Butwal Today

नेप्से परिसूचक २७ सयभन्दा तल, कारोबार रकम भने बढ्यो

८ बैशाख २०८२, सोमबार
अ+
अ-

काठमाडौं ८ वैशाख।

 साताको दोस्रो दिन सोमबार सेयर बजारको प्रमुख परिसूचक नेप्से ७.७५ अंकले घटेर २६९८.७७ मा कायम भएको छ। योसँगै नेप्से फेरि २७ सयको मनोवैज्ञानिक सीमाभन्दा तल झरेको हो।

दिउँसो कारोबारको क्रममा नेप्से एक समय २७१६ अंकसम्म पुगेको भए पनि त्यसपछि गिरावट आएको हो। हाल नेप्सेमा गिरावट देखिए पनि कारोबार रकम भने बढेर ८ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो दिन ८ अर्ब ४३ करोडको कारोबार भएको थियो।