिएका छन्दबद्ध कविताले अर्कै मिठास दिईरहेका हुन्छन । नेपाली भाषा साहित्यको विकासमा छन्दबद्ध कविताले ठूलो भूमिका खेलेको कुरा बिर्सन सकिदैन । विधामा छन्दको प्रयोगलाई बढाउन वितेको कालखण्डमा महŒवपूर्ण योगदान पुगेको कुरामा हामीले गर्व गर्नुपर्छ । नेपालका साहित्यकारहरु जसले कविता विधामा खासगरी छन्द कविता सिर्जनामा महत्वपूर्ण भूमिका निर्वाह गरे, ती सवै कविहरुलाई आज सम्झनु जरुरी छ । शिरोमणी लेखनाथ पौड्याल, भानुभक्त आचार्य र लक्ष्मीप्रसाद देवकोटाका सिर्जनाले छन्द विधा धनी नेपाली साहित्यले कहिल्यै बिर्सन सक्दैन । कविले छन्दलाई सिर्जनाको श्रोत मान्छन र छन्दमै टेकेर कविता सिर्जना गर्छन । त्यस्ता धेरै कविहरु अहिलेपनि छन जसले छन्दको विकासमा कृति सिर्जनाका साथै योगदान नै पु¥याएका छन । तर आज छन्द विधाको अवसान जस्तै भएको छ । छन्द दिवसको अवसरमा छन्द विधालाई संरक्षण गर्नेतर्फ सम्पूर्ण साहित्यकर्मीहरुको ध्यान जाओस् । छन्द नयाँ प्रयोग पनि होइन । छन्द सिर्जना हो । छन्दमा आधारित कविताहरुले साहित्यलाई माथि उठाउन धेरै योगदान पुगेको कुरा विर्सन सकिदैन । छन्दोबद्ध कविताको विकासमा कवि र सर्जकहरुको ध्यान जाओस् ।