© २०२३
दाङ,७ बैशाख । लुम्बिनी प्रदेशका विभिन्न मन्त्रालय र सरोकारवाला निकायका नागरिक एउटा लाइनमा र अर्का लाइनमा बाल क्लबका बालबालिका । उनीहरूले प्रश्न राखे प्रदेश सरकारले बालबिबाह न्यूनीकरणमा सरकारले के गरिरहेको छ ? पालैपालो सबैको उत्तर दिदै उनीहरूले बालबिबाह न्यूनीकरणका लागि सबैले आफ्नो तर्फबाट काम गरेको बताए ।
सोइया महिला स्वावलम्बी संस्था देबदह, दलित महिला उत्थान संघ बर्दिया , मुक्त कमलरी बिकाश मञ्च दाङ, सृजनशिल सस्था नेपाल रुपन्देही , फातिमा फाउन्डेसन बाँकेको संयुक्त आयोजनामा दाङको लमही भएको बालबिबाह न्यूनीकरणमा प्रदेश सरकारको भूमिका तथा नीति तथा कानूनी व्यवस्था र किशोर किशोरीको भूमिका प्रदेश स्तरिय पैरवी कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले बालबिबाह न्यूनीकरणमा सबैले चासो दिनुपर्ने बताए । प्रदेश सरकारले बालबिबाह न्यूनीकरण गर्नलाइ सबैलाई शिक्षामा पहुँच पुराउन खोजेको बताउए ।
सामाजिक बिकासका लागि सामुहिक प्रतिबद्धता आउनुपर्ने उनको धारणा थियो । किशोर किशोरीको उमेर २० बर्ष पुगेपछी मात्रै बिबाहका लागि योग्य हुने भएकाले सबैले पढाई र ब्यक्तित्व बिकासमा चासो दिनुपर्ने मन्त्रीले बताए । कार्यक्रममा लुम्बिनी प्रदेश सभासद इन्द्रजित थारुले किशोरी समूहका माध्यमबाट सचेतना फैलाउने कामगरेको बताए ।
प्रदेश सरकारले बालबिबाह न्युनिकणमा चासो दिनुपर्ने बताए । लुम्बिनी प्रदेशका ८ जिल्लाका २८ किशोरी समूहका ९८ जना बालबालिकाको सहभागीता रहेको थियोे । प्रदेश स्तरीय किशोरी संजालले १८ बुदे मागपत्र सामाजिक बिकास मन्त्री जन्मजय तिमिल्सिनालाई बुझाएका थिए । कार्यक्रममा लुम्बिनी प्रदेशका सभासद, स्थानीय तहका जनप्रतिनिधि ,प्रहरी प्रमुखको र किशोरी समूहका बालबालिकाको सहभागिता रहेको थियोे । किशोरीहरुले बालबिबाह न्यूनीकरणका लागि प्रदेश र स्थानीय सरकारले महत्वपूर्ण भूमिका खेल्न आग्रह गरेका थिए ।