© 2026
बुटवल । बुटवलमा निर्माण गरिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको स्वामित्व हस्तान्तरण गरिएको छ । बहुउदेश्ीय सहित निर्माण गरिएको अन्तरिष्ट्रय सम्मेलन केन्द्र संचालनका लागि विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिलाई हस्तान्तरण गरिएको छ ।
विहिवार काठमाडौमा एक कार्यक्रमका बीच शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक दिलिप भण्डारी तथा पूर्वाधार विकास मन्त्रीका सल्लाहकार मधु अर्यालको उपस्थितिमा आयोजित कार्यक्रम बीच सम्मेलन केन्द्र समितिलाई स्वमित्व हस्तान्तरण गरिएको हो ।
सिनियर डिभिजनल इन्जिनियर किर्तिकान्त साहले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति गठन आदेश, २०८१ बमोजिम आवश्यक कागजात सहित उक्त संरचना समितिका कार्यकारी निर्देशक धर्मराज खड्कालाई हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण ग्रहण गर्दै कार्यकारी निर्देशक खड्काले सभाहललाई पारदर्शिता, सेवाग्राहीको अधिकतम सन्तुष्टि र उपलब्ध सम्पूर्ण स्रोत साधनहरूको हदैसम्मको उपयोग गरी सञ्चालन गरिने बताए । उनले वर्तमान सरकारको स्पिरिट र स्पिड अनुसार संरचनाको भरपुर, व्यवस्थित सञ्चालन तथा व्यवस्थापनमा जोड दिने प्रतिबद्धता पनि व्यक्त गरे ।