ट्रेंडिंग:

>> अर्जुन ट्रफीः सिवाईसी अत्तरिया र डिसिए धनगढीको जित >> हराउदै एतिहासिक घरहरु >> २७ वर्षकी युवतीलाई पाँच मुद्दा >> घोषणामै सीमित हिल स्टेशनहरू >> नेपालको लगातार तेस्रो हार, नेदरल्यान्ड्ससँग १५ रनले पराजित >> बुटवलका दीलिपलाई युथ टिमको गोलकिपिङ प्रशिक्षकको जिम्मा >> १५ औ संस्करणको दुई दिने सामुहिक ईहि शुरु >> विश्व सिमसार दिवस: प्राकृतिक क्षेत्रको संरक्षणको आह्वान >> नेवारी संस्कृति नै नेपालको सभ्यता भएको दाबी >> स्वर्गद्वारी गुठीका मोही किसानले न्यायको लागि माइतीघरमा अनिश्चितकालीन धर्ना >> सेयर बजार  ७० अंकले बढ्यो, कारोबार रकममा वृद्धि >> ‘घुमौं लुम्बिनी, बसौं बुटवल’ >> चितवन राष्ट्रिय निकुञ्जले एक पोथी गैँडा स्थानान्तरण गर्यो >> नेपाललाई नेदरल्यान्ड्सविरुद्ध जितका लागि १४१ रनको लक्ष्य >> सम्बन्धको स्थापना दिवसमा गौ आहार हस्तान्तरण >> टाइगर कप भलिबल:पोखराले जित्यो ५औं संस्करणको महिला भलिबल उपाधि >> लुम्बिनी प्रदेशमा सोमवार सार्वजनिक बिदा >> न्यु होराईजनलाई फुटसलको उपाधि >>  आम जनता पार्टीका अध्यक्ष साहविरुद्ध अवहेलना मुद्दा दर्ता >> क्यानडाले अमेरिकी उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने निर्णय >> केन्द्रीय बैंकले आज फेरि ४० अर्ब तरलता खिच्दै >>  एक अर्बभन्दा बढीको अनलाइन जुवा खेलाएको आरोपमा २५ जना पक्राउ >> मेरिकी डलरको भाउमा सामान्य वृद्धि, अन्य मुद्राको अवस्था कस्तो छ? >> नेपालविरुद्ध टस जितेर नेदरल्यान्ड्सले पहिले ब्याटिङ रोज्यो >> गुल्मीमा ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु >> सुनको भाउ स्थिर रहँदा चाँदी घट्यो >> ग्रामीण सडकमा झुन्डिएर जोखिम यात्रा >> फोहर बटुलेर थारुले जिते ५५ हजार >> खुत्खुते सामुदायिक बनको १४औं वार्षिक साधारणसभा >> सुरक्षित र आधुनिक अध्ययन वातावरणका लागि नयाँ विद्यालय भवन >> समाज बिथोल्नेदेखि सावधान ! >> मासिँदै सीमसार क्षेत्र, बढ्दै चुनौति >> श्रमिक कम्युनिष्ट पार्टी बन्यो समाजवादी कम्युनिष्ट पार्टी >> ‘ब्राण्ड’ बन्दै स्कुलका प्रतियोगिता >> शिक्षालाई प्रभावकारी बनाउन नीतिगत परिवर्तन जरुरी >> गृहणी महिलाको अचार उद्यम >> साउदीमा भएको दुर्घटनामा तीन नेपालीसहित १५ जनाको ज्यान गयो >> तीन प्रदेशको मौसम बदली >> माता मायादेवी सुत्केरी मार्ग नयाँ पर्यटकीय प्रोडक्ट >> राधाकृष्ण युवा क्लबमा नया नेतृत्व >> नर्सहरुलाई एक दिने मृगौला उपचार अभिमुखिकरण >> प्रेस चौतारी दाङको अध्यक्षमा ढकाल >> लाफा समूहले आयोजना गरेको दोस्रो मेयर कपको उपाधि कास्कीका बिधान र पबिनलाई >> प्रेस चौतारी रुपन्देहीको अधिवेशन माघ २८ मा >> ऐनमा छुटेका बिषयलाई नियमावलीले सम्वोधन गर्छौंः मुख्यमन्त्री आचार्य >> ह्वील अफ् लुम्बिनीद्वारा आर्थिक सहयोग वितरण >> पर्यटक तान्ने केन्द्र बन्ला ? घ्यूसँग नून साट्ने ‘बटौली’ >> महाकुम्भ मेलाबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते >> श्रीनगर डाँडामा विवाद >> तौलिहवामा श्रीराम कथा महायज्ञ आयोजना गरिदै

मधेशमा बिकराल बन्दै मिटर ब्याजको समस्या

१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार

बिगत केही महिनादेखि चलेको मिटर ब्याज पीडितहरूको देशव्यापी आन्दोलनले देशलाई तताएको छ । बौद्धिक जमातलाई घच्घच्याएको छ । समस्या पीडित र पीडकको लागि मात्र नभएर सरकारको लागि पनि गलपाँसो बनेको छ । मिटर व्याजको समस्या थोरबहुत सवै ठाउँमा भएपनि मधेशमा बिकराल छ । यस घटनामा पीडितहरूले सम्पत्ति हड्पनेदेखि लिएर यौन शोषणसम्मको आरोप साहुमाथि लगाएका छन् । मिटर ब्याजले पीडितहरूलाई दिएको पारिवारीक पिडा, आर्थिक अभाव, सामाजिक दलन तथा मानसिक कष्ट असह्य छन् । आन्दोलनसँगै समाजमा भइरहेका अनौपचारीक लेनदेन ठप्प छन् । जसका कारणले साहु महाजनबाट चर्को व्याजमा लेनदेन गरि छोराछोरीको विवाह, पढाइ खर्च, बैदेशिक रोजगार, कृषि कर्म जस्ता कार्यहरू प्रभावित भएका छन् । कतिपय ऋणमा डुबेर छटपटाईरहेका छन भने कतिपय मिटर ब्याज नपाएर छटपटाई रहेका छन । मधेशमा मिटर व्याज र जमिनदारी प्रथामा खासै भिन्नता छैन, रूपमात्र फेरिएको देखिन्छ । जमिनदारी प्रथामा असामीको जीवन धन सवै जमिन्दारको हुन्थ्यो । उसले लिने हरेक श्वास जमिन्दारकै नाममा लिन्थ्यो । लेनदेन धान चामलमा हुन्थ्यो । श्रममार्फत तिर्नुपथ्र्यो । दुई बीच नोकर र स्वामीको सम्बन्ध हुन्थ्यो । असामीको नजरमा जमिन्दार अन्नदाताकै रूपमा हुन्थे जबकि अन्न उत्पादन रैतीहरू गर्ने गथ्र्ये । समाज र राज्य दुवैले जमिनदारलाई सम्मान गरेका थिए । मिटरब्याजले केही रकम दिएर परिवारलाई बन्धक नै बनाएको छ । तर ऋणीहरूले प्रतिकार गर्ने अवस्था छैन् ।

मधेशमा मिटरब्याज घर घरमा पसेको छ । मधेशका अधिकांश गरिव परिवार मलखाद, बिवाह, भोजभतेर, बैदेशिक रोजगार, पढाई, दवाई र खेतीबारीको लागि समेत मिटर ब्याजमा पैसा लिने गरेका छन् । रकम लिए वापत खेत बन्धकीभन्दा पनि खेतको राजीनामा पास गराउने गरेका छन् । राजीनामासँगै दिएको रकमको दोब्बर रकमको काजगपत्र बनाउने गरेका छन् । त्यस कागजलाई वडाध्यक्षसँग प्रमाणित गराई दर्ता समेत गराउने गरेका छन् । तर हरेक काम दुवै पक्षको राजीखुसीले भएका छन् । दुई पक्षबीच हुने गरेका कतिपय गोप्य समझदारी दुई जनालाई मात्र जानकारी रहेको हुन्छ । यी सवै कार्यलाई सामान्य प्रक्रियाको रूपमा लिइन्छ । ऋण लिएको एक महिनापछि साठी प्रतिशत ब्याज तिर्न शुरु गरेपछि ऋणीलाई बल्ल चक्रव्युहमा परेको महसुस हुन्छ । तर, ऋण लिएपछि त्यसलाई तोडन सक्ने क्षमता पीडितमा हुँदैन । तीन लाख दिएर तीस लाखको खेत जफत भएको साक्षी मधेशमा थुप्रै भेटिन्छन् । आखिर यतिको जोखिम मोलेर मानिस किन ऋण लिएका छन् ? आफ्नै समाजमा बसेर आफ्नै टोल छिमेकी, भाइबन्धुलाई यति निर्ममतापूर्क किन ठगे होलान् ? ठगिने र ठग्ने को को होलान् ? यतिको दिनसम्म राज्यले किन हस्तक्षेप गरेन् होला ? समाजका अगुवा र राजनीति गर्नेहरू के हेरेर बसे होलन् । यी र यस्ता थुप्रै प्रश्न बाहिरीयाहरूको मनमा होलान् ।
सवैलाई थाह भएकै कुरा हो– शिक्षाको मामलामा मधेश कमजोर छ र सचेतनामा त झनै कमजोर छ । जसको असर मिटर ब्याजदेखि स्वास्थ्य लगायत अन्य पक्षमा समेत परेका छन् । समाज विकास द्रुत गतिमा अगाडि बढेको अवस्थामा मधेशी समुदायमा आर्थिक विकाससँगै सामाजिक विकासमा फड्को मार्ने सपना देख्नु स्वाभाविक छ । जसलाई पूरा गर्न ऋण लिएर भएपनि अगाडि बढने प्रयास गरेको देखिन्छ । मधेश कृषिमा आधारित छ तर कृषिको अवस्था दिन प्रतिदिन खस्किदै गएको छ । सिचाइको व्यवस्था छैन । उन्नत बीउबिजन तथा मलखाद उपलव्ध छैन । कतिपय अवस्थामा आम्दानीभन्दा लगानी धेरै भएको अवस्था छ । चर्को ब्याजमा कर्जा लिएर खेती गरी ऋणमा डुवेको थुप्रै किसान छन । खेती गर्नका लागि खेत बेच्नेको कमी छैन् । बिबाह, बर्तबन्ध, मुन्डन, मृत्युभोज, धार्मिक अनुष्ठान, भण्डाराको तडकभडकले मधेश आक्रन्त छ । यसले केहीलाई भ्रष्ट बनाएको छ भने धेरैलाई ऋणको भारी बोकाएको छ । दाईजोले घरेलु वा महिला हिँसामात्र गरेको छैन, माइत पक्षलाई ऋणमा पनि डुवाएको छ । छोरी जन्मेदेखि बाबुआमालाई तिनको शिक्षाभन्दा पनि बिबाहको चिन्ता अक्सर मधेशका सवैमा हुने गरेका छन ।

यस्तो भन्नुको मतलब पहाडमा समस्यै छैन् भन्न खोजेको पक्कै होईन । पहाडमा पनि समस्या छन तर त्यहाँ समुदायले प्रयास गरेको छ र राज्यको बलियो उपस्थिति छ । मधेशको समुदाय मुठ्ठीभरका व्यक्तिले परिचालन गरेका छन् । तिनै व्यक्तिहरू आफूसँग भएका रकम पनि तिनै समुदायमा परिचालन गरेका छन । त्यसैको सहारामा समाजका अगुवा भएका छन । गरिवका ऋणदाता भएका छन । तर सामाजिक संघ संस्था, बित्तिय संस्थाको संस्थागत विकास उनको प्राथमिकतामा पर्दैन । मधेशमा व्यक्ति बलिया छन, सेवा प्रदायक संस्था कमजोर छन । यहाँसम्मकि राजनीतिक दल पनि संस्थागत भएका छैनन् । मधेशमा पार्टीभन्दा व्यक्ति ठूलो मान्ने मनोबिज्ञान छ । भोट पनि व्यक्तिको आधारमा दिने चलन छ । उदाहरणको रूपमा स्वास्थ्य, शिक्षा, बित्तिय संस्था आदिमा हुने खानेवालाको बोलबाला छ, जागिर सरकारीमा गर्छन, वकालत प्राइभेटको गरेका छन । यसरी एउटै व्यक्ति बोक्सी र धामी दुबै भएपछि वास्तविकता थाहा हुने कुरै भएन् ।

मधेशमा बित्तिय संस्था अत्यन्तै न्युन छन्, भएकाहरू पनि शहर बजारमा केन्द्रित छन् । शहर बजारमा गाउँदेहातका गरिब नागरिकको पहुँच छैन् । त्यहाँ पुग्न पनि उनै गाउँका अगुवाहरूको सहारा लिनुपर्ने बाध्यता छ । कृषि विकास बैक किसानभन्दा पनि तिनै ठूला बडाको बैंक बनेको छ । बैंकमा सामान्य किसानको पहुँच छँदैछैन् । ऋण लिन पनि खुसामद गर्नुपर्ने, घुस दिनुपर्ने, कागजी झमेला पनि कम छैन् । कतिपय गरिवसँग धितो राख्ने सम्पत्ति पनि हुँदैन । बैंकको सवै बिकल्प बन्द भएपछि मानिस मिटर ब्याजीसँग जान्छ । जहाँ उसको हरेक कागज साहुले बनाइ दिन्छ । आफू खुसी कागज बनाउँछन् । ऋणीले औंठा अगाडि बढाए पुग्छ । साहुले चिया पनि खुवाउँछन् । आफनो गाडीमा घुमाउँछन् । बोल्दा चिप्लो कुरा गर्छन् । सौहार्दपूर्ण वातावरणमा लेनदेन हुन्छ तर एक महिनापछि साहुको धन्दा सुरु हुन्छ, सम्बन्ध बिग्रिदै जान्छन् ।

मधेशको गाउँ सुगम छन । सवै ठाउँमा बाटाघाटा पुगेका छन् तर अधिकांश ठाउँमा बैंक पुगेको छैन । बैंकमात्र नभएर सहकारी र फाइनान्स कम्पनी पनि छैनन् । नयाँ व्यवस्था आए पछिमात्र मुस्किलले पालिकाको कार्यालयमा विकास बैंकको पहुँच भएका छन् । बित्तीय संस्था नभएपछि मानिस बिकल्प खोज्दैछन् । त्यो बिकल्प मिटरब्याजीमात्र हुन् । त्यसकारण यसको दोषी मिटर ब्याजी त छदै छन् तर उनीहरूलाई दोष लगाएर सरकार वा बित्तीय संस्थाहरू उम्किन सक्दैनन् । जिम्मेवारी राज्यले नै लिनुपर्दछ । ऋणीले लिएको वास्तविक रकम छनबिन गरेर त्यसको सरकारी बैंकको ब्याज समेत साहुले पाउनु पर्छ । र, राज्यले सवै नागरिकलाई सहज ढंगले उत्पादनमूलक कामको लागि कर्जा प्रवाह गर्ने व्यवस्था मिलाउन जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?