Butwal Today

दानव नदीमा ३ जना बालक बेपत्ता

८ बैशाख २०८२, सोमबार
अ+
अ-

रुपन्देही ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीमा रहेको दानव नदीमा पौडी खेल्ने क्रममा तीन जना बालक बेपत्ता भएका छन् ।

बेपत्ता हुनेहरूमा स्थानीय १२ वर्षीय मुनु हरिजन, १३ वर्षीय उमेश यादव र १४ वर्षीय राज यादव छन् । आज दिउँसो पौडी खेल्ने क्रममा उनीहरू बेपत्ता भएका थिए । उनीहरूको खोजीका लागि सशस्त्र प्रहरी बल खटिएको छ ।

घटनाबारे  जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बयरघाटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज घटनास्थल पुगेर उनीहरुको खोजी कार्यमा परिचालन भएको छ ।