Butwal Today

लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ

७ बैशाख २०८२, आइतबार
अ+
अ-

काठमाडौं, ७ बैशाख ।

नयाँ बानेश्वर केन्द्रित आन्दोलनको तयारीमा जान लागेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरू पक्राउ परेका छन् । नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोडन जान लागेको बेला उनीहरू सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा लिङदेनसहित बुद्दिमान तामाङ, ज्ञानेन्द्र शाहीलगायतका नेताहरू रहेका छन् । उनीहरूलाइ सिंहदरबारबाट गिरफ्तार गरी प्रहरी कार्यालयतर्फ लगिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?