ट्रेंडिंग:

>> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारको भाउमा सुनचाँदीको मुल्य स्थिर >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने  >> आज अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको अवस्था कस्तो छ ? >> रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज, देखिन्छ नकारात्मक असर >> बुटवलको बुद्धनगरमा गोली चल्यो >> तातोमा ‘लोहार दाई’ >> सातवटै वडामा उज्यालो समाजका लागि सार्वजनिक प्रतिबद्धता >> पर्यावरण मैत्री लघुकथा वाचनको एक दिन…… >> श्रीनगर घुमघाम र बिचरणको रोमाञ्चकता >> अराजकता नरोकिए शिक्षा प्रणाली ध्वस्तः मन्त्री तिमल्सिना >> रातीमा मणिमुकुन्द भलिबल >> ‘पैसा चुहिने’ भन्सारमा संसदीय समितिको निरीक्षण >> मध्यरातिसम्म प्रधानमन्त्री र सभामुखसँग शिक्षक महासंघको छलफल >> पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै >> लुम्बिनी कप महिला फुटबलमा आर्मीको विजयी सुरुवात >> रुपन्देहीमा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप सुरु >> नगरभित्र ट्राफिक व्यवस्थापनमा लचकता अपनाउन ट्राफिक प्रहरीलाई आग्रह >> दाङमा बस दुर्घटना: दुईजनाको मृत्यु >> मणिमुकुन्द भलिवल कप इन्डो नेपाल प्रतियोगिताको तयारी पूरा, उदघाटन खेलमा आयोजक र भारतीय टिम भिड्दै >> देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री >> देवदह र आयोजक वेष्ट्रन विजयी >> गभर्नरमा गुणाकरलाई रोक्न सर्वोच्चमा रिट, आइतबार पेसी >> लुम्बिनीको मासिना बाबा नरेन्द्रपूरी माध्यमिक विद्यालयमा नक्कलको भिडियो लिक >> १०२ ग्राम ब्राउन सुगर सहित दुई युवा पक्राउ >> टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु >> अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनबाट आणविक शक्ति

परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष

१ बैशाख २०८२, सोमबार
१ बैशाख २०८२, सोमबार

नयाँ वर्षको आगमनसँगै हाम्रो जीवनमा एक नयाँ अध्याय खुल्छ । प्रत्येक वर्षको सुरुवातसँगै मानिसको मनमा नयाँ उमंग, नवीन आशा र उज्यालो भविष्यको कल्पना जन्मिन्छ । यो केवल पात्रोको परिवर्तन होइन, यो त सोच, दृष्टिकोण र जीवनशैलीमा रूपान्तरण ल्याउने दुर्लभ अवसर हो। हामी भन्छौं—नववर्षले सबैमा नयाँपन ल्याओस्, किनकि नयाँपनले नै जीवनलाई सार्थक बनाउँछ । नयाँ वर्षका बिहानहरू केवल सूर्यको उदय मात्र होइनन्, ती त आत्मा र सोचमा उज्यालो ल्याउने प्रेरणाका किरण हुन् । हरेक मानिसले नयाँ वर्षसँगै आफूभित्र केही परिवर्तन ल्याउने संकल्प गर्छ । कसैले स्वास्थ्यमा ध्यान दिने प्रण गर्छ, कसैले अध्ययनमा गहिरिएर लाग्ने सोच बनाउँछ, त कसैले आफ्ना कमजोरीहरू सुधार्ने अठोट लिन्छ । यिनै साना प्रणहरू नै ठूलो परिवर्तनका ढोका हुन् । हामीले बुझ्नुपर्छ—नयाँपन बाहिरी चमकधमकमा मात्र सिमित हुँदैन। नयाँ लुगा, नयाँ सामान, वा नयाँ घरले हाम्रो जीवनको सार बदल्न सक्दैन, जबसम्म हाम्रो सोच र दृष्टिकोण उही पुरानै रहन्छ। परिवर्तनको मूल स्रोत हो—हाम्रो चेतना । त्यसैले, साँचो नयाँपन भन्नाले आत्मा, विचार र आचरणको शुद्धिकरण बुझिन्छ ।

हामीले विगत वर्षलाई एक शिक्षाको रूपमा लिनुपर्छ । त्यसमा भएका सफलताहरूलाई आत्मबल बनाउँदै, असफलताबाट पाठ सिक्दै अघि बढ्नुपर्छ। विगतका गल्तीहरूलाई आत्ममूल्यांकनको सामग्री बनाउँदै, नयाँ वर्षमा आत्मपरिष्कारको बाटो रोज्नु नै साँचो परिवर्तन हो । समाजमा व्याप्त विकृति, भ्रष्टाचार, असहिष्णुता र नैतिक पतनको युगमा हामीले नवीन सोच र विवेकपूर्ण दृष्टिकोण अँगाल्न जरुरी छ । नववर्षले हामी सबैमा इमानदारी, सहिष्णुता, करुणा र परोपकारको भावना जागृत गराओस्। जब व्यक्तिको सोच परिवर्तन हुन्छ, तब परिवार रूपान्तरण हुन्छ; परिवारबाट समाज, र समाजबाट राष्ट्र । यही हो—सकारात्मक श्रृंखलाको शक्ति । विद्यार्थीहरूमा नववर्षले ज्ञानप्रतिको उत्सुकता र सिर्जनशीलताको विकास गराओस्। उनीहरूले पढाइलाई केवल अंक प्राप्तिको साधन नभइ जीवन सुधारको माध्यम ठानून्। शिक्षकहरूमा नयाँ ऊर्जा जागोस्, जसले शिक्षणलाई केवल पाठ्यपुस्तकसम्म सीमित नराखी, व्यवहारिक जीवनसँग जोड्न सकोस् । अभिभावकहरूले सन्तानप्रति माया, मार्गदर्शन र समझदारीको गहिरो सम्बन्ध बनाउन् ।
युवाहरूमा उद्यमशीलता, नवप्रवर्तन र साहसको भावना पलाओस्। बेरोजगारीले होस या अवसरको अभावले—युवाले कहिल्यै हार नमानी आफ्नै श्रम र प्रतिभाबाट नयाँ बाटो बनाउनु पर्छ । प्रविधिको सहायताले सिर्जनशील कामहरू मार्फत समाजलाई योगदान दिन सकिन्छ। यही हो नववर्षको सन्देश—‘खोज नयाँ, सोच नयाँ, दृष्टिकोण नयाँ ।’ परिवारभित्र पनि नयाँपन जरुरी छ। आजको द्रुत गतिमा बाँचिरहेको समाजमा भावनात्मक दूरी बढ्दै गएको छ। नववर्षले घरघरमा आत्मीयता, समझदारी र स्नेह बढाओस्। वृद्ध बुबाआमा, खेल्ने उमेरका बालबालिका, र संघर्षरत युवाहरू सबैबीच सुमधुर सम्बन्ध स्थापनाको यो उपयुक्त समय हो। परिवार नै समाजको पहिलो पाठशाला हो। जब परिवार सशक्त हुन्छ, तब राष्ट्र बलियो हुन्छ ।

हामीले नववर्षमा आफ्नो संस्कार र सांस्कृतिक मूल्यहरूको जगेर्ना गर्नुपर्ने हुन्छ। आधुनिकतासँगै मौलिकता नबिर्सौं। हाम्रो भाषा, पोशाक, परम्परा र चालचलन हाम्रो पहिचान हुन् । नववर्षमा आधुनिक सोचसँगै परम्पराको सम्मान पनि उत्तिकै महत्त्वपूर्ण छ । परम्परागत जरा नभई आधुनिकताको शाखा धेरै समय उभिन सक्दैन । प्रकृतिप्रतिको प्रेम पनि नववर्षको संकल्प बन्नुपर्छ । वायुप्रदूषण, प्लास्टिकको प्रयोग, वन विनाश जस्ता समस्याले पृथ्वीको अस्तित्व नै संकटमा पारेको छ। यसवर्ष हामीले वातावरणमैत्री बानीहरू अँगालौँ। झोला साथमा राखौँ, रूख लगाऔँ, पानी बचाऔँ। पृथ्वीलाई बचाउनु भनेको भविष्यलाई सुरक्षित गर्नु हो । मनोभावनामा पनि नवीनता ल्याउनु आवश्यक छ । रिस, इष्र्या, घृणा, वैमनस्यता—यी सबैलाई बिसाएर, क्षमा, प्रेम र मित्रताको भावनालाई अँगालौँ। जब हामी अरूलाई माफ गर्न सिक्छौं, तब आफैं हलुका र शान्त हुन्छौं। यही हो साँचो आत्मपरिवर्तन । नववर्षलाई केवल भोजभतेर र मनोरञ्जनमा सीमित नराखौँ। यो समय हो—आत्ममूल्यांकन, आत्मपरिष्कार र आत्मविकासको। हामी सबैले आत्मसाक्षात्कार गर्न जरुरी छ—म के हुँ ? के बन्न चाहन्छु ? कसरी समाजका लागि उपयोगी बन्न सक्छु ? अन्ततः नववर्षको सन्देश यो हो—‘जीवनलाई उत्सव बनाऔँ, सोचलाई सकारात्मक बनाऔँ र समाजलाई उज्यालो दिशातर्फ डोर्याऔँ ।’ गरौँ यही गहिरो कामना— ‘नववर्षले सबैमा नयाँपन ल्याओस’ । हाम्रो जीवनमा आशा, विश्वास, स्वास्थ्य, सद्भाव र समृद्धिको उज्यालो फैलियोस् । हामी सबै साँचो अर्थमा नयाँ बनौँ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?