ट्रेंडिंग:

>> अव्यवस्थित बजारले सडक दुर्घटना बढ्यो >> दाईजोमुक्त सामूहिक विवाह समारोह तथा साँस्कृतिक महोत्सव हुँदै >> प्रचण्ड फागुन २८ गते रुपन्देही आउने यस्तो छ कार्यतालिका >> पटक-पटक मिति सार्दा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्यौलमा >> देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो- प्रधानमन्त्री ओली >> पूर्वाञ्चल विश्वविद्यालयका आठ हजार १५० विद्यार्थी दीक्षित >> नेप्से परिसूचक २७१९ विन्दुमा झर्‍यो >> पीएम कपः मधेश र गण्डकीको बिजयी सुरुवात >> प्रतिनिधिसभामा सांसद बस्ने कुर्सि भाँचिएपछि… >> गणतन्त्रको उदारतालाई मजबुरी नठान्न पूर्वराजा र राजावादीलाई प्रचण्डको चेतावनी >> मन्त्री यादव र मुख्यमन्त्री आचार्यबीच भेटवार्ता >> विपक्षी दलहरूले अवरोध गरेका कारण सभामुखले अनिश्चितकालका लागि बैठक स्थगित >> संविधान र व्यवस्थाप्रति प्रतिबद्ध छौं- गगन थापा >> संसदमा राप्रपाको हुंकार- यो ट्रायल मात्र हो, पूरा फिल्म रिलिज हुनै बाँकी छ >> सरकारको अविवेक र खराब क्रियाकलापले व्यवस्थाप्रति नै मोहभंग हुदैछ- प्रचण्ड >> पूर्वराजाको उक्साहटबाट संविधानविपरीतका काम भए- महेश बर्तौला >> पीएम कपमा कर्णालीमाथि गण्डकी ४ विकेटले विजयी >> मेरो विद्यालय, मेरो दायित्व: पूर्व विद्यार्थीको सक्रियताले विद्यालयहरूमा नयाँ उर्जा >> प्रतिनिधि सभा बैठक (लाइभ) >> रुसी सेनामा कार्यरत रोल्पाका पूर्व वडाध्यक्षको युक्रेनी ड्रोन आक्रमणमा मृत्यु >> प्रतिक्रान्तिकारीहरुलाई पूरै परास्त गर्ने जिम्मा क्रान्तिकारीको काँधमा आएको छ- प्रचण्ड >> वीर अस्पतालको निर्देशकमा डा. दिलिप शर्मा नियुक्त >> फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो पक्राउ >> आज सुनको मूल्य प्रति तोला पाँच सय रुपैयाँले घट्यो >> गणतन्त्रको विकल्प अरु हुन सक्दैन- डा.सिके राउत >> स्ववियु निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै >> नेपालमा हिन्दुराजा ल्याउन खोज्ने भारतीयहरुलाई शंकर पोख्रेलको जवाफ- भारतमै ल्याए भयो ! >> विदेशी मुद्राको विनिमयदर: डलरसंगै युराेको भाउ उकालाे >> लक्जमबर्गका राजकुमार फ्रेडरिकको २२ वर्षको उमेरमा मृत्यु >> शिक्षकहरुले राजनीतिक दलको केन्द्रीय कार्यालयमा धर्ना दिदै, आज कांग्रेसको पालो >> डोनाल्ड ट्रम्प, शान्तिप्रिय नै हुन् त ? >> युट्युब सब्सक्राइबमा २०० पाएपछि लोभिँदा लाख गुमाएका पीडितको सन्देशः अपरिचितको मेसेज नखोल्नु >> स्वच्छ खानेपानीको पहुँच कहिले ? >> औद्योगिक क्षेत्रको समस्याबारे जिससको ध्यानाकर्षण >> देशमै पहिलो विटुसी समिट बुटवलमा सूचना प्रविधियुक्त नभएको मानिस पछि पर्छः मेयर पाण्डेय >> शुद्धोधनमा पोषिलो खाना प्रदर्शनी मेला >> कार्यान्वयन नजिक पुग्दै प्रदेश राजधानी विकास गुरुयोजना >> रुस–युक्रेन युद्ध अन्त्यका लागि युक्रेन र अमेरिकाबीच साउदी अरबमा आज वार्ता >> प्रतिनिधिसभा बैठक बस्दै, प्रचण्डले सम्बोधन गर्ने >> मन्त्रिपरिषद् निर्णय: स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले >> कास्कीमा बिहानै भूकम्पको धक्का >> लायन्स बुटवल स्टार्सद्वारा पिपरा अस्पताललाई अत्याधुनिक मेसिन हस्तान्तरण >> दाङमा लागू औषधसहित तीनजना पक्राउ >> नविल बैंक सम्मरीमाई शाखाको नयाँ ठाउँबाट सेवा सुरु >> लागुऔषध नियन्त्रणका लागि तीन महिने कार्ययोजना >> विभेद र हिंसामा परेकाहरुलाई न्याय दिलाउने उपाय >> बुटवल हस्पिटल प्रालिद्वारा बाग्लुङको बरेङमा बृहत स्वास्थ्य शिविर >> रिब्दिकोट गाउँपालिकाको समग्र विकासबारे बुटवलमा सुझाव संकलन >> सैनामैना गोल्डकपः कपिलवस्तु ११ फाईनलमा प्रवेश >> विद्यार्थीका अधिकार, भविष्य र समृद्धिका लागि सकारात्मक कदम चाल्न आवश्यक- मन्त्री यादव

हराउदै एतिहासिक घरहरु

२० माघ २०८१, आईतवार
२० माघ २०८१, आईतवार

पाल्पा,२० माघ ।

दुई दशक अगाडि सम्म घोर्वन्दा, अगेनीका कुमाल समुदाय देखि झिरुवासको मगर समुदायको जीवन निर्वाहका लागि निर्मित कुडुले घर यतिखेर नयाँ पुस्ताका लागि नयाँ र नौलो भएको छ। यस्ता परम्परागत र सानो लगानीमा तयार हुने यस्ता घरमा दर्जनौं पुस्ताहरु हुर्किएका थिए। आज यस्ता घरहरु किताब कापी र क्यालेण्डरको आवरण पृष्ठमा प्रकाशन भइरहेका छन्।पहाडी बस्तीमा कम खर्चमा बनाइएका यस्ता घरहरू बिस्तारै हराउँदै गएका र यस्ता कुडुले घरको सट्टामा सिमेन्टका पक्की घरहरू बन्दै गएको स्थानियहरू बताउँछन्। निस्दी गाउँपालिकाको खाँदरमा केही मात्रामा यस्ता घरहरू छन् भने त्यसै गरी रिब्दीकोट गाउँपालिकाको वाड्डसुरुड्डमा समेत यस्ता घरहरू देख्न पाइन्छ। पहिले पहिले खाँरदमा यस्ता घरहरू ३० भन्दा बढी थिए भने आजभोलि २, ४ घर मात्र देख्न पाइन्छ। यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले आफ्नो मोबाइल र क्यामेरामा आफ्ना घर दिनहुँ जसो कैद गर्ने गरेका छन्, स्थानिय तथा पुराना पुस्ताका खुम बहादुर सोती बताउँछन्।

अहिले नयाँ पुस्ताका लागि नौलो लाग्दछ तर आफना पुस्ताका लागि गरिबीका कारण यस्ता घरहरू बनाउन बाध्यता भएको पुराना पुस्ताका दिल बहादुर शारु बताउँछन्। कम खर्चमा यस्ता घरहरू बन्ने उनले बताए।

कवुलियत वनको अध्ययन अवलोकन गर्न दिनहुँ जसो ठूलो संख्यामा आउनेहरूले सवारीका साधन रोकेरै क्यामरा र मोबाइलमा यस्ता घरहरूको फोटो खिच्ने तछाडमछाड गर्ने गरेको छ। विदेशी पर्यटकले त घर भित्रै पसेर फोटो लिने गर्दछन्। पहिले पहिले यस्ता घरहरूको फोटो खिच्न भनेर हामीलाई लाज लाग्दथ्यो, तर आज भोलि हामी गर्व गर्छौं। विदेशीले फोटो खिचेपछि हामीलाई २, ४ रुपैयाँ हातमा राखी दिने गरेका छन्, स्थानियहरू बताउँछन्।

आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले यस्ता घर बनाउने हो भन्ने हाम्रो मानसिकतामा अहिले पनि छ। यसको नराम्रो पक्ष भनेको घरमा झ्याल नै हुँदैन। वातावरणीय हिसाबले यस्ता घरहरू गर्मी मौसममा चिसो र जाडो मौसममा तातो हुन्छ। यस्ता घरमा सयौं परिवारको सिर्जना भयो, यो नै यहाँको मौलिक पहिचान भएको स्थायी पूर्व शिक्षक दमन सिंह पाटा बताउँछन्। यही पहिचानका कारण अम्लिसो खेती हेर्न आउनेहरूले फोटो खिच्ने र नयाँ पुस्ता त यस्ता घरहरूको साक्षी राखेर टिकटक बनाउने गर्दछन्। गोलो तथा कुडुले घरहरू निस्दीको लागि राम्रो पहिचान बने पनि यस्ता घरको संरक्षणतर्फ स्थानिय सरकारको ध्यान पुग्न नसकेको स्थानिय हुम कुमारी सुनारी बताउँछिन्।

गरीबीका कारण पहिले पनि अरका घर बनाउन सकिएन। अहिले पनि यही गरिबीको दलदलमा फसेका कारण मात्र यस्ता घरहरू छन्। आर्थिक सम्पन्न भए यसको ठाउँमा सिमेन्टको घर बन्ने थियो। यस्ता घर हाम्रो पहिचान हो भन्ने त स्थानिय सरकारको नारा मात्र हो, बस्न कति दुःख हुन्छ भन्ने भोग्नेलाई थाहा हुन्छ। पहिले देखि नै यस्ता घरको संरक्षण गर्न तर्फ वडा देखि प्रदेश हुँदै संघीय तहका जनप्रतिनिधिको चुनावी नारा मात्र बनाउने र निर्वाचन पछि कार्यान्वयन शून्य नै भएको स्थानियहरू बताउँछन्।

स्थानिय सरकारले आफ्नो लिखित दस्तावेज तथा शैक्षिक क्यालेण्डरमा यहाँको गोलो घरको फोटो राख्न कहिल्यै पनि छुटाउँदैन, तर संरक्षण गर्नु पर्छ भनेर कहिल्यै पनि नीति बनाएन। यदि यहाँको पहिचान भन्ने काम केही पनि नगर्दा यहाँबाट यस्ता घरहरू एकपछि अर्को गर्दै हराउँदै गएका छन्, स्थानिय तथा सामाजिक अभियान्ता बुध माया पाटा मगर बताउँछिन्।

स्थानिय सरकारका प्रमुख भुक्त बहादुर शारु भन्छन्, “खाँदरको गोलो घर तथा कुडुले घर यहाँको पहिचान हो। यस्ता घरहरू संरक्षणका लागि स्थानिय सरकारले पहल गरेको छ। स्थानिय सरकारले पटक पटक स्थानियसँग छलफल तथा अन्तरक्रिया पनि गरेको छ। पहिले यहाँ यस्ता धेरै घरहरू थिए र ढुंगा र माटो पुराउन नसक्नेले यस्ता घर बनाउने हो। यस्ता घरहरूमा सयौंको संख्या मा छोरा छोरी जन्मिए। अब नयाँ पुस्ता यस्ता घरमा बस्न चाहदैनन्। त्यसैले गर्दा पुराना घरहरू भत्किएर गए। नयाँ बनाइदैनन्, त्यसैले यस्ता घरहरू हराउन पुगेका छन्,” स्थानियहरू बताउँछन्।

नयाँ पुस्ताका दिपक शारु भन्छन्, “उज्ज्यालो प्रवेश गर्ने एउटा ढोका मात्र हुन्छ। घर भित्रको बीच भागमा आगो बाल्ने चुल्हो हुन्छ। लहरै बसेजै आमा, बाबु, छोरा, छोरी सबै एउटै स्थानमा सुत्ने हुन्छ। कहिलेकाहीं आफन्त आए भने त्यही एउटा कुनामा रात बिताउने हो। मनोवैज्ञानिक रूपमा पनि बच्चाहरुलाई नराम्रो असर पर्दो रहेछ। त्यसैले नयाँ पुस्ताले दु:खै गरेर भए पनि यस्ता घरहरू हटाउने क्रम बढेको हो। यस्ता घरहरू खरका हुने भएकाले गर्मीमा आगोको डर, वर्षा लागेपछि सर्प आउने अनि छानाबाट पानी चुहिने भएकाले यस्ता घरहरू बनाउन छाडिएको नयाँ पुस्ताको भनाई रहेको छ।”

यहाँ पर्याप्त मात्रामा विदेशी पर्यटकहरू आउँदैनन्। स्वदेशी पर्यटकको आगमनको स्थल हो यो। यस्ता घरलाई राम्रो पहिचान बनाउन तर्फ स्थानिय सरकार लाग्ने हो। यस्तै स्वरूप र शैलीमा निर्मित घरमा टिनको छाना र उज्यालोको लागि झ्याल पनि राख्न सकियो भने त्यसका लागि स्थानिय सरकारले पहल गर्नु पर्ने स्थानिय वाल कुमारी घर्ती बताउँछिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?