ट्रेंडिंग:

>> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने

वेष्ट्रनलाई यू– १४ क्रिकेटको उपाधि

८ बैशाख २०८२, सोमबार
८ बैशाख २०८२, सोमबार

बुटवल, ८ बैशाख ।
बुटवलमा सम्पन्न यू–१४ टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि आयोजक वेष्ट्रन क्रिकेट एकेडेमीले चुमेको छ । सोमबार भएको फाईनल खेलमा देवदह क्रिकेट युनिटलाई १३ रनले पराजित गर्दै वेष्ट्रनले उपाधि चुमेको हो । उपाधिसंगै वेष्ट्रन नगद ४१ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता देवदह भने नगद २१ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।

नरेश्वर खेल मैदानमा भएको फाईनलमा टस जितेर ब्याटिङ रोजेको वेष्ट्रनले १४.१ ओभरमा सबै बिकेट गुमाएर ५५ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि केशव रायमाझीले २० बलमा १५ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन । कम स्कोरमा रोक्न प्रिन्स शर्माले ४ तथा रोहित कुवरले ३ विकेट लिए । झिनो लक्ष्य पछ्याएको देवदह भने १६.४ ओभरमा ४१ रनमा समेटियो । देवदहका रोजन काफलेले ३३ बलमा १५ रनको नटआउट तथा सुसान्त बिक बिकले १५ बलमा १५ रन जोडपनि जितका लागि पर्याप्त भएन ।

वेष्ट्रनको जितमा सुप्रिम कंडेलले ४ तथा निश्चल पौडेलले ३ बिकेट लिए । खेलमा सुप्रिम कंडेल प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए । यसैगरी विधागत तर्फ उत्कृष्ट व्याट्सम्यान देवदहका रोहित कुवर, बेष्ट्रनका सम्राट पोखरेल उत्कृष्ट बलर, गार्गीका अनमोल पुन सर्वोत्कृष्ट खेलाडी घोषित हुदै पुरस्कृत भए । वेष्ट्रनका सुप्रिम कंडेल म्यान अफ ली सिरिज घोषित हुदै नगद ५ हजार, ट्रफीबाट पुरस्कृत भए ।

एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, वडा नं.११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा, लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङ, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकाल, नेपाल मोबाईल संघका केन्द्रीय सदस्य विष्णु ज्ञवाली, नेपाल फर्निचर तथा फर्निसिङ संघ लुम्बिनी प्रदेशका अध्यक्ष सुरेन्द्र ज्ञवाली, बुटवल उपमहानगरपालिका युवा खेलकुद शाखा प्रमुख कोपिला ज्ञवालीले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन । प्रतियोगितामा १२ वटा टिम दुई समुह विभाजन गरी राउण्ड रोविनका आधारमा खेलाएर समूहको शिर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेको क्लबका अध्यक्ष भुवन पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?