© २०२३
पलाँता गाउँपालिका-९ थिर्पुबाट खुद्रा तथा खाद्यान्न बोकेर खिनको छलाहा जाँदै गरेको ट्र्याक्टर लार्फ भन्ने ठाउँमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।आइतबार राति भएको दुर्घटनामा परी मुगु खत्याड-५ घर भएका २५ वर्षीय चालक चन्द्र प्रकाश रोकाया, पलाँता-५ का २६ वर्षीय अम्बा शाही, पलाँता-४ का २१ वर्षीय सदु बुढा, पलाँता ४ का २१ वर्षीय रबिन्द्र बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी टेक बहादुर रावतले बताए ।
राति नै कहरदेव अस्थाइ प्रहरी पोष्टबाट वरिष्ठ हवलदार गगन रावतको नेतृत्वमा टोली घटनास्थल पुगेको डीएसपी रावतले बताए । मेटिएको अवस्थामा भएकाले ट्र्याक्टर नम्बर खुलेको छैन । ब्लु बुक पनि भेटिएको छैन। ट्र्याक्टरको इन्जिन सडकबाट २ सय मिटर तल खसेको छ भने ट्रली ६०० मिटर तल खोचमा खसेको छ।