ट्रेंडिंग:

>> शुक्रबारको भाउमा सुनचाँदीको मुल्य स्थिर >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने  >> आज अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको अवस्था कस्तो छ ? >> रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज, देखिन्छ नकारात्मक असर >> बुटवलको बुद्धनगरमा गोली चल्यो >> तातोमा ‘लोहार दाई’ >> सातवटै वडामा उज्यालो समाजका लागि सार्वजनिक प्रतिबद्धता >> पर्यावरण मैत्री लघुकथा वाचनको एक दिन…… >> श्रीनगर घुमघाम र बिचरणको रोमाञ्चकता >> अराजकता नरोकिए शिक्षा प्रणाली ध्वस्तः मन्त्री तिमल्सिना >> रातीमा मणिमुकुन्द भलिबल >> ‘पैसा चुहिने’ भन्सारमा संसदीय समितिको निरीक्षण >> मध्यरातिसम्म प्रधानमन्त्री र सभामुखसँग शिक्षक महासंघको छलफल >> पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै >> लुम्बिनी कप महिला फुटबलमा आर्मीको विजयी सुरुवात >> रुपन्देहीमा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप सुरु >> नगरभित्र ट्राफिक व्यवस्थापनमा लचकता अपनाउन ट्राफिक प्रहरीलाई आग्रह >> दाङमा बस दुर्घटना: दुईजनाको मृत्यु >> मणिमुकुन्द भलिवल कप इन्डो नेपाल प्रतियोगिताको तयारी पूरा, उदघाटन खेलमा आयोजक र भारतीय टिम भिड्दै >> देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री >> देवदह र आयोजक वेष्ट्रन विजयी >> गभर्नरमा गुणाकरलाई रोक्न सर्वोच्चमा रिट, आइतबार पेसी >> लुम्बिनीको मासिना बाबा नरेन्द्रपूरी माध्यमिक विद्यालयमा नक्कलको भिडियो लिक >> १०२ ग्राम ब्राउन सुगर सहित दुई युवा पक्राउ >> टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु >> अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनबाट आणविक शक्ति >> सेयर बजार १.९४ प्रतिशतले बढ्यो

दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित

पूर्वाधार निमार्णदेखि आवश्यक तयारी पुरा नभएको अनुगमन समितिको दाबी
३१ चैत्र २०८१, आईतवार
३१ चैत्र २०८१, आईतवार

बुटवल, ३१ चैत । जेठमा हुने भनिएको दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता अनिश्चित समयलाई स्थगित भएको छ । प्रतियोगिताको तयारीको विषयमा निर्णय गर्न शुक्रबार बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२२ औ बोर्ड बैठकको निर्णय सुनाउदै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रतियोगिता नहुने बताएका हुन् । राखेप उपाध्यक्ष तथा तथा प्रतियोगिता अनुगमन समितिका संयोजक ध्रुव आचार्यले बैठकमा खेलकुदमन्त्रीलाई प्रतियोगिताको विषयमा ध्यानाकर्षण गराएका थिए । प्रतियोगिता अनुगमन समितिले अध्ययन अनुगमन गरि १२ बुदे प्रतिवेदन पेश गर्दै प्रतियोगिता आयोजना गर्न अनुकुल हुने अवस्था नरहेको दाबी गरेको छ ।

खेलाडी उत्पादन, क्षमता वृद्धि तथा प्रोत्साहन गर्दै अन्तराष्ट्रिय स्तरमा खेलाडीलाई अवसरको बाटो खोल्ने रुपमा आयोजना हुदै आएको प्रतियोगिताको मुख्य स्थल सुर्खेत रंगशालाको भौतिक पूर्वाधार निमार्ण सम्पन्न नभएको, विधागत खेलस्थलहरुको बारेमा अझै टुगो नलागेको, खेलाडी छनौट, प्रदेशहरुबाट विवरण प्राप्त नभएको, कानुनी प्रकृया अनुसार खेल सामग्रीहरुको टेण्डर आव्हान गरेर प्रतियोगिता सम्पन्न गर्न सम्भव नदेखिएको, प्रतिकुल मौसमका कारण थप जटिलता, कतिपय खरिद तथा टेण्डर प्रकृया अघि विषयगत उपसमिति गठन नभएको, परिषदका कर्मचारीहरुबाट समेत प्रतियोगिता सम्पन्न गर्न संम्भव नभएको राय प्राप्त भएको लगायत अध्ययनबाट प्रतिवेदनमा उल्लेख भएको छ । नेपालको समग्र खेलकुदको विकासमा कोशेढुगाको रुपमा रहेको यो प्रतियोगिता पूर्ण तयारीका साथ ऐतिहासिक र ब्यवस्थित रुपमा गरिने अनुगमन समितिका संयोजक ध्रुव आचार्यले बुटवलटुडेलाई बताए ।

खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेपछि खेलकुदमन्त्री चौधरीले तीनपल्ट प्रतियोगिताको मिति सारिसकेका छन् । सुरुमा प्रतियोगिता मंसिर २ देखि ९ गतेसम्म आयोजना गर्ने घोषणा गरिएको थियो । तर, सरकार परिवर्तन भएसँगै प्रतियोगिता अन्योलमा परेको थियो । त्यसपछि प्रतियोगिता चैत २३ देखि ३० गतेसम्म आयोजना गर्ने निर्णय गरिएको थियो । त्यसलाई पनि सारेर जेठ पहिलो सातामा पु¥याइएको थियो । पछिल्लोपटक सरकारले जेठ ३ देखि १० गतेसम्म प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय गरेको थियो । अहिले फेरि स्थगन गरिएको हो ।

सरकारले प्रतियोगिताका लागि ६० करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । कर्णाली प्रदेशले पहिलोपल्ट प्रतियोगिताको आयोजना गर्ने जिम्मेवारी लिएर झन्डै १ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी खर्च गरेर खेलकुद पूर्वाधार निर्माण गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?