ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

गुँड र खुदो बिक्रीबाट छोराछोरीलाई स्नातकोत्तर सम्मको पढाई

८ बैशाख २०८२, सोमबार
८ बैशाख २०८२, सोमबार

गुल्मी, ८ वैशाख ।

गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका तीन थोर्गाका ५६ वर्षीय चोलनाथ ज्ञवालीले गुड र खुदो बेचेरै वार्षिक २२ लाखको कारोवार गर्दै आएका छन् । सोही पेसाको आम्दानीबाटै उनले छोराछोरीलाई स्नातकोत्तरसम्म पढाउन सफल भएका छन् ।

पहिले बुवाले गर्दै आएको पुख्र्यौली पेशालाई विगत आठ वर्षदेखि आफूले आधुनिकीकरण गर्दै आएको उनको भनाइ छ । ८५ रोपनी क्षेत्रफलमा उँखु लगाएका उनले गुड र खुदो बेचेरै चार छोरा छोरीलाई शिक्षा दिक्षा दिंदै आएको बताए ।

परिवारमा श्रीमतीसहित छोराछोरीको ठूलो साथ रहेकाले आफू यहाँसम्म आउन सकेको उनले बताए । जेठीसहित दुई छोरी र छोराले काठमाडौँबाट (एमबीएसमा) स्नातकोत्तर पास गरेका छन् भने कान्छी छोरीले अहिले स्नातक पूरा गरेकी छिन् ।

अहिले छोरा र जेठीछोरीले काठमाडौँ र बुटवलमा जागिर गर्न लागेकाले आफूलाई थप टेवा पुगेको ज्ञवालीले बताए । छोराछोरीलाई यहाँसम्म ल्याउनका लागि यहीँ खुदो र गुड नै मुख्य आधार भएको उनको भनाइ छ । थोर्गेली चोलानाथ खुदो तथा गुण उद्योग दर्ता गरी वार्षिक २२ लाख बराबरको कारोवार गर्दै आएकाले सबै खर्च कटाएर सात लाख बढी बचत गर्दै आएको उनले बताए ।

उद्योगबाट सादा गुडलाई प्रतिकिलो दुई सय ७५, मसलावालालाई तीन सय ५० देखि पाँच सयसम्ममा बिक्री हुने गरेको छ । मसलावाला गुडमा काजु र कुराउनी मात्रा अनुसार मूल्य हुने गर्दछ । यस्तै खुदोलाई २२० रुपियाँ प्रति लिटरमा बिक्री गर्दै आएको उद्योगका श्रमिक टोपबहादुर पौडेलले बताए ।

१८ जनालाई रोजगारी

उद्योगमा छ जनाले वर्षैभरी र १२ जनालाई सिजनमा रोजगारी प्रदान गर्दै आएको ज्ञवालीले बताएका छन् । उत्पादित गुण र खुदोका लागि बजारको कुनै समस्या नरहेको उनले बताए । उद्योगबाटै उत्पादित बस्तु बिक्री हुने गरेकाले आफू सन्तुष्ट रहेको ज्ञवालीको भनाइ छ । तम्घासबाट बुटवल जाने गाडी र बुटवलबाट तम्घास आउने गाडीहरुले रोकेरै उद्योगबाट खुदो र गुँड लिएर जाने गरेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?