© २०२३
गुल्मी, ८ वैशाख।
गुल्मीमा नयाँ र प्रतिलिपी नागरिकता बनाउने करिब बराबरी रहेका छन् । गत आइतबारदेखि शुक्रबारसम्म प्रशासनको अभिलेख अनुसार एक हप्तामा १०७ जनाले नयाँ नागरिकता बनाउँदा १०१ जनाले प्रतिलिपि बनाएका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार एक हप्ताको अवधिमा १०७ जनाले नयाँ नागरिकता बनाउँदा १०१ जनाले प्रतिलिपि बनाएको बताए ।
नागरिकहरुले नागरिकतालाई माया नगर्ने, जथाभावी फयाक्ने र सानातीना गल्तीहरु भएका कारण पनि प्रतिलिपि बनाउँने बढेको उनको भनाइ छ । यस्तै पछिल्लो समयमा राष्ट्रिय परिचयपत्रका लागि अनिवार्य रुपमा नागरिकता आवश्यक पर्ने हुँदा टोलीमा नागरिकता बनाएकाहरुकोमा श्रीमान श्रीमती र बाबु आमाको नाम नमिल्ने कारण पनि अर्को रहेको गैरेले बताए ।
गत आइतबारदेखि शुक्रबारसम्मको अवधिमा नयाँ नागरिकता १०७, प्रतिलिपि १०१, नावलक परिचयपत्र १५ ,राहदानीको आवेदन संकलन १८२, राहदानी वितरण १८२, राष्ट्रिय परिचयपत्रका लागि आवेदन ३६५, परिचयपत्र वितरण ४२०, संस्था दर्ता तथा नविकरण चार र ८४ दलित,जनजाति,पारिवारिक विवरण तथा अन्य प्रमाणित भएको गैरेले बताए ।
आठ लाख बढी राजस्व संकलन
सोही अवधिमा राहदानीबाट आठ लाख ६५ हजार र संस्था नविकरणबाट छ हजार गरी कुल आठ लाख ७१ हजार रुपियाँ राजस्व सङकलन भएको गैरेले जानकारी दिए । न्यून जनशक्तिकाबीच पनि सेवाग्राहीहरुलाई मध्यनजर गर्दै सेवा प्रवाह गरिएको गैरेले बताए ।