ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि

१ बैशाख २०८२, सोमबार
१ बैशाख २०८२, सोमबार

बुटवल, १ बैशाख ।
बुटवलमा सम्पन्न आठौ भुपुसैनिक कप नकआउट फुटबल प्रतियोगिताको उपाधि सिम्रिक युवा क्लबले चुमेको छ । भुपु सैनिक सालघारी समाजको संरक्षकत्व र भूपु सैनिक जबई स्पोर्टिङ्ग क्लबको आयोजनामा सोमबार भएको फाईनलमा आयोजक भुपुसैनिक स्पोर्टिङ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै सिम्रिकले उपाधि चुमेको हो । उपाधिसंगै सिम्रिक नगद २ लमख २२ हजार २२२ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो ।

उपविजेता भुपुसैनिक भने नगद १ लाख ११ हजार १११ रुपैया, कप, मेडल, प्रममणपत्रमा चित्त बुझायो । प्रतियोगितामा सिम्रिकका अरुण चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भए । सिम्रिककै सरिन जिसी उत्कृष्ट गोलकिपर, सिम्रिकका सुरज चौधरी सर्वाधिक गोलकर्ता, भुपुका मनोज श्रेष्ठ उत्कृष्ट रक्षक, भुपुका क्षितिजराज जेटि उत्कृष्ट मिडफिल्ड घोषित हुँदै नगद, कप र प्रमाणपत्र सहित पुरस्कृत भए ।

भुपुसैनिक जबई खेल मैदानमा भएको रोमान्चक फाईनल खेलको २० औ मिनेटमा पेनाल्टीमार्फत सुरज चौधरीले खाता खोले । भुपुको विशाल शाहीले सुरज चौधरीलाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीलाई चौधरीले नै गोलमा परिणत गरे । खेलको ५२ औ मिनेटमा सुरज चौधरीलाई लडाएपछि पाएको फ्रिकिकमा नीर बहादुर थापाले गोल गरे । खेलको ५५ औ मिनेटमा सुरज चौधरीलाई किपरले लडाएपछि पाएको पेनाल्टीलाई क्याप्टेन अर्जुन चौधरीले गोलमा परिणत गरे । अर्जुनको प्रहार भुपुका गोलकिपर निशान रानाको हातबाट फर्किएको बललाई उनले नै जाली चुमाए । आयोजकका सन्जय खत्रीले अन्तिम समयमा सान्त्वना गोल गरे ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले प्रतियोगिताको उद्घाटन गर्दै नगर खेलको हबका रुपमा विकास भएको बताईन । यहा दैनिकजसो खेल गतिविधि हुदा यस क्षेत्रमा पर्यटन र आर्थिक चलायमान गराउन सफल रहेको उनले बताईन ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघका केन्द्रीय उपाध्यक्ष दीर्घ बहादुर केसी, बुटवल नगरपालिका वडा नं १५ का वडाअध्यक्ष तथा नगर प्रवक्ता शिव राना, नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पिया, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, लुम्बिनी प्रदेश भलिबल संघका अध्यक्ष योग गुरुङ, क्लबका अध्यक्ष गोपिराम पुनले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेश भलिबल संघका अध्यक्ष योग गुरुङले खेल पुर्वाधार विकासमा भएको ढिलाई बारे प्रकाश पार्दै १५ करोड रुपैया रकम फ्रिज भएको उनले दुखेसो गरे ।
बन कानुनको कठिनाईको कारण मैदानको स्तरवृद्घिको काम रोकिएको उनले दाबी गर्दै अब भने यो समस्या समाधान भएको बताए । ‘छिट्टै मैदान निर्माणको काम शुरु हुन्छ ।’– उनले बताए ।

कार्यक्रममा भुपुसैनिक सालघारी समाजका अध्यक्ष डिल बहादुर थापाले समुदायबाट खेल विकासमा अग्रसरताबारे प्रकाश पारे । भुपुहरुको अगुवाईमा स्थानियहरु खेलाडी उत्पादन गरेको स्मरण गर्दै पछिल्लो समय यो रोकिएको उनले बताए ।

कार्यक्रममा वडा नं १३ का जनप्रतिनिधि लाल बहादुर गुरुङले फुटबल विकासको रुपमा खेलाईने यस्ता खेलकुद प्रतियोगितालाई सबैको सहयोग जरुरी रहेको बताए । ईतिहास बोकेको प्रतियोगितालाई स्थानिय सरकारबाट ३ लाख रुपैया बजेट बिनियोजन गरिएको उनले बताए ।

कार्यक्रममा क्लबका अध्यक्ष गोपिराम पुनले संस्थाको स्वर्ण वर्ष यात्रा, खेल विकासबारे प्रकाश पार्दै खेल क्षेत्रमा योगदान गरेका पूर्व प्रशिक्षक, खेलाडीहरुको सम्मानलाई निरन्तरता दिने बताए ।

यसैबिच रमाईलो भाले समाउने दौडमा मनोहर श्रेष्ठले विजयी भए । श्रेष्ठले लोकल कुखुरा समाउन सफल भए । भने नया वर्षको अवसरमा सास्कृतिक कार्यक्रम समेत भएको छ । प्रतियोगितामा नवलपरासीका दुई र रुपन्देही ६ गरि आठ टिमले भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?