© २०२३
काठमाडौँ ।
वर्ष २०८१ को अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर बजारमा गिरावट आएको छ। आइतबार नेप्से परिसूचक ८.८४ अंकले घटेर २ हजार ६६१ दशमलब ८६ बिन्दुमा बन्द भएको हो।
बजार खुल्ने साथमा परिसूचकमा हल्का उतारचढाव देखिए पनि अन्तिममा यो घटेर नकारात्मक दिशा तर्फ गयो। नेप्से अनुसार, यस दिन ६ अर्ब २८ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। जसमा १ करोड ३१ लाख ८९ हजार कित्ता सेयर किनबेच भएको जानकारी दिइएको छ।
यस दिन होटल्स एण्ड टुरिजम, इन्भेस्टमेन्ट, म्युचुअल फन्ड र ननलाइफ इन्स्योरेन्स उपसूचकमा मात्र वृद्धि भएको छ। त्यसबाहेक अन्य सबै उपसूचकमा गिरावट देखिएको छ। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने, विन नेपाल लघुवित्तको सेयरमा नेगेटिभ सर्किट लाग्न पुगेको छ।