ट्रेंडिंग:

>> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने  >> आज अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको अवस्था कस्तो छ ? >> रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज, देखिन्छ नकारात्मक असर >> बुटवलको बुद्धनगरमा गोली चल्यो >> तातोमा ‘लोहार दाई’ >> सातवटै वडामा उज्यालो समाजका लागि सार्वजनिक प्रतिबद्धता >> पर्यावरण मैत्री लघुकथा वाचनको एक दिन…… >> श्रीनगर घुमघाम र बिचरणको रोमाञ्चकता >> अराजकता नरोकिए शिक्षा प्रणाली ध्वस्तः मन्त्री तिमल्सिना >> रातीमा मणिमुकुन्द भलिबल >> ‘पैसा चुहिने’ भन्सारमा संसदीय समितिको निरीक्षण >> मध्यरातिसम्म प्रधानमन्त्री र सभामुखसँग शिक्षक महासंघको छलफल >> पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै >> लुम्बिनी कप महिला फुटबलमा आर्मीको विजयी सुरुवात >> रुपन्देहीमा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप सुरु >> नगरभित्र ट्राफिक व्यवस्थापनमा लचकता अपनाउन ट्राफिक प्रहरीलाई आग्रह >> दाङमा बस दुर्घटना: दुईजनाको मृत्यु >> मणिमुकुन्द भलिवल कप इन्डो नेपाल प्रतियोगिताको तयारी पूरा, उदघाटन खेलमा आयोजक र भारतीय टिम भिड्दै >> देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री >> देवदह र आयोजक वेष्ट्रन विजयी >> गभर्नरमा गुणाकरलाई रोक्न सर्वोच्चमा रिट, आइतबार पेसी >> लुम्बिनीको मासिना बाबा नरेन्द्रपूरी माध्यमिक विद्यालयमा नक्कलको भिडियो लिक >> १०२ ग्राम ब्राउन सुगर सहित दुई युवा पक्राउ >> टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु >> अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनबाट आणविक शक्ति >> सेयर बजार १.९४ प्रतिशतले बढ्यो >> कक्षा १२ को परीक्षा सारिएको छैन, भ्रममा नपर्न बोर्डको अनुरोध >> प्रचण्ड पुगे गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोट क्षेत्र >> यमनको बन्दरगाहमा अमेरिकाको भिषण हवाई हमला, ३८ सर्वसाधारणको मृत्यु

लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता

२९ चैत्र २०८१, शुक्रबार
२९ चैत्र २०८१, शुक्रबार

भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो । यो स्थल नेपालकै प्रमुख धार्मिक, ऐतिहासिक स्थल र महत्वपूर्ण पर्यटकीय स्थल समेत हो । कोलिय र कपिल राज्यको विचमा रहेको उपवनलाई बुद्धले बौद्धमार्गीले जीवनमा एकपटक पुग्नैपर्ने वनको रूपमा उल्लेख गर्नुभएको छ । बुद्धको महापरिनिर्वाणपछि लुम्बिनीमा बुद्धका अनुयायीहरू आउन शुरु गरेका थिए । उत्तरी भारतमा बौद्धमार्गीहरू कमजोर हुँदै जाँदा लुम्बिनी लगायत अन्य बौद्धस्थलहरू भग्नावशेषमा परिणत भए र मानिसको स्मृतिबाट समेत हराउदै गए । उन्नाइशौ शताब्दीमा भारतमा बौद्ध स्थलहहरूको खोजी गर्ने क्रममा पाल्पाका तत्कालिन जनरल खडग समशेरले अशोक स्तम्भ उत्खनन गराएका थिए र फुहररले सन् १८९६ डिसेम्बर १ मा गौतमबुद्धको जन्मस्थल लुम्बिनी त्यहि स्थानमा भएको थियो भन्ने पहिचान गरेका थिए । लुम्बिनीको पहिचान हुनुअघि स्थानियहरूले गौतम बुद्धको जन्मस्थललाई वनदेवी, रुम्मिनदेवी, रुम्मिन्देइको रूपमा संरक्षण र पुजा गर्दै आएका थिए र पहिचान भएपछी यस स्थलको संरक्षण र विकासमा स्थानीय समुदायको प्रत्यक्ष संलग्नता रहदै आएको देखिन्छ ।

पुरातात्विक स्थलको उत्खनन, लुम्बिनी गुरुयोजनाका काममा सहभागिता, लुम्बिनीमा पर्यटन उद्योगको संचालन, पर्यटन प्रवद्र्धन जस्ता कामहरूमा स्थानीयहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका छन् । यसले लुम्बिनीलाई विश्वकै प्रमुख बौद्ध तिर्थस्थल र उत्कृष्ट पर्यटकीय स्थान बनाउन सहयोग पुगेको छ । कोलिय र कपिल राज्यको सिमानामा सुन्दर उपवन बनाईएको कुरा सम्पूर्ण ऐतिहासिक तथ्यहरूले प्रकाश पार्दछन् । बुद्धत्व प्राप्त भएपछी बुद्ध देवदह जाँदा लुम्बिनीमा रात बिताएको भन्ने पाईएकोले यसको वरिपरी मानव वस्ती भएको संकेत गर्दछ । गौतमबुद्धको महापरिनिर्वाण (ईपू ४८३) भन्दा डेढ–दुई वर्षअघि कोशल नरेश विडूडभले शाक्यहरूविरुद्ध बारम्बार आक्रमण गरिरहेकोले शाक्यहरू ज्यान जोगाउनको लागि विभिन्न स्थानमा गएपछि यो क्षेत्र विस्तारै भग्नावशेषमा परिणत हुन पुग्यो । मौर्यसम्राट् अशोक ईपू २४९ तिर लुम्बिनी आउँदा त्यहाँ गाउँ रहेको संकेत पाईएको छ । त्यसपछिको ईतिहासमा भनें लुम्बिनीमा वासिन्दाहरूको अवस्थाको बारेमा चिनियाँ यात्री तथा अन्य प्राचीन व्यक्तिहरूले पनि लुम्बिनी र त्यहाँका शासकबारे लेखेका छैनन् । बरु त्यहाँका प्राचीन स्मारकहरू भग्न र सुनसान अवस्थामा रहेको वर्णन उनीहरूले गरेका छन् ।

उन्नाइशौ शताब्दीको अन्त्यसम्म पनि लुम्बिनी कहाँ पर्छ भन्ने बारेमा कसैलाई जानकारी थिएन । हालको लुम्बिनी नजिकैका गाउँका वासिन्दाहरूले नजिक रहेको ढिस्कोमा प्राचिन मायादेविको मुर्तिलाई रुम्मिनदेहि नाममा पुजा गरिरहेका थिए । स्थानीय मानिसहरूले रुम्मिनदेहिको जंगलमा स्तम्भ देखेपछि पाल्पामा रहेका कमान्डर इन चिफ खडग शमशेरलाई खबर गरेका थिए । खडग समशेरले स्थानीय वासिन्दाको सहयोगमा स्तम्भ वरिवरिको माटो हटाएपछि आएका फुहररले त्यो स्तम्भमा ब्राम्ही लिपिमा लेखिएको कुराको अर्थ लगाएपछि यस स्थान नै लुम्बिनी भएको रहस्य उजागर भएको थियो । यी विवरणहरूको आधारमा हेर्दा लुम्बिनीको बारेमा जानकारी नभएपनि स्थानीय वासिन्दाहरूले त्यस स्थानलाई महत्व दिएर आफ्नो आस्था अनुसार लुम्बिनीको संरक्षणमा सघाईरहेको देखिन्छ । स्थानीय वासिन्दाहरूको सुचना र उत्खननमा सहयोगले गर्दा नै अशोक स्तम्भको खोजि र उत्खनन सम्भव भएको हो ।

सन् १८९६ मा लुम्बिनीको पहिचान भएपछि राज्यस्तरबाट लुम्बिनीको संरक्षण र विकासको लागि खासै पहल भएको देखिदैन । लुम्बिनी पहिचान भएपछि लुम्बिनीमा विभिन्न स्थानबाट भक्तजन आउन थालेका थिए । ति भक्तजनकलाई बस्ने र खाने बस्ने ब्यवस्था खुनगाईका चौधरी र स्थानीय वासिन्दाहरूले गर्दथे । लुम्बिनी पहिचान भएपछी सरकारी स्तरबाट धर्मशाला निर्माण गरिएको भएपनि लुम्बिनी दर्शन गर्न आउने दर्शनार्थीलाई खानपिन र बसाईको व्यवस्था स्थानीय वासिन्दाहरूले नै गर्दै आएका थिए । सन् १९५० को दशकसम्म लुम्बिनी क्षेत्रको वन मासिएर स्थानियहरूले वस्ती निर्माण गरिसकेका थिए । तरपनि अशोक स्तम्भ रहेको स्थानमा मायादेवी मन्दिर, पुस्करिणी पोखरी लगायतका संरचनाहरूको संरक्षण भने स्थानीय जमिन्दारको अगुवाईमा स्थानीय वासिन्दाहरूले गरेका थिए ।संयुक्त राष्ट्रसंघका तेश्रो महासचिव ऊ थान्तले सन् १९६७ मा लुम्बिनी भ्रमण गरेपछि उनको पहलमा लुम्बिनीको विकासको लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउनको लागि संयुक्त राष्ट्र संघमा लुम्बिनी अन्तराष्ट्रिय विकास समिति गठन भयो । यो समितिले लुम्बिनीको विस्तृत गुरुयोजना तयार गर्नका लागि जापानका प्रसिद्ध वास्तुविद प्रो. केंजो टाङ्गेलाई सल्लाहकार नियुक्त ग¥यो । उनले सन् १९७२ देखि १९७८ सम्मको अवधि लगाएर लुम्बिनीलाई तिन वर्ग मीलको तिन खण्डमा विभाजन गरेर विकास गर्ने गुरुयोजना तयार गरे ।

यो गुरुयोजनाको खाका आउनु अघि नै नेपाल सरकारले लुम्बिनी विकास परियोजना घोषणा गरेर यो परियोजना लागु हुने स्थानमा रहेका ७ वटा गाउँ वस्तीको जग्गा अधिग्रहण गर्ने प्रक्रिया शुरु गरेको थियो । २०३१ सालमा नेपालमा लुम्बिनी विकास समिति बन्यो । उक्त समितिले प्रो. टांगेको गुरुयोजना कार्यान्वयन गर्न ७७७ हेक्टर (११४७.२६४ बिघा) जग्गा अधिग्रहण गरेर ६ लाख बिरुवा पनि रोप्यो । लुम्बिनी गुरुयोजनाको लागि स्थानीयका २९७ घरधुरी र ६६२६ कित्ता जग्गा अधिग्रहण गरिएको थियो। जग्गा अधिग्रहण गर्दा निकै कम मुआब्जा दिएकोले स्थानीय वासिन्दाहरू असन्तुष्ट भएपनि उनीहरूले सजिलैसंग आफ्नो घरजग्गा खाली गरेर लुम्बिनीको विकासको लागि सघाएका थिए । स्थानियहरूको यो योगदान लुम्बिनीको विकासको लागि महत्वपूर्ण रहेको छ । लुम्बिनीलाई स्थानीय वासिन्दाहरूले समयमाईको रूपमा पुज्दै आएको पाइन्छ । समयमाईलाई रुमिनदेवी भन्ने गरिन्थ्यो । केहि वर्ष अघिसम्म हालको मायादेवी मन्दिर परिसरमै स्थानीय हिन्दुहरूले समयमाईको पुजा गर्ने गर्दथे । यहाँ चैत्र पुर्णिमामा ठुलो मेला लाग्ने गरेको थियो ।

अहिले लुम्बिनी विकास कोषले मायादेवी मन्दिर परिसरमा समयमाई पुजा गर्न र मेला लगाउन रोक लगाएपछि त्यहाँभन्दा बाहिरको बगैचामा चैत्र पुर्णिमामा मेला लाग्छ । लुम्बिनीका स्थानीय बासिन्दाहरूले लुम्बिनीमा आएर कपाल मुन्डन गर्ने , कपाल चढाइसकेपछि यिनीहरू कराईमा पकवान पकाई मन्दिरमा चढाउने र आफूहरू पनि खाएर जाने परम्परा पाइन्छ । लुम्बिनी विकासको गुरुयोजना शुरु गर्दा केहि स्थानियहरू आफ्नो थातथलोबाट विस्थापित भएपनि अहिले लुम्बिनीवासिले लुम्बिनीबाट धेरै लाभ हासिल गरिरहेका छन् । गुरुयोजना कार्यान्वयनमा आएपछि स्थानियलाई फाईदाहरू भएका छन् । लुम्बिनी विकास कोष स्थापना भएपछी कोषमा स्थानीय वासिन्दाले रोजगारी पाएका छन् । कोषका अनुसार कोषमा कार्यरत कूल कर्मचारीहरू मध्ये ७० प्रतिशत भन्दा बढी स्थानीय समुदायबाटै रहेका छन् । लुम्बिनी वरिपरी सडक, खानेपानी, संचार, स्वास्थ्य सस्था, विद्यालय, कलेज निर्माण भएका छन्, जसबाट स्थानीयले प्रत्यक्ष लाभ लिने अवसर पाएका छन् । लुम्बिनी विकास कोष र गुरुयोजनाका काममा मात्र नभएर लुम्बिनीमा खुलेका बैंक तथा वित्तीय सस्था, सामाजिक सस्था, होटेल तथा पर्यटन जस्ता काममा स्थानीय समुदायले रोजगारी पाएको छ । पूजा सामग्री र उपहार सामग्री बिक्रि, कृषि उत्पादन विक्री, घुम्ती ब्यापार जस्ता कामबाट स्थानीयले स्वरोजगारीका अवसर प्राप्त गरिरहेका छन् । लुम्बिनी बौद्ध विस्वविद्यालयको स्थापना यस क्षेत्रका बासिन्दाहरूको लागि ठुलो उपलब्धि हो । यस ठाउँमा केन्द्रिय विस्वविद्यालय स्थापनाबाट यस क्षेत्रका विद्यार्थीहरूले विस्वस्तरिय शिक्षा हासिल गर्ने ,विस्व्विद्यालयले आयोजना गर्ने विभिन्न कार्यक्रममा प्रत्यक्ष सहभागी भएर स्थानीय वासिन्दाहरूले सिक्ने अवसर पाएका छन् ।

लुम्बिनी गुरुयोजना शुरु भएको लामो समयसम्म पनि स्थानीयहरू लुम्बिनी पर्यटनबाट कसरि लाभ लिन सकिन्छ भन्ने कुरामा अलमल भएपनि पछिल्ला २ दशकमा भने उनीहरू पर्यटनका विभिन्न गतिविधिमा संलग्न रहेका छन् । लुम्बिनीको पर्यटन प्रवद्र्धन गर्नको लागि स्थानिहरूले बेलाबेलामा मेला महोत्सव गर्दै आएका छन् । सडक खाना महोत्सव, सडक नाटक, प्रदर्शनी, सांगीतिक कार्यक्रम, सरसफाई, झाँकी प्रदर्शन, चेतनामुलक रैली, साईकल यात्रा, धम्मयात्रा जस्ता कामहरू स्थानीय सहभागितामा हुदै आएका छन् । लुम्बिनी उद्यान भन्दा बाहिरको ग्रामिण क्षेत्रमा पर्यटकहरू घुमाउन लैजाने, चरा अवलोकन गराउने, स्थानीय सिप प्रयोग गरेर सामाग्रीहरू उत्पादन गरेर पर्यटकलाई बिक्रि गर्ने जस्ता कामहरू स्थानिय समुदायले गरिरहेको छ । लुम्बिनीका स्थानीय समुदायले मनाउने चैत्र पुर्णिमा र बुद्ध जयन्तीले लुम्बिनीको प्रवद्र्धनमा मद्दत पुगेको छ ।
निष्कर्षः
गौतमबुद्धको जन्मस्थल लुम्बिनी अहिले विश्वभरिका बौद्धमार्गी र शान्तिप्रिय मानिसको लागि प्रमुख आस्थाको केन्द्र बनिरहेको छ । बौद्धकालदेखि अहिलेसम्म आइपुग्दा लुम्बिनीमा धेरै परिवर्तन भएका छन् र ति सबै परिवर्तन र विकासमा स्थानीय समुदायको संलग्नता रहेको छ । अशोक स्तम्भको खोजी र लुम्बिनीको पहिचानपछि त्यो क्षेत्रको संरक्षणमा स्थानीय वासिन्दाहरूले नै मुख्य भूमिका खेलेका थिए । लुम्बिनीलाई आध्यात्मिक र पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नको लागि लुम्बिनी विकासको गुरुयोजना सरकारले ल्याउदा त्यसको लागि त्यहाँका वासिन्दाहरूले नै आफ्नो पुख्र्यौली जग्गा जमीन दिएर सहयोग गरेका थिए । लुम्बिनीमा गुरुयोजना सम्पन्न हुदैगर्दा स्थानीय नागरिकले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी प्राप्त गरेका छन् । लुम्बिनीमा विकासका कामहरू हुँदै जाँदा यस क्षेत्रमा शिक्षा, संचार, यातायात, स्वास्थ्य सेवामा वृद्धि भएको छ । स्थानीयहरू उत्पादन र सेवामुलक कार्य मार्फत लुम्बिनी पर्यटनसँग जोडिएका छन् । लुम्बिनी पर्यटनमा स्थानीय सहभागिता वृद्धि हुँदै गएको छ र उनीहरू लुम्बिनीको पर्यटन प्रवद्र्धनका काममा समेत जुटिरहेका छन् ।

लुम्बिनी विकासमा स्थानीय समुदायको सहभागिता र लाभमा सहभागिता बढिरहेको भएपनि लुम्बिनी विकास कोष तथा सरकारसंग लुम्बिनीबासिका असन्तुष्टिहरू कायम रहेका छन् । जग्गाको मुआब्जा, रोजगारी, संस्कृति र परम्पराको निरन्तरता जस्ता मागहरू राखेर स्थानीय समुदाय बेलाबेलामा आन्दोलित समेत भैरहेका छन् । लुम्बिनीको सेरोफेरोमा लुम्बिनी विकासका प्रत्यक्ष लाभहरु पुगेको भएपनि लुम्बिनीदेखि केहि दुरीमा रहेका समुदायले लुम्बिनीको अपनत्व लिन सकेको देखिदैन । लुम्बिनी वरिपरिका समुदायहरुको गुनासो समयमै सम्बोधन गर्ने, उक्त क्षेत्रमा बौद्ध शिक्षा र आध्यात्म्कताको प्रवद्र्धन गर्ने र थप पर्यटकीय अवसरहरु प्रदान गर्न सकेमा लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता अझ बढ्नेछ र यसले लुम्बिनीको आध्यामिक र पर्यटन प्रवद्र्धनमा दिगो लाभ हासिल हुनेछ ।
(लुम्बिनी बौद्ध विश्वविद्यालयमा आयोजीत पिएचडी स्कलर्स सेमिनारमा लेखकद्वारा प्रस्तुत सेमिनार पत्रको सारसंक्षेप ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission