ट्रेंडिंग:

>> पहिरो खस्दा महाकाली लोकमार्ग सडकखण्ड अवरुद्ध >> ११ सयले बढ्यो सुनको मूल्य >> शनिबारको भूकम्पबाट आठ घर पूर्ण रूपमा क्षति >> महिला उद्यमीका लागि श्रोतको खोजी >> रवि लामिछाने बिरुद्ध तीन वटा मुद्धा दर्ता >> रोल्पाको होलेरीमा एमबिबिएस चिकित्सकद्वारा स्वास्थ्य सेवा शुरु >> जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान >> अर्घाखाँचीको पाणिनी गाउँपालिकामा जेष्ठ नागरिकका लागि श्रवण शक्ति परीक्षण शिविर सञ्चालन >> निस्शुल्क आँखा जाँच शिविरको अनुगमन गर्दैे पालिका अध्यक्ष थापा र उपाध्यक्ष चौधरी >> कालिका विद्यालयका शैक्षिक उपलब्धिहरूले लुम्बिनी प्रदेशको गौरव बढायोः मुख्यमन्त्री आचार्य >> महिलालाई जति नै पुरुषलाई पनि सौन्दर्य आवश्यक हुन्छ । >> पुस १० गतेका लागि एमालेले बोलायो सचिवालय बैठक >> ब्राजिलमा ट्रक र बस ठोक्किदा २२ जनाको मृत्यु >> होटल पौवा र बुटवल कालिका क्याम्पसबीच सम्झौता >> शनिबार मेलामा भरिए दर्शक >> उखु किसानबाट प्रहरीले अबैध रकम असुलेकोमा विरोध >> पार्टीहरूको अधिवेशनमा देखिने नवौं आश्चर्य >> रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिने >> धान उत्पादन बृद्धि, छैन प्रोत्साहन नीति >> पाका उमेरका बरघर भन्छन् – ‘महिला र युवा आउनुस् हामी नेतृत्व हस्तान्तरण गर्न तयार छौं’ >> विद्यार्थी–शिक्षक प्रोत्साहनको कालिका शैली >> सुस्ताबासीको पीडाः नागरिकता नहुँदा विद्युत पनि पाएनन् >> सदन र सरकारमा समानताको संघर्ष >> देवदह प्रेस क्लवले दोस्रो मिडिया फेस्टिवल गर्दै >> सहज छैन अपाङ्गता भएका ब्यक्तिलाई सार्वजनिक सेवा लिन >> पश्चिम नेपालमा बदली, काठमाडौँसम्म असर, चिसो बढ्ने >> काठमाण्डौको हिमालयनलाई दोस्रो मण्डे फुटसलको उपाधि >> साईसालाई छमछमी सिजन–४ को उपाधि >> निर्माणकर्मीलाई अभिमुखिकरण >> कालीकोट महावै–३ का वडाअध्यक्षमाथि कुटपिट >> कालिका मानवज्ञान माविले बाढ्यो १ करोड ३० लाख को छात्रावृत्ती >> नेपाल प्रिमियर लिगको उपाधि जनकपुरलाई, फाइनलमा सुदूरपश्चिम ५ विकेटले पराजित >> एनपीएलको उपाधिका लागि जनकपुरले पायो १८५ रनको लक्ष्य >> पाँच हजार मिटर दौडको उपाधि पब्लिक माविका उमेशलाई >> चिसोमा विद्यार्थीलाई न्यानो स्वीटर >> चौथो युवा उद्यमी सम्मेलन रूपन्देहीमा >> पुस्तक पठन अनुभूतिः समयको स्पन्दनमा हराउँदा  >> पाँच महिनामा साढे एघार करोड राजस्व >> कफी एक्सप्रेसो पाँच वर्षदेखि अलपत्र >> पशु किसानसँग प्रदेश सरकारः ‘डोर टु डोर’ सेवाले पशुको बाँझोपन हट्दै >> चन्द्रौटामा ९औं महोत्सव हुने, स्थानीय उत्पादन तथा रोजगारीलाई प्राथमिकता >> नवलपरासीमा माइक्रो बस र ट्रक ठोक्किंदा २२ घाइते, ७ जनाको अवस्था गम्भीर >> एनपीएल उपाधिका लागि आज जनकपुर र सुदूरपश्चिम भिड्दै >> बाजुरामा बिहानै भूकम्पको धक्का >> शान्ति स्कुलको प्रयोगशालामा >> अन्तर माबि लोकदोहोरीमा ६ टिमको प्रस्तुति सम्पन्न >> समिक्षाको प्रस्तुतीमा तात्यो बुटवल >> जीबी राईसहित १९ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता >> पत्रकार महासंघको नवनिर्वाचित नेतृत्वलाई सम्मान >> तिनाउमा विस्फोट हुँदा एक युवकको मृत्यु

सुस्ताबासीको पीडाः नागरिकता नहुँदा विद्युत पनि पाएनन्

७ पुष २०८१, आईतवार
७ पुष २०८१, आईतवार

नवलपरासी, ७ पुस ।
जिल्लाको सुस्ता गाउँपालिकास्थित सुस्ता भुमिमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारणलाईनले विद्युत पुगे पनि सुस्ताबासी सो विद्युत बाल्न पाएका छैनन् । नागरिकता प्रमाणपत्र र जग्गाधनी पुर्जा नहुँदा सुस्ता भूमिमा विद्युत पुगे पनि सो बाल्न बाट बन्चित हुन परेको हो ।
नेपाल विद्युत प्राधिकरणले पहिला वार्डको सिफारिसको आधारमा विद्युत मिटर जडान गरिदिइने आश्वासन दिएका थिए । तर अहिले केन्द्रिय परिपत्रका कारण सिफारिसका आधारमाविद्युत जोड्न नसकिने जानकारी विद्युत वितरण केन्द्रले जनाउँदै मिटर दिन नमानेको स्थानिय रविन्द्र जैसवालले बताए । सरकारी निकायको दोहरो नीतिका कारण सुस्ताबासी सुस्तामा विद्युत पुगे पनि विजुल बाल्न पाउने अवस्था रहेन्,उनले भने,यसबारे स्थानीय जनप्रतिनिधिले पटक पटक कुरा उठाउँदै आएका छन् । समान्य धरौटीमा पनि विद्युत आपूर्ति गर्नका लागि विद्युत मिटर जोडिदिइनु पर्ने उनको भनाई थियो । सुस्ता भुमिलाई जोड्ने झोलुगेँपुल(सस्पेन्सन ब्रिज) निर्माण भई उत्घाटन समेत भइसकेको र सोही पुल मार्फत प्रसारणलाईनको विद्युत पु¥याइएको छ । विगतमा बर्षमा उज्ज्यालो सुस्ता कार्यक्रम बनाई सौय उर्जा प्लान्टको प्लान्ट जडान गरिएको थियो ।
बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र गाउपालिकासँग पहिला सहमति भएर काम भएको थियो । पछि सौर्य प्लान्टबाट विजुली बालि सकेपछि सुस्ता उज्यालो बनाइएको गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले बताएका थिए । सुस्ता उज्यालो मात्रै नभएर पावरफुल उपकरण मोटर लगायतका मेसिन चलाउन सकिएको थिएन् ।
त्यसका लागि बढि भोल्टेजको विद्युत आवश्यकता सुस्ताबासीले महसुस गर्दै आएका थिए । सौभाग्यले सुस्ता जोड्ने पुलको निर्माण भई राष्ट्रचन्द्र पौडेलद्धारा उदघाटन समेत भई सकेको छ । पुलसँगै प्रशारणलाईनका विद्युत समेत पुर्याइएको छ । अब सुस्ताबासीले प्रशारणलाईनका विद्युत मिटर जडान गरि विद्युत, विद्युतिय उपकरण,मोटर लगायत औद्योगिक आवश्यकताका विद्युत पाउने आशामा थिए । तर नागरिकता र जग्गाधनी पुर्जाको कारण देखाउदै विद्युत मिटर जडान नहुदा सुुस्ताबासीको आशा निरासामा बदलिएको छ ।

सुस्ता बस्तीमा विद्युत् आपूर्तिका लागि १०० केभिए क्षमताका दुई वटा वितरण ट्रान्सफर्मर राखिएका छन् । विद्युत् लाइन र ट्रान्सफर्मरको जडान र परीक्षण सम्पन्न गरिएको छ । सुस्ता बस्तीमा करिब ३ सय ५० घरधुरी छन । १ करोड ३३ लाख रूपैयाँ अनुमानित लागत रहेको सुस्ताबस्तीको विद्युतीकरण कार्य आर्थिक वर्ष २०७९/०८० मा सुरु गरिएको थियो । लाइन नारायणी पार गराउन नदीमा पोल गाड्न सम्भव नभए पछि झोलुङ्गे पुल निर्माण सम्पन्न नहुन्जेलसम्म पर्खनु परेको थियो । प्राधिकरणले चालू आर्थिक वर्षभित्रमा सबै नेपालीको घरमा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुयाउने नेपाल सरकारको घोषणालाई कार्यान्वयन गर्न सम्पूर्ण तयारी पूरा गरी काम गरिसकेको छ । हाल विद्युतीकरणको अवस्था ९९ प्रतिशत छ । प्राधिकरणले विद्युत् नपुगेका घर खोज्दै विकट बस्ती बस्तीको विद्युतीकरण गरिरहेको छ । विद्युत् पुगेका ठाउँमा भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रणाली सुधार तथा विस्तार र नपुगेका ठाउँमा विद्युत् पु¥याउने कार्यलाई उच्च प्राथमिकता राखी काम भइरहेको छ ।

नागरकता र जग्गाधनी पुर्जाका कारण विद्युत मात्र नभई सुस्ताबासीलाई विद्युत उद्योग व्यवसाय दर्ता नहुदा स्थानियलाई समस्या भएको छ । नारायणीपारीको सुस्ता गाँउका अधिकांश स्थानीयसँग नागरिकता र लालपूर्जा छैन् । लालपुर्जा नहँुदा व्यपार व्यवसाय दर्ता पनि हुन सकेको छैन् । कतिपय स्थानीयले उद्योग व्यवसाय बिना दर्ता संञ्चालन गरेपनी उत्पादित सामाग्री किनबेचमा समस्या भएको सुस्ताका स्थानीय तथा सुस्ता बचाउ अभियानका प्रवक्ता समेत रहेका जयसवालले बताए । उनका अनुसार सदरमुकाम परासीमा रहेको घरेलु तथा साना उद्योग कार्यालयमा व्यवसाय दर्ताका लागी सुस्ताबासी आउने गरे पनि कार्यालयले लालपुर्जा नभएको भन्दै फिर्ता पठाईदिने गरेको छ । नागरिकता नहुदा लालपुर्जा पनि सुस्ताबासी संग छैन् । सो समस्यालाई मध्यनजर गर्दे जिल्लाका प्रदेश सभा सदस्यहरूले प्रदेश सरकारको ध्यान आर्कषण गराएका थिए । सुस्ताको समस्या विशिष्ट खालको भएकाले स्थानीय तहको सिफारिसको आधारमा घरेलु कार्यालयमा व्यवसाय दर्ताको अनुमती दिन प्रदेश सरकारको ध्यानार्कषण गराएको जयसवालले जानकारी गराएका थिए । जिल्ला बाट प्रतिनिधित्व गर्ने चारै जना प्रदेश सभा सदस्यहरू तथा हालका बन तथा वातावरण मन्त्री समेत रहेका देवकरण कलवार सन्तु, प्रदेश साँसद विश्वप्रेम पाठक, खड्ग बस्नेत र वैजनाथ कलवारले लुम्बिनी प्रदेश सरकारका उद्योग तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेलाई ज्ञापन पत्र बुझाएका थिए ।

स्थानिय तहको सिफारिसको आधारमा व्यवसाय दर्ताको व्यवस्था प्रदेश मातहत रहेको घरेलु कार्यालयमा हुनुपर्नेमा माग सहितको ज्ञापन पत्र बुझाइएको थियो । भारतिय अतिक्रमणको चपेटमा पर्दे आएको सुस्ता भौतिक पुर्वाधारले सम्पन्न हुदै गए पनि नागरिकताको समस्या उस्तै छ । अधिकांश संग नागरिकता नहुदा मतदान देखि सरकारी सेवासुविधाबाट सुस्ताबासि बन्चित हुदैै आएका छन् । अहिले नारायणी नदिमा पारी सुस्ता गाँउ जोड्ने गरी नेपालकै लामो झोलुगें पुल निर्माण भएपछि आउजाउमा सहज भएको छ । उक्त पुलबाटै राष्ट्रिय प्रशारण लाईनको विद्युत सुस्तामा पुग्दै छ तर लालपुर्जा नहुदा विद्युत मिटर कसरी जडान गर्ने भन्नेमा सुस्ताबासी चिन्तीत बनेका छन् ।

सुस्ताबासीलाई लक्षित एशियाकै दोश्रो लामो झोलुगेँपुल निर्माण भएको छ,उनले भने, पछि सो पुल सुस्ता गाउपालिकाकै लागि पर्यटकिय पुर्वाधार बन्ने आधार तयार गरेको छ । नेपाल भरि नै चर्चित रहेको सुस्ता आफैमा एक पर्यटकिय गन्तब्य हो, उनले थपे, पुलसँगै नेपालको बोधगया भनेर चिनिने भगवान गौतम बुद्ध (सिद्धार्थ गौतम)ले महाभिनिष्क्रमण लिइएको (कपाल मुण्डन गरि सन्यास धारण गरेको) स्थान पुल नजिकै छ । यसले धार्मिक पर्यटकलाई पनि आकर्षित गर्दै आएको छ । तर पर्यटकलाई सेवा दिईने सुस्ताबासी आफै समस्याले ग्रसितछन् । सरकारी आश्वासन र नीति कानुन फरक फरक हुदा सदियौका समस्या जस्ताको तस्तै रहेको छ । सो क्षेत्रको सिमा विवाद सन १८१६ मा भएको सुगौली सन्धिकै बेला देखी रहदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?