© २०२३
बुटवल ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वैशाख ३ गते भैरहवा आउने भएका छन्। पार्टीले सञ्चालन गरेको हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान अन्तर्गत अध्यक्ष प्रचण्ड भैरहवा आउने कार्यक्रम तय भएको हो।
माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसीका अनुसार वैशाख ३ गते प्रचण्ड पश्चिम नवलपरासी पुग्ने छन्। त्यसै दिन साँझ ५ बजे नवलपरासीको पार्टिले रुपन्देहिको धकधई सम्म ल्याउने छ र धकधई चोकबाट अध्यक्ष प्रचण्ड सहितको अभियानको टोलीलाई स्वागत गरि भैरहवामा ल्याउने र साझँ भैरहवाम जनताकै घरमा बास बसाल्ने बताए ।
अभियानमा अध्यक्ष प्रचण्डसँगै उपाध्यक्ष फम्फा भसाल, नेता नन्दकिशोर पुन, कृष्णबहादुर महरा, देव गुरुङ, अग्नी सापकोटा, नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेताहरूको टोली पनि भैरहवा आउनेछ। उनीहरू जनताकै घरमा राति बस्ने कार्यक्रम रहेको संयोजक जिसीले जानकारी दिए।
वैशाख ४ गतेको कार्यक्रम: मर्निङ वाकदेखि आमसभा सम्म प्रचण्डको अगुवाइमा वैशाख ४ गते बिहान ५:३० बजे भैरहवाको मिलनचोकबाट मर्निङ वाक सुरु हुनेछ। गौतमबुद्ध विमानस्थलको अवलोकन गरी लुम्बिनी रोड हुँदै बुद्धचोक पुगेर स्थानीय जनतासँग चियापान कार्यक्रम सम्पन्न गर्ने तालिका छ। त्यसपछि बिहान ९ बजेबाट होटल पौवामा युवाहरु, विद्यार्थीहरूसँग अन्तरक्रिया हुनेछ। १० देखि ११ बजेसम्म व्यापारी, बुद्धिजीवी र उद्योगीहरूसँग छुट्टै छलफल कार्यक्रम राखिएको छ।
छलफलपछि अध्यक्ष प्रचण्डले सहिद परिवारसँग सामूहिक खाना खानेछन्। त्यसै दिन दिउँसो १ बजे रुपन्देहीको मर्चवार गाउँपालिका अन्तर्गत मझगाउँमा आयोजना हुने आमसभालाई प्रचण्डले सम्बोधन गर्नेछन्। कार्यक्रम सकिएपछि उनी गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रको अवलोकनमा निस्किने छन्। साँझ ५ बजेपछि कपिलवस्तुतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
अभियान सफल बनाउन सबै तहका समिति सक्रिय आइतवार (चैत ३१ गते) भैरहवामा आयोजित नेकपा (माओवादी केन्द्र) को तयारी बैठकले अभियानलाई सफल बनाउने उद्देश्यले रुपन्देहीका सबै पालिकासँग समन्वय गरी कार्ययोजना बनाउने निर्णय गरेको छ। बैठकमा केन्द्रिय सदस्य, लुम्बिनी प्रदेश समितिका नेता तथा जिल्ला कार्यसमितिका प्रतिनिधिहरू सहभागी थिए।बैठक पार्टीका रुपन्देही संयोजक निर्मल जिसीको अध्यक्षता र स्थायी समिति सदस्य हक्कि कुल्ला खाँको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
तराई–मधेस जागरण अभियानअन्तर्गतको यो भ्रमणले जनस्तरसँगको अन्तरक्रिया बढाउने, हुलाकी राजमार्ग क्षेत्रको अवस्था बुझ्ने जनस्तरमा पुग्दा जनता सगँ प्रत्यक्ष रुपमा भेट्दा जनताको जिवनस्तर र अबस्था प्रत्यक्ष बुझ्ने अबसर सगैँ पार्टीको संगठनलाई अझ सशक्त बनाउने र आगामी निर्वाचन सम्म पार्टि एकल रुपमा चुनाबि मैदानमा उत्रीने माहोला बन्ने अपेक्षा गरिएको संयोजक जिसिले बताए ।