ट्रेंडिंग:

>> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारको भाउमा सुनचाँदीको मुल्य स्थिर >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने  >> आज अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको अवस्था कस्तो छ ? >> रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज, देखिन्छ नकारात्मक असर >> बुटवलको बुद्धनगरमा गोली चल्यो >> तातोमा ‘लोहार दाई’ >> सातवटै वडामा उज्यालो समाजका लागि सार्वजनिक प्रतिबद्धता >> पर्यावरण मैत्री लघुकथा वाचनको एक दिन…… >> श्रीनगर घुमघाम र बिचरणको रोमाञ्चकता >> अराजकता नरोकिए शिक्षा प्रणाली ध्वस्तः मन्त्री तिमल्सिना >> रातीमा मणिमुकुन्द भलिबल >> ‘पैसा चुहिने’ भन्सारमा संसदीय समितिको निरीक्षण >> मध्यरातिसम्म प्रधानमन्त्री र सभामुखसँग शिक्षक महासंघको छलफल >> पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै >> लुम्बिनी कप महिला फुटबलमा आर्मीको विजयी सुरुवात >> रुपन्देहीमा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप सुरु >> नगरभित्र ट्राफिक व्यवस्थापनमा लचकता अपनाउन ट्राफिक प्रहरीलाई आग्रह >> दाङमा बस दुर्घटना: दुईजनाको मृत्यु >> मणिमुकुन्द भलिवल कप इन्डो नेपाल प्रतियोगिताको तयारी पूरा, उदघाटन खेलमा आयोजक र भारतीय टिम भिड्दै >> देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री >> देवदह र आयोजक वेष्ट्रन विजयी >> गभर्नरमा गुणाकरलाई रोक्न सर्वोच्चमा रिट, आइतबार पेसी >> लुम्बिनीको मासिना बाबा नरेन्द्रपूरी माध्यमिक विद्यालयमा नक्कलको भिडियो लिक >> १०२ ग्राम ब्राउन सुगर सहित दुई युवा पक्राउ >> टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु >> अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनबाट आणविक शक्ति

तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै

नेपाल सहित भारत, भुटानका करिब २५० खेलाडीहरुले विभिन्न तौल समुहमा प्रतिस्पर्धा गर्ने
२९ चैत्र २०८१, शुक्रबार
२९ चैत्र २०८१, शुक्रबार

बुटवल, २९ चैत ।
रुपन्देहीमा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप २०२५ हुने भएको छ । तिलोत्तमा नगरपालिकाको सहयोग र जापान गोजु रियो कराते डो मिसन संघ, नेपालको आयोजनामा वैशाख ५ र ६ गते दुई दिनसम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको शुक्रबार पत्रकार सम्मेलन गरि संघका संस्थापक अध्यक्ष केबी राना (काजी)ले बताए । चार उमेर समुहमा विभिन्न तौलमा रहेर कुमुते र काता गरि महिला/पुरुष प्रतियोगितामा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने उनले बताए ।

प्रतियोगितामा यु–९ ब्यायज र गल्स (कुमुते र काता) समुहमा २०, २५ र २९ केजी तौल, यु–१४ तर्फ ब्यायज र गल्स (कुमुते र काता) ३०, ३५, ४०, ४५, ५० केजी तौल, यु–(१५–१७) उमेर समुहमा ब्यायज र गल्स (कुमुते र काता) ४०, ४५, ५०, ५५, ६० केजी गरि पाच तौल समूह, सिनियर १८ वर्षमाथि ब्यायजमा (कुमुते र काता) ५०, ५५, ६०, ६७, ७५, ८४ केजी तौल तथा गल्समा ४५, ५०, ५५, ६१, ६८, ६८ प्लस तौल समुहमा खेल हुने उनले बताए । प्रतियोगिताको विजेताहरुलाई ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । २०० पदकका लागि प्रतिस्पर्धा हुने उनले बताए । प्रतियोगितामा नेपाल सहित भारत, भुटानका करिब २५० जना खेलाडीहरु प्रतिस्पर्धा गर्ने उनले बताए ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष केबी राना (काजी) ले खेल अनुसासन सबैभन्दा महत्वपूर्ण हुने भन्दै देशको राजनितिक अवस्थाका कारण खेल विकास हुन नसकेको दुखेसो गरे । न्युनतम १४ वर्ष उमेर पुगेकोलाई तालिम लिएपछि परिपक्क भएर ब्ल्याक बेल्ट दिनु उपयुक्त हुने उनले बताए ।

कार्यक्रममा जापान गोजु रियो कराते डो मिसन संघ, नेपालका सल्लाहकार भरत बहादुर केसीले दक्षिण एशियाको ध्यान नै प्रतियोगिताका कारण लुम्बिनीको चर्चा चलिरहेको बताए । २२ वटा करातेहरुमध्ये जापान गोजु रियो कराते अन्तराष्ट्रिय मंचमा चिनिएको विधा भएको उनले दाबी गरे । यो कराते अब्बल, उत्कृष्ट ब्यवस्थापन रहेको उनले दाबी गरे । खेलाडिहरुलाई स्वागत र ब्यवस्थापनमा आफू लागिरहेको उनले बताए ।

कार्यक्रममा नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारीले देशलाई अन्तराष्ट्रिय मंचमा चिनाउने खेलहरुमध्ये मार्शल आर्ट विधा महत्वपुर्ण भएको बताए । युवाहरुलाई अनुसासित गराउने र खेल भावना विकास गर्न मदत गर्ने उनले बताए ।
कार्यक्रममा वरिष्ठ पत्रकार शेर बहादुर केसी, संघका जिल्ला सदस्य रामु बस्नेतले दुई दशक बढी कराते खेलमा यो विधाबाट दक्ष खेलाडीहरु उत्पादन भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?