© २०२३
हङकङ ।
हङकङमा सम्पन्न चारदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कुवेतले जितेको छ। आज भएको फाइनल खेलमा नेपाललाई ३ रनले पराजित गर्दै कुवेतले उपाधि उचालेको हो। टस जितेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७४ रन बनायो। उसका लागि रविजा सान्दारुवनले ३६ बलमा ६३ रनको आक्रामक पारी खेले। नेपालका लागि सोमपाल कामी र नन्दन यादवले समान २–२ विकेट लिए।
१७५ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १७१ रनमै अलआउट भयो। नेपालका लागि बसिर अहमदले ४३ बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ८० रन बनाए। यस्तै, नन्दन यादवले १४ बलमा ३७ रनको आक्रामक योगदान दिए। नेपालको सुरुवात कमजोर रह्यो। कुशल मल्ल र दीपेन्द्र सिंह ऐरी शून्य रनमा आउट भए भने कप्तान रोहित पौडेल ७ रनमै पेभेलियन फर्किए। ९२ रनमै ८ विकेट गुमाइसकेको नेपाललाई बसिर र नन्दनले सम्हाल्ने प्रयास गरेका थिए।
अन्तिम ओभरमा नेपाललाई जितका लागि ११ रन आवश्यक थियो। तर १९.३ ओभरमा बसिर आउट भएपछि बाँकी रन जोड्न नसक्दा नेपाल ३ रनले पराजित भयो। समूह चरणमा भने नेपालले कुवेतलाई पराजित गरेको थियो। उपाधि भिडन्तमा भने कुवेतले नेपालसँगको हारको बदला लिँदै उपाधि हात पारेको हो। प्रतियोगितामा नेपाल उपविजेता बन्यो।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी