ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने
नयाँ वर्ष २०८२ मा मुख्यमन्त्री आचार्यको शुभकामना

‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’

१ बैशाख २०८२, सोमबार
१ बैशाख २०८२, सोमबार

दाङ–

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना व्यक्त गरेकाछन । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका हुन ।

मुख्यमन्त्री आचार्यले नववर्षलाई विगतको समीक्षा गर्ने र भविष्यको मार्गदर्शन तय गर्ने महत्वपूर्ण अवसरको रूपमा लिनु पर्ने उल्लेख गरे । शुभकामना सन्देशमा भनिएको छ‘यो आशा, उत्साह र अपेक्षाको पर्व हो । यस अवसरमा हामीले थाँती रहेका योजना र संकल्पहरूलाई कार्यान्वयनमा ल्याई प्रदेशको समृद्धि र समुन्नतिको लागि सामूहिक प्रयास गर्नु आवश्यक छ ।’ मुख्यमन्त्री आचार्यका अनुसार लुम्बिनी प्रदेश सरकारले जनचाहनाअनुसार सुशासन प्रवद्र्धन गर्न र भ्रष्टाचार विरुद्ध रणनीतिक योजना निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयन थालेको छ ।

प्रदेश सरकार आफ्ना कामकाजलाई सुशासनमैत्री बनाउँदै लगेको उनले बताए । संविधानले प्रत्याभूत गरेका अधिकारहरूको कार्यान्वयनका लागि सरकारले विविध नीति तथा कार्यक्रममार्फत निरन्तर प्रयास गरिरहेको जानकारी दिँदै मुख्यमन्त्री आचार्यले जनताको विश्वास र भरोसाको सरकार बनाउने दिशामा प्रदेश सरकार दृढताका साथ अघि बढिरहेको उल्लेख गरे । स्थानीय उत्पादनमा आधारित उद्यमशीलताको विकासलाई प्रोत्साहन गर्न नवप्रवर्तन कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदै उनले शून्य संरचनाबाट सुरु भएको प्रदेशलाई संस्थागत गर्दै सबल, सक्षम र जनउत्तरदायी बनाउने दिशामा उल्लेखनीय प्रगति हासिल गरिएको बताए |

मुख्यमन्त्री आचार्यले अतीततर्फ फर्काउने प्रवृत्तिलाई निरुत्साहित गर्दै राजनीतिक स्थायित्वमार्फत समृद्धि र विकासको चाहना पूरा गर्ने संकल्प आजको प्रमुख आवश्यकता भएको धारणा व्यक्त गरे । उहाँले नयाँ वर्ष २०८२ सबैमा न्याय, समानता, अवसर र गरिमामय जीवनको प्रत्याभूति दिलाउने सभ्य र समुन्नत समाज निर्माणका लागि प्रेरणा बनोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?