Butwal Today

रेडक्रसका पूर्व अध्यक्षले आफैलाई गोलि हाने

८ बैशाख २०८२, सोमबार
अ+
अ-

दाङ,८ बैशाख ।

दाङको तुलसीपुरमा एकजनाले आफैंलाई गोली हानेका छन् ।

तुलसीपुर उपमहानगरपालिका –७ मोतिपुर निवासी ८३ वर्षका नारायण आचार्यको घरमै आफ्नै गोली प्रहारबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी अनिल ठकुरीले जानकारी दिए ।

प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ । आचार्य लामो समयसम्म रेडक्रस दाङको अध्यक्ष भएर काम गरेका थिए । प्रहरीलाई दिउँसो २ बजे खबर पुगेको थियो । हतियार कोठाभित्रै रहेको प्रहरीले जनाएको छ ।