Butwal Today

गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

१३ कार्तिक २०८३, शुक्रबार
अ
अ+
अ-

गुल्मी । गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा इस्मा गाउँपालिका–६ का स्थानीय मानबहादुर खत्रीका छोरा १२ वर्षीय कुञ्जन खत्री रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

इस्मा गाउँपालिका–६ अन्तर्गत आपलाय स्थित भित्री सडक खण्डमा बिहीबार साँझ जैथुमबाट कुखुरेटतर्फ जाँदै गरेको लु २ त ६१९४ नम्बरको ट्याक्टरले सडकमा पैदल हिँडिरहेका बालक खत्रीलाई ठक्कर दिएको थियो ।

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याउने क्रममा सोही राति मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि फरार रहेका ट्याक्टर चालक इस्मा गाउँपालिका–६ बुल्ममा बस्ने २३ वर्षीय धनबहादुर कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बालकको शवलाई पोष्टमार्टमका लागि अहिले गुल्मी अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?