© २०२३
बुटवल, ६ पुस। रुपन्देहीमा जारी दोस्रो मण्डे फुटसल कप राष्ट्रिय फुटसल प्रतियोगिताको उपाधि हिमालयन एफसी, काठमाडौंले चुमेको छ । मण्डे एफसी, बुटवलको आयोजनामा शनिबार सम्पन्न स्व. मान बहादुर विश्वकर्मा स्मृति दोस्रो मण्डे फुटसल कप राष्ट्रिय फुटसल प्रतियोगिताको फाईनलमा अभिषेक चर्च रजहरलाई ४—२ गोलले पराजित गर्दैै हिमालयनले उपाधि हात पारेको हो । उपाधिसंगै हिमालयनले नगद १, ११, १११ रुपैयासहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो ।
उपविजेता अभिषेक चर्च नगद ५०, १११ रूपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा उत्कृष्ट खेलाडी अभिषेक चर्जका सुभराज महत भए । हिमालयन एफसी, काठमाडौका दिपेस श्रेष्ठ उत्कृष्ट गोलरक्षक, देबदह ब्याइजका सुरज चौधरी सर्वाधिक गोलकर्ता घोषित भए । उत्कृष्ट तीनै जना खेलाडीहरुले जनही ५/५ हजार रुपैया र ट्रफीबाट पुरस्कृत भए ।
एक समारोहका बिच सशस्त्र प्रहरी बल नेपाल भैरहवाका प्रहरी उपरिक्षक आनन्द थापा, क्लवका कार्यवाहक अध्यक्ष रवि विश्वकर्मा, खेल संयोजक सुरज थापाले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन ।
प्रतियोगितामा पुर्व राष्ट्रिय फुटसल खेलाडी विक्रम सेन ठकुरीलाई नगद २१ हजार १ सय २० रूपैयाँ सहयोग गरिएको क्लवका कोषाध्यक्ष हरि पोखरेलले बताए । योगिकुटीस्थित स्वर्णिम फुटसलमा आयोजना भएको प्रतियोगितामा काठमाण्डौ सहित रूपन्देही, नवलपरासी गरि २० टिमले भाग लिएका थिए । यसैगरि कार्यक्रममा आर्थिक अवस्था कमजोर भएका खेलाडी सहित विद्यार्थीहरूलाई ३० हजार रूपैयाँ बराबरको खेलकुद सामाग्री प्रदान समेत गरिएको थियो ।