© २०२३
बुटवल, २० माघ ।
सरसफाइ चेतना वृद्धिका लागि शनिबार बुटवलमा सम्पन्न फोहोर टिप्ने दौड प्रतियोगिताको उपाधि इन्द्र थारुले हात पारेका छन् । उपाधिसँगै उनले नगद ५५ हजार पुरस्कार राशीबाट सम्मानित भएका छन् । उनलाई लुम्बिनी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले पुरस्कार राशीको चेक हस्तान्तरण गरे । क्लोथ एन्ड फुड बैंक नेपालले सरसफाइ तथा जनचेतना वृद्धिका लागि दौड (ट्रयास रेस, बुटवल) आयोजना गरेको थियो ।बुटवलको कालिकापथस्थित क्लब डेनेभोबाट सुरु भएको दौड प्रतियोगिता तीनकुने चोक, इट्टाभट्टी, सब्जी मण्डी, ट्राफिक चोक हुँदै भुड्कीचोक, राजमार्ग चौराह, कालिकान पथ भएर पुनः क्लब डेनेभोको अगाडि आएर समापन गरिएको थियो । प्रतियोगिताका विजेता थारुले निर्धारित १ घण्टाको समयावधि मध्ये ५० मिनेट २१ सेकेण्डमा सबैभन्दा बढी ७ किलो ६ सय ग्राम फोहर संकलन गरेका थिए । यसैगरी आशिष थापाले दोस्रो स्थान हासिल गर्दै नगद ३० हजार पुरस्कार राशी प्राप्त गरे भने तेस्रो स्थान हासिल गरेका अजय पाण्डे क्षेत्रीले नगद १५ हजार पुरस्कार राशी प्राप्त गरे । ट्रयास रेस तोकिएको समयमा सम्भव भएसम्म फोहोर संकलन गरेर सरसफाइ गर्ने प्रतियोगिता हो ।
यसअघ प्रतियोगिताको समुद्घाटन गर्दै बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेले युवाहरूको सक्रिय सहभागिताले नै सकारात्मक सोचको बिकास र परिवर्तन सम्भवन भएको उल्लेख गरे । उनले बुटवलमा ट्राफिक व्यवस्थापन तथा सचेतनाका लागि समेत विद्यालयका विद्यार्थी तथा युवाहरूलाई परिचालन गर्ने सोच बनाएको उल्लेख गरे । कार्यक्रम संयोजक लक्ष्मण श्रेष्ठले वातावरणीय चेतना जगाउँदै सरसफाइमा सहयोग पु¥याउन प्रतियोगिता आयोजना गरिएको बताए । क्लोथ एन्ड फुड नेपाल (कपडा बैंक)का अध्यक्ष कमल जीसीले प्रतियोगितामा उत्साहजनक सहभागिता भएको बताउँदै समुदायलाई एकताबद्ध बनाउने र स्वच्छता तथा फोहोर व्यवस्थापनप्रति सचेत बनाउन सहयोग गरेको अपेक्षा व्यक्त गरे । प्रतियोगिता सम्पन्न गर्नका लागि नेपाल खेलकुद पत्रकार मञ्च रूपन्देहीका अध्यक्ष सुमन अधिकारी, नेपाल पत्रकार महासंघ रूपन्देहीका सह सचिव सुमन श्रेष्ठ, पत्रकार दिनेश कुमार श्रेष्ठ, डि.बी. सुस्लिङ लगायतका सदस्यले मूल्याङ्कन तथा विजेता छनोट गरेका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी